Saturday, May 2, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा

ग्रीन इलाम ग्रीन इलाम
April 30, 2026
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

विराटनगर । नेपालमा उत्पादन हुने चियाको निर्यातमा भारतले पुनः बखेडा निकालेको छ । नेपाल सरकारले भारतबाट केराको आयातमाथि कडाइ गरेपछि भारतले पनि नेपालबाट भारततर्फ निर्यात हुँदै आएको चियामाथि कडाइ गरेको छ। यसले गर्दा नेपाली चिया उत्पादक किसान निराश बनेका छन् । यसअघि पनि भारतले विभिन्न बहानामा नेपाली चियाको निर्यातमा प्रभाव पार्दै आएको थियो । नेपालबाट निर्यात हुने चियाको गुणस्तर परीक्षण अब भारतीय पक्षले गरेको आधारमा मात्रै हुने व्यवस्था भारतले गर्न लागेको छ । भारतले भोलि(शुक्रबार) अर्थात मे १ तारिखदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेपालबाट चिया बोकेर गएका ढुवानी साधनलाई भारतीय पक्षले भारतको पानीट्याङ्कीमा रोकेर नमुना संकलन र गुणस्तर परीक्षण पश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतको यो नयाँ परीक्षण गर्ने प्रणालीका कारण नेपाली चियाको निर्यात ठप्प हुन सक्ने अवस्था सिर्जना हुँदैछ । बुधबारसम्म आफूहरूले गुणस्तर परीक्षण गरेको रिपोर्टको आधारमा चिया गाडीमा लोड गरेर निर्यात गर्दा भारतीय पक्षले पानीट्याङ्कीमा रोक्ने गरेको थिएन । ‘अब मे १ तारिखदेखि नेपालबाट गएको चिया भारतीय पक्षले पानीट्याङ्कीमा रोकेर उनीहरूले नै स्याम्पलिङ गरी गुणस्तर परीक्षण गर्ने तयारी गरेका छन्,’ उनले भने, ‘परीक्षणको प्रतिवेदन नआउँदासम्म गाडी भारतमै पार्किङ गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गुणस्तरको प्रतिवेदन सकारात्मक आएको अवस्थामा मात्रै निर्यात गर्न पाइनेछ ।’ प्रतिवेदन नकारात्मक आए भारतीय भूमिमै चिया ड्यामेज गर्नुपर्ने व्यवस्था भारतले तयारी गरेपछि चियाको निर्यात प्रक्रिया ठप्प हुने स्थिति आएको हो ।

‘नेपालबाट चिया बोकेको गाडी भारतीय भन्सारमा पुगेपछि निर्यात गर्न अयोग्य ठहर भए फिर्ता ल्याउन सम्भव नै हुँदैन,’ गुप्ताले भने । मेची भन्सारका प्रवक्ता ईश्वर हुमागाईँका अनुसार बुधबारसम्म नेपाली चिया निर्वाध रूपमा निकासी भए पनि आगामी शुक्रबार (मे १ तारिख) देखि भारतले उक्त प्रावधानको तयारी गरेपछि नेपाली चिया उत्पादक किसान र निकासीकर्ता अन्योलमा परेका छन् । भारतीय पत्रपत्रिकामा नेपाली चिया निर्यातको विषयमा भारतीय पक्षले तयारी गरेको विषयले अहिले निकै चर्चा पाएको छ । हुमागाईँले चर्चाजस्तै तयारी भएको भए नेपाल सरकारले समस्या समाधानको लागि कूटनीतिक पहल गर्नुपर्ने बताए । समस्या समाधानको लागि भन्सार टु भन्सार नभई जिटुजी गर्नुपर्ने उनको सुझाव छ । नेपालबाट चिया निर्यात पछिल्ला वर्षहरूमा निरन्तर विस्तार हुँदै गए पनि बजारको अस्थिरता, भारतको अवरोध र मूल्य उतार–चढावका कारण चुनौती पनि थपिँदै गएको छ । पछिल्लो समय वार्षिक सरदर ४ अर्ब मूल्य बराबरको नेपाली चिया निकासी हुँदै आएको छ । पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा चियाको उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको चियाको ठूलो हिस्सा निर्यातमा निर्भर छ । यहाँ उत्पादन हुने चिया निकासीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ र बाँकी अमेरिका, जर्मनी र जापान लगायतका देशमा पुग्छ । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।

यस्तो छ भारतको नयाँ व्यवस्था

भारतीय सञ्चारमाध्यम ‘द टेलिग्राफ इन्डिया’का अनुसार भारतीय चिया बोर्डले नेपालबाट निर्यात हुने चियाको हकमा भारतले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ । बोर्डले जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेको छ । यसअघि नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर अबदेखि भारत प्रवेश गर्ने हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउनेछन् । चिया नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्नेछन् ।

प्रति नमुना परीक्षणको लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निकासीको लागत खर्च निकै बढाउने अवस्था सिर्जना भएको छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ । उक्त अवधिभर न त त्यो चिया बेच्न पाइनेछ, न त पुनः निर्यात नै गर्न पाइनेछ । प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको छ । पुनः निर्यातको हकमा पनि नयाँ व्यवस्था गरिएको छ । नेपालबाट ल्याएर भारतले तेस्रो देशमा पठाउने चियाको हकमा ६ महिनाभित्र पठाइसक्नुपर्ने र त्यसमा कम्तीमा ५० प्रतिशत ‘भ्याल्यू एडिसन’ (मूल्य अभिवृद्धि) हुनुपर्ने नियम पनि लगाइएको छ ।

Clickmandu

ShareTweetPin
अघिल्लो समाचार

मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ

अर्को समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

अर्को समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.