१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाल नगरपालिका संघको प्रादेशिक सिकाई केन्द्रको नयाँ केन्द्र इलाममा स्थापना

सेयर:

इलाम, १४ माघः नेपाल नगरपालिका संघले इलाम नगरपालिकामा कोशी प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गरेको छ । यो केन्द्र धरान उपमहानगरपालिका पछिको दोस्रो केन्द्र हो । कोशी प्रदेशमा रहेका ५० नगरपालिकाहरु मध्ये साबिक मेची अञ्चलको सबै र कोशी अञ्चलको तेह्रथुम जिल्लाको १६ वटा नगरपालिकाहरुको लागि यो सिकाई केन्द्र स्थापना गरिएको संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाले इलाममा अयोजित कार्यक्रममा जानकारी दिनु भएको हो ।

कोशी प्रदेशका नगरपालिकाहरुको संख्याको आधारमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा र तेह्रथुम जिल्लाका नगरपालिकाहरुको लागि इलाममा नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गरिएको र भविष्यमा संखुवासभा जिल्लाको नगरपालिकालाई पनि इलाम नगरपालिकाको सिकाई केन्द्रमा जोड्न पहल गरिने कार्यक्रममा जानकारी दिईएको थियो ।


कार्यक्रममा संविधान विद् तथा प्रशासनिक विज्ञ काशीराज दहाल, कोशी प्रदेश नगरपालिका संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । इलाम नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य केदार थापाले सिकाई केन्द्र स्थापना कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।