Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अमेरिकामा प्रहरीद्वारा हत्या गरिएका जोर्ज फ्लोइडमा कोरोना भाइरसको संक्रमण

ग्रीन इलाम ग्रीन इलाम
June 4, 2020
भित्र मुख्य समाचार, विश्व
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

जेठ २२, इलाम : अमेरिकामा प्रहरीद्वारा हत्या गरिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडमा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

गत मे २५ मा मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाएकै अवस्थामा जोर्जको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेका थिए।

सोही क्रममा उनको निधन भएको थियो। हाल फ्लोएडको हत्या विरोधमा अमेरिकाभर रंगभेदविरुद्ध आन्दोलन चर्किएको छ। हिंस्रक प्रदर्शनकहरु भइरहेका छन्।

फ्लोइडको परिवारलाई स्वीकृति लिएर सार्वजनिक गरिएको मेडिकल रिपोर्टमा उनमा कोरोना संक्रमण भएको देखिएको एनबीसी न्युजले बताएको छ।

गत अप्रिल ३ मा पनि फ्लोइडमा कोरोना देखिएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

हाल फ्लोइड हत्यामा संलग्न चारै प्रहरीलाई बर्खास्त गरिएको छ। उनीहरुमाथि हत्या अभियोग लगाइएको छ।

जर्ज फ्लोएड मृत्यु प्रकरणपछि संयुक्त राज्य अमेरिकामा देशव्यापी आन्दोलन चर्किएको छ। रंगभेदविरुद्ध चलिरहेको आन्दोलनले हिंस्रक रुप लिइरहेको छ।

आन्दोलनकारीले रंगभेद अन्त्य गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका हुन्।

४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिका तनावग्रस्त बनेको हो।

शुक्रबार मात्र अमेरिकाको क्यालिफोर्निया राज्यमा प्रदर्शनकारीको भीडबाट गोली चल्दा एक प्रहरीको मृत्यु भयो अर्का एक घाइते छन्।

हाल स्थितीलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले देशका मुख्य ३० शहरहरुमा कर्फ्यु जारी गरेको छ। ती स्थानमा हजारौंले प्रदर्शन गरेका थिए।

US protests over George Floyd's death rage on amid political ...

अमेरिकाको वासिङ्टन, एटलान्टा, मिनियापोलिस, न्युयोर्क, मायामी, फिलिडेल्फियाजस्ता शहरहरुमा हिंस्रक प्रदर्शन हुनुका साथै आन्दोलनको फाइदा उठाउँदै मानिसहरुले लुटपाट गरेका भिडियोहरु सार्वजनिक भएका छन्।

फ्लोएडको अन्तिम क्षण

नक्कली २० डलरको विवादले जर्ज फ्लोएडको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सँधै गइरहने ग्रोसेरी स्टोरमा फ्लोएड गत मे २५ का दिन सिगरेट किन्न गएका थिए।

फ्लोएडलाई कप फुड स्टोरका संचालक माइक आबुमेयालेले पनि चिन्थे। तर त्यसबेला उनी त्यहाँ थिएनन्।

फ्लोएडले सिगरेटका लागि त्यहाँ २० डलर तिरेका थिए। तर त्यहाँका कामदारलाई उक्त पैसा नक्कली जस्तो लागेपछि उनले सिगरेट फिर्ता मागेका थिए। फ्लोएडले सिगरेट फिर्ता नदिएपछि कामदारले प्रहरीलाई खबर गरेका थिए।

केही वर्षयता मिनियापोलिसमै बस्दै आएका फ्लोएड बाउन्सरको रुपमा कार्यरत थिए। तर कोरोना भाइरसको प्रकोपछि उनी बेरोजगार थिए।

Brother of George Floyd: 'I just want justice' | News | Al Jazeera

कप फुडका संचालक माइकले एनबीसीसँग भने,‘फ्लोएड नियमित ग्राहक थिए। उनी रमाइला खालका थिए। उनले कहिल्यै स्टोरमा समस्या खडा गरेका थिएनन्।’

स्टोरका कामदारले प्रहरीलाई वृतान्त सुनाउँदै फ्लोएड मदिराले मात्तिएको जानकारी दिएका थिए।

केही समयमै तीन प्रहरी त्यहाँ आइपुगेका थिए। प्रहरी थोमस लेनले बन्दुक तेस्र्याउँदै हथकडी लगाउन खोजेका थिए।

तर फ्लोएडले हथकडी लगाउन खोज्दा प्रतिवाद गरे। फ्लोएडले आफूलाई किन हथकडी लगाइयो भनेर प्रश्न समेत गरेका थिए। उत्तरमा प्रहरीले उनलाई नक्कली पैसा कारण रहेको स्पष्ट पारेका थिए।

त्यसको केहीबेरमै प्रहरी डेरेक चौविन घटनास्थल आएका थिए। त्यसबेलासम्म मानिसहरुले यस घटनाको भिडियो खिचिरहेका थिए।

चौविनले फ्लोएडलाई हथकडी लगाएकै समयमा भुँइमा लडाएर घुँडाले घाँटीमा थिचेका थिए।

चौविनले फ्लोएडलाई भुँइमा लडाइरहँदा अन्य तीन प्रहरीले फ्लोएडलाई पक्रिरहेका थिए। फ्लोएडले दोहोर्याउँदै आफूलाई सास फेर्न गाह्रो भएको बताएका थिए।

भिडियोमा देखिएअनुसार फ्लोएडले भनेका छन्,‘मैले सास फेर्न सकिन, कृपया छाड्नुहोस्।’

आठ मिनेट ४६ सेकेन्डसम्म प्रहरी चौविनले फ्लोएडको घाँटीमा घुँडाले थिचेको अभियोजनकर्ताको प्रतिवेदनमा बताइएको छ।

६ मिनेटसम्ममा फ्लोएड अचेत बनिसकेका थिए। उनलाई पछि अस्पताल पठाइएको थियो। तर अस्पतालमा फ्लोएड मृत घोषित भए।

ग्रोसेरी स्टोरमा पुगेको ३० मिनेटभित्र फ्लोएडको मृत्यु भइसकेको थियो।

हाल प्रहरी चौविनमाथि हत्या अभियोग लागेको छ। उनीसहित अन्य तीन प्रहरी सेवाबाट बर्खास्त भइसकेका छन्। एजेन्सी

Protests Continue to Rage After Death of George Floyd - The New ...

Tags: US
ShareTweetPin
अघिल्लो समाचार

नेपालमा लकडाउनको अवधिभर ३९ हजार एकसय एकाउन्नको मृत्यु, कोरोनाको कारणले ८ मात्र

अर्को समाचार

आज जुन ५, विश्व वातावरण दिवस

अर्को समाचार

आज जुन ५, विश्व वातावरण दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.