१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सेल्फीपुल चोकको नाम जनक चोक नामाकरण

सेयर:

इलाम, १४ साउन: इलाम नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल रहेको
साविकको सेल्फीपुल रहेको ठाउँको नाम जनक चोक नामाकरण गरेको छ । इलाम नगरपालिकाले सो ठाउँको सौन्दर्यीकरणका लागि हिमालपहाड तराइमधेशको
राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउने गरी राष्ट्रिय विभुति राजा जनकको सालिक स्थापना गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत
रामकुमार शाहले बताउनु भएको छ ।
राष्ट्रिय विभुति राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा हुन । प्राचीन राज्य मिथिलाको राजधानी जनकपुर हो । पौराणिक मान्यता अनुसार राजा
जनक भगवान श्रीरामकी पत्नी सीताका पिता हुन । जनकलाई विदेह पनि भनिन्छ । जनक उनको वंशकै नामबाट राजा जनकका रूपमा प्रसिद्ध भए । जनक वंशका जम्मा ५२ जना राजा भएका थिए । जनक २२ औं सूचीका राजा हुन् ।
राजा जनकको जन्म र मृत्युका विषयमा निश्चित तिथिमिति पाउन सकिँदैन ।अनुमानका भरमा ई पू ८५० देखि ३८२ सम्मको पौराणिक काललाई उनको जीवन अवधि मानिएको छ । जनकका पुरोहित याज्ञवल्क्य ऋषि थिए । शुक्ल यजुर्वेदमा भागिरथी गङ्गादेखि उत्तर, हिमालयदेखि दक्षिण, गण्डकीदेखि पूर्व, कोशीदेखि
पश्चिमको भूभागलाइ प्राचीन मिथिला क्षेत्र उल्लेख गरेको पाइन्छ । शुक्ल यजुर्वेद माध्यन्दिन शाखाका मन्त्रद्रष्टा याज्ञवल्क्य हुन । मिथिलाको राजधानी जनकपुर त्यतिबेला दर्शन विद्याको ठूलो केन्द्र थियो ।प्राचीन ग्रन्थ रामायणमा मिथिला र जनकपुरको उल्लेख पाइन्छ । राजा जनकको समयमा मिथिला सभ्यताको उत्कृष्ट अवस्थामा थियो । राजा जनक जन्मसिद्ध योगी थिए । उनले कसैबाट ज्ञान सिकेका थिएनन् । उनलाई आत्मज्ञान भएको थियो । उनले सबै मिलेर सँगै बसौं, बाँडीचुँडी खाऔँ, एक भई काम गरौं, शान्ति कायम गरौं, लडाइँ झगडा नगरौ भन्ने उपदेश सबैलाई दिन्थे । यी पाँच
उपदेश हिजो, आज र भोलि पनि उत्तिकै सान्दर्भिक छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।