Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज वन उपभोक्ता दिवस

ग्रीन इलाम ग्रीन इलाम
May 31, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १८ जेठः वनै वनका कारण ’हरियो वन नेपालको धन’ भन्ने नाराले चिनिएको नेपालमा यही वन क्षेत्रको संरक्षण, सम्र्वधन र उपभोगमा संलग्न उपभोक्तालाई थप जागरुक बनाउन वन उपभोक्ता दिवस मनाउने गरिन्छ । नेपालमा वन संरक्षण र उपयोग सम्बन्धि धेरै तरिका तथा प्रणालीहरु अपनाइएका छन् । सबैभन्दा लोकप्रिय प्रणाली भने वनको सामुदायिकरण नै मानिएको छ । सामुदायिक वनको माध्यमबाट उपभोक्ताहरुमा सामुहिक ऐक्यवद्धता कायम भएको पाइन्छ । वन श्रोतको संरक्षण र उपयोगमा संगठित समाजका रुपमा स्थापित सामुदायिक वन उपभोक्ता महासंघका अनुसार अहिले नेपालमा १३ हजार ५ सय बढी उपभोक्ता समुहहरु सकृय छन् । यस हिसाबले प्रति समुह सरदर एक सय घरधुरीका दरले करिब १४ लाख घरधुरी प्रत्यक्ष उपभोक्ताका रुपमा रहेका छन् । नेपाल सरकारले उपभोक्ताहरुका लागि हस्तान्तरण गरेको सामुदायिक वनका उपभोक्ताहरुको संगठन सामुदायिक वन उपभोक्ता महासंघ वनको संरक्षण र उपभोगको प्रक्रियागत काममा क्रियाशिल छ । यसले सन् १९९५ देखि काम गरिरहेको छ । सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएर रहेका कारण वनमा उपभोक्ताहरुको संलग्नतालाई सामाजिक अभियानका रुपमा लिने गरिएको छ । सामुदायिक वन र यसमा संलग्न उपभोक्ताहरु नेपालकै वन व्यवस्थापनको क्षेत्रमा मूलधार र नमूनाका रुपमा चिनिएका छन् ।
त्यसो त वन श्रोतको उपभोग तथा व्यवस्थापनका दृष्टिकोणले नेपालको वनलाई सात प्रकारले वर्गिकरण गरिएको पाइन्छ । जसमा राष्ट्रिय वन, धार्मिक वन, निजी वन, सामुदायिक वन, कवुलियति वन र आरक्ष तथा निकुञ्ज र सरकारद्वारा व्यवस्थापन गरिएका वन पर्दछन् । यि सात प्रकारका वनमा एकसय ८९ प्रकारका पारिस्थिक प्रणाली कायम रहेका छन् । नेपालमा भौगोलिकताका दृष्टिकोणले वनलाई ६ भागमा वर्गिकरण गरिएको छ । साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल लगायतका वनस्पति पाइने वनलाई उष्ण वन भनिन्छ । त्यसैगरी खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि वनस्पति पाइने वनलाई उपोष्ण वन भनिन्छ । सानो फलाँट, ठूलो फलाँट, बाँझ, गोब्रे सल्ला जस्ता वनस्पतिको वनलाई समशितोष वन भनिन्छ । बाँझ, गुराँस, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि पाइने वनलाई शितोष्ण वन भनिन्छ । त्यसैगरी सब अल्पाइन वनमा बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि वनस्पति र अल्पाइन वनमा झाडीदार धुपी र गुराँसका प्रजातिहरु पाइन्छन् ।
वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । यस परिभाषा अनुसार वनले घेरिएको वा वन छेउछाउका पर्ती वा ऐलानी जग्गा, वनभित्रको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत वन हो । वन पैदावार भन्नाले रूख, वनस्पति, पशुपन्छिका अलावा चट्टान, माटो, ढुङ्गा, गिट्टी, बालुवा समेतलाई जनाउँदछ । नेपालमा कुल क्षेत्रफलको लगभग ४० प्रतिशत भूभाग वन रहेको छ । पृथ्वीको ४ दशमलव ३० प्रतिशत क्षेत्र वन छ । पहिले पृथ्वीमा ५० प्रतिशत वन जंगल रहेको अनुमान गरिएको छ । तर मानव सभ्यता र आधुनिक समाज निर्माणसँगै वन क्षेत्र घटेर आवादि क्षेत्र भने बढ्दै गएको हो । वनश्रोत बिना मानवीय आवश्यकताहरु पुरा हुन सक्दैनन् । नेपालमा वनमा रहेको निर्भरताका कारण चाप पनि निकै छ । दाउरा जस्ता काष्ठ पैदावारहरु इन्धनका लागि प्रयोग गर्ने उपभोक्ताहरु उत्तिकै छन् । त्यसैगरी जडिबुटी लगायतका अन्य वनजन्य वस्तुहरु गैरकाष्ठ वन पैदावारका रुपमा प्रयोग गरिन्छन् ।
वन पृथ्वीको एउटा यस्तो हिस्सा हो, जहाँ हरिया वनस्पतिहरुको घना भूभाग रहेको हुन्छ । वनजंगल बिना मानव लगायत जिवित सवै जिवजन्तुका लागि अत्यावश्यक अक्सिजन प्राप्त हुँदैन । वन वन्यजन्तु तथा पंक्षीहरुको मुख्य वासस्थलको हो । वनबाटै स्वच्छ वातावरण प्राप्त हुन्छ । यस्तो अभूतपुर्व महत्व रहेको वनलाई अत्याधिक उपभोग गर्दा मानव जीवन नै संकटमा पर्न सक्दछ । वनको अत्याधिक भन्दा समूचित उपयोगबाट मात्रै मानव जीवन अगाडि बढ्न सक्दछ । यसका लागि उपभोक्ताहरुले निर्वाह गर्ने भूमिका नै निर्णायक हुन्छ । उपभोक्ताहरुकै जागरुकताले वन संरक्षण सम्भव छ । त्यसका लागि सवै उपभोक्ता र सरोकारवालाहरु जागरुक हुनै पर्दछ ।

Tags: आज वन उपभोक्ता दिवस
Share52TweetPin
अघिल्लो समाचार

सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

अर्को समाचार

आज विश्व धुम्रपान रहित दिवसः सूर्तीजन्य पदार्थ आजैबाट छाडौं, स्वस्थ बनौं

अर्को समाचार

आज विश्व धुम्रपान रहित दिवसः सूर्तीजन्य पदार्थ आजैबाट छाडौं, स्वस्थ बनौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.