Sunday, February 28, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

अमेरिकामा प्रहरीद्वारा हत्या गरिएका जोर्ज फ्लोइडमा कोरोना भाइरसको संक्रमण

ग्रीन इलाम by ग्रीन इलाम
June 4, 2020
in मुख्य समाचार, विश्व
0 0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

जेठ २२, इलाम : अमेरिकामा प्रहरीद्वारा हत्या गरिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडमा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

गत मे २५ मा मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाएकै अवस्थामा जोर्जको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेका थिए।

सोही क्रममा उनको निधन भएको थियो। हाल फ्लोएडको हत्या विरोधमा अमेरिकाभर रंगभेदविरुद्ध आन्दोलन चर्किएको छ। हिंस्रक प्रदर्शनकहरु भइरहेका छन्।

फ्लोइडको परिवारलाई स्वीकृति लिएर सार्वजनिक गरिएको मेडिकल रिपोर्टमा उनमा कोरोना संक्रमण भएको देखिएको एनबीसी न्युजले बताएको छ।

गत अप्रिल ३ मा पनि फ्लोइडमा कोरोना देखिएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

हाल फ्लोइड हत्यामा संलग्न चारै प्रहरीलाई बर्खास्त गरिएको छ। उनीहरुमाथि हत्या अभियोग लगाइएको छ।

जर्ज फ्लोएड मृत्यु प्रकरणपछि संयुक्त राज्य अमेरिकामा देशव्यापी आन्दोलन चर्किएको छ। रंगभेदविरुद्ध चलिरहेको आन्दोलनले हिंस्रक रुप लिइरहेको छ।

आन्दोलनकारीले रंगभेद अन्त्य गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका हुन्।

४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिका तनावग्रस्त बनेको हो।

शुक्रबार मात्र अमेरिकाको क्यालिफोर्निया राज्यमा प्रदर्शनकारीको भीडबाट गोली चल्दा एक प्रहरीको मृत्यु भयो अर्का एक घाइते छन्।

हाल स्थितीलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले देशका मुख्य ३० शहरहरुमा कर्फ्यु जारी गरेको छ। ती स्थानमा हजारौंले प्रदर्शन गरेका थिए।

US protests over George Floyd's death rage on amid political ...

अमेरिकाको वासिङ्टन, एटलान्टा, मिनियापोलिस, न्युयोर्क, मायामी, फिलिडेल्फियाजस्ता शहरहरुमा हिंस्रक प्रदर्शन हुनुका साथै आन्दोलनको फाइदा उठाउँदै मानिसहरुले लुटपाट गरेका भिडियोहरु सार्वजनिक भएका छन्।

फ्लोएडको अन्तिम क्षण

नक्कली २० डलरको विवादले जर्ज फ्लोएडको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सँधै गइरहने ग्रोसेरी स्टोरमा फ्लोएड गत मे २५ का दिन सिगरेट किन्न गएका थिए।

फ्लोएडलाई कप फुड स्टोरका संचालक माइक आबुमेयालेले पनि चिन्थे। तर त्यसबेला उनी त्यहाँ थिएनन्।

फ्लोएडले सिगरेटका लागि त्यहाँ २० डलर तिरेका थिए। तर त्यहाँका कामदारलाई उक्त पैसा नक्कली जस्तो लागेपछि उनले सिगरेट फिर्ता मागेका थिए। फ्लोएडले सिगरेट फिर्ता नदिएपछि कामदारले प्रहरीलाई खबर गरेका थिए।

केही वर्षयता मिनियापोलिसमै बस्दै आएका फ्लोएड बाउन्सरको रुपमा कार्यरत थिए। तर कोरोना भाइरसको प्रकोपछि उनी बेरोजगार थिए।

Brother of George Floyd: 'I just want justice' | News | Al Jazeera

कप फुडका संचालक माइकले एनबीसीसँग भने,‘फ्लोएड नियमित ग्राहक थिए। उनी रमाइला खालका थिए। उनले कहिल्यै स्टोरमा समस्या खडा गरेका थिएनन्।’

स्टोरका कामदारले प्रहरीलाई वृतान्त सुनाउँदै फ्लोएड मदिराले मात्तिएको जानकारी दिएका थिए।

केही समयमै तीन प्रहरी त्यहाँ आइपुगेका थिए। प्रहरी थोमस लेनले बन्दुक तेस्र्याउँदै हथकडी लगाउन खोजेका थिए।

तर फ्लोएडले हथकडी लगाउन खोज्दा प्रतिवाद गरे। फ्लोएडले आफूलाई किन हथकडी लगाइयो भनेर प्रश्न समेत गरेका थिए। उत्तरमा प्रहरीले उनलाई नक्कली पैसा कारण रहेको स्पष्ट पारेका थिए।

त्यसको केहीबेरमै प्रहरी डेरेक चौविन घटनास्थल आएका थिए। त्यसबेलासम्म मानिसहरुले यस घटनाको भिडियो खिचिरहेका थिए।

चौविनले फ्लोएडलाई हथकडी लगाएकै समयमा भुँइमा लडाएर घुँडाले घाँटीमा थिचेका थिए।

चौविनले फ्लोएडलाई भुँइमा लडाइरहँदा अन्य तीन प्रहरीले फ्लोएडलाई पक्रिरहेका थिए। फ्लोएडले दोहोर्याउँदै आफूलाई सास फेर्न गाह्रो भएको बताएका थिए।

भिडियोमा देखिएअनुसार फ्लोएडले भनेका छन्,‘मैले सास फेर्न सकिन, कृपया छाड्नुहोस्।’

आठ मिनेट ४६ सेकेन्डसम्म प्रहरी चौविनले फ्लोएडको घाँटीमा घुँडाले थिचेको अभियोजनकर्ताको प्रतिवेदनमा बताइएको छ।

६ मिनेटसम्ममा फ्लोएड अचेत बनिसकेका थिए। उनलाई पछि अस्पताल पठाइएको थियो। तर अस्पतालमा फ्लोएड मृत घोषित भए।

ग्रोसेरी स्टोरमा पुगेको ३० मिनेटभित्र फ्लोएडको मृत्यु भइसकेको थियो।

हाल प्रहरी चौविनमाथि हत्या अभियोग लागेको छ। उनीसहित अन्य तीन प्रहरी सेवाबाट बर्खास्त भइसकेका छन्। एजेन्सी

Protests Continue to Rage After Death of George Floyd - The New ...

Tags: US
ShareTweetSend
Previous Post

नेपालमा लकडाउनको अवधिभर ३९ हजार एकसय एकाउन्नको मृत्यु, कोरोनाको कारणले ८ मात्र

Next Post

आज जुन ५, विश्व वातावरण दिवस

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग
मुख्य समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु
मुख्य समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न
मुख्य समाचार

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
Next Post
आज जुन ५, विश्व वातावरण दिवस

आज जुन ५, विश्व वातावरण दिवस

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist