२७ कात्तिक, इलाम। इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।
भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ । डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् ।
निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।
भिडियो सार्वजनिक गरेपछि गायिका खुसीले भनिन्, ‘यो गीतप्रति निकै आशावादी छु ।’ सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि पनि देख्न मन लागे… , आउन आउ परदेशी… , काली छु कि गोरी…., लगायतका गीतहरुले चर्चा कमाईसकेका छन् ।