२० जेठ, इलाम : दैनिक ५५१ को मृत्यु, लकडाउनको अवधिभर विश्वको ७ अर्ब ७८ करोड ८५ लाख जनसङ्ख्या मध्ये प्रत्येक दिन १ लाख ५० हजारले विभिन्न कारणले ज्यान गुमाउने तथ्याङ्क तपाईहरुसँग हालको कोरोना पाण्डेमिकको अवस्थामा राख्दा प्राशङ्गीक हुन्छ भन्ने ठानेर हामीले आवर वल्र्ड इन डाटा र भिजुवल क्यापिटालिष्टको सहयोगमा यो लेख तयार गरेका छौं ।
प्रत्येक दिन नेपालभर र विश्वभर कति जना मर्दछन् ?
कारेना महामारीका विच विश्वभरका मिडियाहरुले कोरोनाको मृत्युदरलाई उच्च प्राथमिकताका साथ आफ्नो कण्टेण्ट बनाउछन् । कोरोनाको मृत्युको ग्राफले विश्व नै सिद्धिने आङ्कलन पनि उनीहरुले गर्न भ्याउछन् । आवर वल्र्ड इन डाटाका अनुसार विश्वको ७ अर्ब ७८ करोड ८५ लाख जनसङ्ख्या मध्ये प्रत्येक दिन १ लाख ५० हजारले विभिन्न कारणले ज्यान गुमाउछन् । वल्र्डओमिटरले दिएको विश्वको रियल टाइम जनसङ्ख्या र नेपालको रियल टाइम जनसङ्ख्यालाई आधार मान्ने हो भने नेपालमा दैनिक ५ सय एकाउन्न मानिस मर्छन् । लकडाउनको ७१ दिनमा ३९ हजार एकसय एकाउन्नले विभिन्न कारण ज्यान गुमाएका छन् । तल उल्लेखित तथ्याङ्कले विश्वभर दैनिक हुने गरेका मृत्युहरुको कारणका विषयमा समेत स्पष्ट पार्न मद्दत गर्दछ ।