Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

यस्तो छ सवारी चालक अनुमति पत्र निकाल्न नयाँ नियम

ग्रीन इलाम ग्रीन इलाम
December 6, 2021
भित्र अटो, अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २१ मंसिर: केही समयअघि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए उत्तीर्ण हुने भनेर निर्देशिका जारी गर्‍यो। विभागले सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका-२०७७ जारी गरेर गत जेठ १ गतेदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको थियो। तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन। त्यसपछि मंसिरदेखि लागू हुने विभागले बताएको थियो।

उक्त व्यवस्था मंसिर १६ गतेदेखि कार्यान्वयन गर्न केन्द्र सरकारले प्रदेशलाई पत्राचार गरिसकेको छ। तर पनि यो व्यवस्था लागू हुन सकेको छैन। ट्रायल उत्तीर्ण हुन शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाअनुसार नै कार्यालयहरूले परीक्षा सञ्चालन गरिरहेका छन्। लिखित परीक्षा पनि पुरानै प्रणालीअनुसार भइरहेको छ। पछिल्लो समय यातायात क्षेत्रमा (खास गरी चालक अनुमति पत्रमा) संघ र प्रदेशबीच अन्यौलता देखिएको छ। संघको निर्णय एकथरी र प्रदेशको काम अर्कै किसिमको भइरहेको छ।

संघीय सरकारअन्तर्गत रहेका यातायात कार्यालय प्रदेशमातहत हस्तान्तरण भए पनि कानुन कार्यान्वयनमा भने समस्या देखिएको हो। कानुन निर्माणदेखि कार्यान्वयनसम्म दुई सरकारबीच समन्वय हुन नसक्दा यसको प्रत्यक्ष मारमा सेवाग्राही परिरहेका छन्। ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण भइन्छ भन्ने सुनेर ढुक्कले पुगेका सेवाग्राहीहरू सरकारले आफूहरूलाई झुक्याएको बताउँछन्।

नयाँ प्रणालीमा के व्यवस्था छ?

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्। लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ। ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

घुमाउरो आठ– २० अंक।

साँघुरो फलेक– १० अंक।

युटर्न– १० अंक।

ट्राफिक संकेत– १५ अंक

बम्प्स (उबडखाबड)– १५ अंक।

उकालो– २० अंक।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक।

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।

एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।

उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।

एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।

सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।

हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।

असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।

एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।

ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।

सवारीको स्टार्ट बन्द भएमा।

साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।

उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।

उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

स्रोत: विभिन्न अनलाईनहरू

 

ShareTweetPin
अघिल्लो समाचार

खेलकुद महासंघको संयोजकमा राजन राई

अर्को समाचार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा

अर्को समाचार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.