देउमाई, ४ कार्तिकः देउमाई नगरपालिकाकामा एकजना मात्र अमिन भएको कारण समयमै सेवाग्राहीले सेवा पाउन असहज भएको छ । जसको कारण जग्गा वर्गीकरण लगायतका काम हुन नसकेको र देउमाई नापी कार्यालयको कम्युटरमा लामो समय देखि समस्या आएकोले सेवाग्राहीले सास्ती भोग्नु परेको एक सेवाग्राहीले बताएका छ्न् । ४ दिन देखि लगातार कार्यालय धाए पनि अझै काम बन्ने अवस्था नरहेको ति सेवाग्राहीको गुनासो रहेको छ । प्रविधि मैत्री देउमाई बनाउने कुरा नारामा होईन, ब्यवहारमा देखाउन सकियोस भन्ने आम जनताको अपेक्षा रहेको छ ।
साथै देउमाई मालपोत कार्यालयका कार्यालय प्रमुख अनुपस्थित रहनु भएको कारण सेवाग्राही कार्यालय परिसर नजिकै प्रमुखको पर्खाईमा बस्नु भएको छ। उहाँहले एउटै कामको लागी ३ पट्क सम्म कार्यालय धाउनु परेको बताउनु भयो। तर यी सबै कुरामा जानकार नजिकै रहेको स्थानीय देउमाई सरकार भने मौन देखिएको उहाँहरुको गुनासो रहेको छ ।
देउमाईबाट अर्जुन दृष्टि