माघ ११, इलाम: ५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका ४ घर भई हाल तारकेश्वर १० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही ठेगानाका ३२ वर्षीय दीपक राई, इलाम नगरपालिका ७ मालापथ बस्ने ३६ वर्षीय केसाङ योल्मु र इलाम माई जोगमाईका ३६ वर्षीय सोनाम कागते रहेका छन् । मनाङ डिस्याङ्ग गाउँपालिका ३ नावलका ४६ वर्ष उमेरका ब्राउन सुगरका डन टासी सन्डुप गुरुङ सहित उनीहरु पक्राउ परेका हुन् । उनीहरु माघ ६ गते काठमाण्डौंबाट पक्राउ परेका हुन् ।
उनीहरु लागू औषध कारोबार गर्नका लागि एउटै सञ्जालमा काम गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर ५३६।५ ग्राम, एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय रुपैयाँ, अमेरिकन डलर ६ हजार १ सय र ३ थान सवारी साधन बरामद गरेको छ।
उनीहरुसँगै पक्राउ पर्ने अन्यमा पाँचथरको फालेलुङ्ग गाउँपालिका ८ घर भएका ५५ वर्षीय भीमप्रसाद लोवा, झापाको बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय दिनेश कमाल, सोही ठेगानाका ४३ वर्षीय सन्तोष सापकोटा, भद्रपुर नगरपालिका १० घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय राजेश श्रेष्ठ र लाई पनि प्रहरीले पक्राउ गरेको छ। सो कारोबारमा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी हुनुका साथै सो विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। नेपालमा ब्राउन सुगरको मूल्य प्रतिग्राम १ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ।