Friday, May 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज विश्व औंलो दिवसः काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षण, कसरी बच्ने ?

ग्रीन इलाम ग्रीन इलाम
April 25, 2020
भित्र समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १३ वैशाखः आज विश्व औंलो दिवस हो । विश्व कोरोना भाईरसको संक्रमणबाट लकडाउनमा नभएको भए यो दिवस विभिन्न कार्यक्रमहरु गरी मनाईने थियो । विश्व स्वास्थ्य संगठनले सन् २००८ देखि २५ अप्रिलका दिन ‘विश्व औंलो दिवस’ मनाउने घोषणा गरेको थियो । लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजिवीका कारण लाग्ने गर्दछ । लामखुट्टेले टोकेर परजिवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ । प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औंलोको संक्रमण गराउँछन् । त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको संक्रमण बिरलै गराउने गरेको पाइन्छ । नेपालमा औंलोको उच्च जोखिम भएका १२ जिल्लाका मानिस औलोको जाखिममा रहेका छन् ।
औंलो रोगका लक्षण
औलो रोगका परजिवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ । नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेषगरी औंलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औंलो लिएर आउने गर्छन् । अफ्रिकन मुलुकहरुमा पनि औंलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औंलोको जोखिम हुन्छ ।
औलोबाट कसरी बच्ने ?
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।
औंलोबारे महत्वपुर्ण सन्देशः
– औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
– काम ज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो ।
– स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार निःशुल्क हुन्छ ।
– परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ ।
– लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय हो, त्यसैले सुत्दा झुलभित्र सुत्नुपर्छ ।
– घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्नुपर्छ ।

Tags: आज विश्व औंलो दिवसः काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षणकसरी बच्ने ?
Share10TweetPin
अघिल्लो समाचार

आज परशुराम जयन्ती, जान्नुहोस् अमरपुरुष परशुरामका बारेमा ५ रोचक कुरा

अर्को समाचार

कोभिड वान नाइनसँग लड्न करुणा फाउण्डेसनको इलामका स्थानीय तहलाई सहयोग

अर्को समाचार

कोभिड वान नाइनसँग लड्न करुणा फाउण्डेसनको इलामका स्थानीय तहलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.