इलाम, २३ जेठः विश्व वातावरण दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ तारिखको दिन विश्वस्तरमा बढ्दो किसिमको प्रदुर्षण र खराबीका कारण बिग्रिंदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाइ राखी प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाऊ गर्नका निमित्त सकारात्मक जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले मनाइन्छ । सन् १९७२ जुन ५ देखि १६ तारिख सम्म बसेको संयुक्त राष्ट्रसंघको मातहतमा रहेको संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम अर्थात यू.एन.इ.पी.को निर्णय अनुसार विश्वस्तरको विद्यमान वतावारणीय खराबी, समस्याहरु र चुनौतीहरुको सम्बोधन प्राकृतिक हिसाबले स्वस्थकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरु र कार्यक्रमहरु गर्ने अभिप्रायले पहिलोपल्ट सन् १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो । विश्व वतावरण दिवस एक विश्वस्तरमा वार्षिक रुपले मनाइने विश्वस्तरको अभियान हो ।
जसले वातावरणसित प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने वातावरणीय दृष्टिकोणबाट लाग्ने समस्याहरु जस्तै फोहरमैला, प्रदुषित केमिकल, खाध्यान्नको कमी, वनजंगलको खडेरी प्राकृतिक प्रकोप र विनाश, बढ्दो विश्वको तापक्रम आदिको वृहतरुपमा सम्बोधन गर्ने र त्यसको समस्याहरु र चनौतीको समाधान गर्न आवश्यक कार्यक्रम ए योजनाहरुको निक्र्यौल तथा तर्जुमा गर्ने कामगर्दछ वा गर्न मद्दतगार भूमिका निभाउँदछ । विश्वभरिका मानिसहरु वातावरणसँग सम्बन्धित काम गर्ने विविध संघसंस्थाहरु र विभिन्न राष्ट्रहरुसमक्ष संसारमा बिद्यमान वातावरणीय दृष्टिकोणबाट देखिएका समस्याहरु चनौतीहरुको अवगत गराउने, तिनको संरक्षण र समाधानको लागि गर्नुपर्ने आवश्यक पहल तथा अभियानका कामहरु कार्यान्वयन, जागरण तथा चेतना जगाउन प्रमुख भूमिकाको रुपमा वर्षेनी मनाइने विश्व वातावरण दिवसको दिनले विशेष भूमिका खेल्ने गर्दछन् । हरेक वर्ष मनाइने विश्व वातावरण दिवसको दिन विशेष तर्जुमा गरिएका विविध वार्षिक ठिम तथा नाराहरु अनुरुप मनाइने वातावरण दिवसको थप प्रभावकारीता ल्याउनको निमित्त योजनाबद्ध तरीकाले वर्षेनी योजनाबद्ध तरीकाले वर्षेनी मनाइन्छ । सन् १९७३ बाट शुरु भएको विश्व वातावरण दिवसले वर्तमान समयसम्म आउँदा वर्षेनी हिसाबले निश्चित गरिएका वार्षिक अभियानमूखी नारा र कार्ययोजना अनुरुपका कार्यसम्पादन तथा तर्जूमा गर्दै आएको छ । विश्व वातावरण दिवसले विश्व वातावरणको बचाऊ संरक्षण संसोधन गरी हुनसक्ने प्राकृतिक विपत्तिलाई तार्ने, वातावरण मैत्री विश्वस्तरीय कार्य योजना र ऐननीति कार्यन्वयन गर्न र गराउन मद्द्तगार भूमिका खेल्ने मुख्य उद्देश्यहरु राख्दछ ।