नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर इन्टरनेट सेवा कटौती नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको समाचार आजको नयाँपत्रिकामा छ ।
नयाँपत्रिकामा लेखिएको छ:
संक्रमणको अवधिमा महसुल भुक्तानी नै नगरेका कारण इन्टरनेट कटौती गरेको गुनासो बढेपछि प्राधिकरणले परिपत्र जारी गर्दै सेवा कटौती नगर्न निर्देशन दिएको हो ।
प्राधिकरणले यो अवधिमा सकेसम्म अनलाइन भुक्तानीको व्यवस्था गराउनसमेत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ । साथै, भुक्तानी नभएको अवस्थामा पनि लकडाउन खुलेपछि विलम्ब शुल्क नलिने गरी सेवा सञ्चालन गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।