Thursday, April 30, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कुनैं समय बारीको डिलमामात्र रोप्ने केरा अहिले रोङ बासीका बारीभरि

रासस

ग्रीन इलाम ग्रीन इलाम
December 6, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

 

इलाम, २० मंसिरः कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उनले तीन बिगाहमा केरा खेती गर्दै आउएको बताए । गजमेर जस्तै इलामको रोङ–२ का अधिकांश कृषिको मुख्य आयस्रोतका रुपमा केरा खेती रहेको छ ।
कुनै समय के खाऊँ के लाऊँ भन्ने पीरमा बाँच्ने रोङ–२ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन् । २०४५ सालतिर चाडपर्वमा खानका लागि रोपिएको केरा अहिले उनीहरुको गर्जो टार्ने गतिलो माध्यम बनेको छ । केही वर्षअघिसम्म सिँचाइ अभावमा जमिन बाँझै राख्ने इलामको रोङ–२ का स्थानीयको बारी अहिले कतै खाली छैन । स्थानीय किसान टङ्क अधिकारीले भने, “२०४५ सालतिर बारीको डिलमा रोप्ने गरेको थियो । पछि राम्रो भएपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थालिएको हो ।”
सुपारी र केरा बहुतल्ले खेतीका रुपमा रोप्ने गरेको अधिकारीले बताए । केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यावसायिक रुपमै गर्न थालेका हुन् । हाल रोङ–२ को बरफ्ल्याङ, दूधे, बगैँचा, धनसार क्षेत्रका बासिन्दाले व्यावसायिक रुपमा केरा खेती गरिरहेका वडाध्यक्ष टेकबहादुर तामाङले बताए । किसानले स्थानीय जातका लाल, भण्डारी, घीउ केरा र उन्नत जातको सिङ्गापुरिया केरा लगाएको किसान अधिकारी बताए । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेतीसमेत गर्न सकिने भएपछि सबै बारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालले बताए ।
किन्नका लागि व्यापारी घरघरमा आउने गरेकाले बजारको कुनै समस्या नभएको किसान मनोज दाहालले बताए । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् । व्यापारीले प्रतिघरी रु एक सयदेखि तीन सय ५०सम्ममा किन्ने गरेको किसान नथुनीदास चौधरीले बताए । चौधरीले भने, “लगभग तीन बिगाहामा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ । केरामा अरू ठूलो रोग नदेखिए पनि गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने गरेको किसान कर्ण खड्काले बताए ।
प्रशस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसका रुपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट ५० भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताए । केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटीलगायत चारदर्जन बढी परिकार बनाउन सकिने स्थानीय कृषकले बताएका छन् ।
विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका–२ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ तीन सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम तीन रोपनीदेखि तीन बिगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकट्ठा वार्षिक रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्रीसमेत गर्न थालेका छन् । स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ ।

रासस

ShareTweetPin
अघिल्लो समाचार

राष्ट्रिय महिला आयोगको लैंगिक हिंसा विरुद्धको अन्तरकृया कार्यक्रम शुरु

अर्को समाचार

इलामको बाबरी निर्माण सेवा सहित १४ वटा निर्माण कम्पनी कालोसूचीमा,

अर्को समाचार

इलामको बाबरी निर्माण सेवा सहित १४ वटा निर्माण कम्पनी कालोसूचीमा,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.