Tuesday, July 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

ग्रीन इलाम ग्रीन इलाम
July 14, 2026
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
Share on FacebookShare on Twitter

केही दिन यता अविरल वर्षाका कारण मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड फेरि अवरुद्ध भएको छ । यससँगै पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङको तराईसँगको सोझो सडक सम्बन्ध विच्छेद भएको छ । मुख्य राजमार्गमात्र नभई वैकल्पिक मार्गहरू समेत बाढी र पहिरोले बगाएपछि यी तीन जिल्लामा लैजाने अत्यावश्यक सामान सहज ढङ्गले पुग्न सकेको छैन । इलामको राजदुवाली खण्ड विगत चार दिनदेखि नै जोखिममा थियो । सोमबार सडक थप भासिएपछि साना तथा ठुला सबै प्रकारका सवारीसाधन ठप्प भएका छन् । राजमार्ग अवरुद्ध भएपछि तत्कालै प्रयोगमा ल्याइएको सिमलगोलाई–तिल्केनी वैकल्पिक मार्ग पनि जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि बन्द भएको छ । यस्तै, झापा जोड्ने केचना–कञ्चनजङ्गा फास्ट ट्रयाकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालन पूर्ण रूपमा ठप्प बनेको छ ।

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

पुवा खोला र जोगमाई खोलामा हाल्ने भनिएको बेलीब्रिज भारतबाट आयात हुन ढिलाइ हुँदा सङ्कट झन् गहिरिएको हो । डिभिजन सडक कार्यालयका अनुसार बेलीब्रिज आइपुग्न अझै १५ देखि २० दिन लाग्ने देखिएको छ । सडक अवरुद्ध भएसँगै माइखोला पारि ठुलो सङ्ख्यामा मालवाहक सवारीसाधन तथा इन्धनका ट्याङ्कर अलपत्र परेका छन् । यातयात व्यवसायी गृष्म सुब्बाका अनुसार अहिले पहिरोग्रस्त क्षेत्रमा सवारी वारपार गराउन नसकिने अवस्था छ । उनले भने, ‘अहिले सिमलगोलाईको वैकल्पिक कच्ची बाटो प्रयोग गरेर साना गाडीबाट मात्र जेनतेन सामान ढुवानी गर्ने प्रयास भइरहेको छ, तर यसले ढुवानी भाडा अत्यधिक बढाएको छ । साना गाडीमा लोड गरेर ल्याउँदा प्रतिट्रिप छुट्टै पाँच हजार रुपैयाँसम्म बढी भाडा लाग्छ ।’

साना गाडीमा एलपी ग्यासका सिलिन्डरदेखि पेट्रोलियम पदार्थ पनि लानुपर्ने बाध्यता आइलागेको छ । इलाम सदरमुकाम र बिल्याँटे बजारलगायतका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालिसकेको छ । ढुवानी लागत बढेको बहानामा बजारमा खाद्यान्न, तरकारी तथा ग्यासको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनगुनासो सुनिन थालेको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले बजारमा महँगी र कृत्रिम अभाव सिर्जना हुन नदिन नगरपालिका सजग रहेको बताए । ‘पहाडी जिल्लाको लाइफलाइन नै अवरुद्ध भएपछि बजारमा उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्धिको फाट्टफुट्ट गुनासो आउन थालेको छ । हामीले उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्र बनाएका छौँ । सङ्कटको समयमा उपभोक्तालाई ठग्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ थापाले भने ।

चर्को ढुवानीका कारण बजारमा निर्माण सामग्रीको मूल्यमा पनि ठुलो उतारचढाव आएको छ । फलामको डन्डी, इँटा, गिटी र बालुवाको अभाव सिर्जना भएको छ भने सिमेन्टको मूल्य प्रतिबोरा डेढ सय रुपैयाँसम्म वृद्धि भएको छ । निर्माण व्यवसायीहरूका अनुसार ढुवानीका गाडीहरू माइखोला पारि नै रोकिएका कारण धेरै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । पूर्वी पहाडको मुख्य आम्दानीको स्रोत मानिने कृषि उपजको निकासी पनि सडक अवरोधका कारण ठप्प बनेको छ । चिया, अदुवा, घिउ, छुर्पी, अम्लिसो र अकबरे खुर्सानी जस्ता उत्पादनहरू तराईका बजार र भारततर्फ पठाउन नसक्दा कुहिने अवस्थामा पुगेका छन् ।

अहिले चियाको मुख्य सिजन हो, तर चिया ढुवानी गर्न नपाउँदा र उद्योगहरूमा इन्धन (डिजेल) को अभाव हुँदा चिया बगान र प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । यस क्षेत्रमा विद्युत आपूर्ति पनि नियमित र भरपर्दो नभएकाले जेनेरेटर चलाउन डिजेल चाहिने तर डिजेलका ट्याङ्करहरू सडक अवरोधका कारण आउन नसक्दा चिया उद्योगीहरू दोहोरो मारमा परेका छन् । व्यवसायीहरूका अनुसार उत्पादित तयारी चिया गोदाममै थन्किएर बस्दा करोडौँको नोक्सानी व्यहोर्नुपर्ने स्थिति आएको छ ।

सडक सञ्जाल विच्छेद हुँदा सबैभन्दा ठुलो मार आकस्मिक बिरामी र सुत्केरी महिलाहरूलाई परेको छ । इलाम, पाँचथर र ताप्लेजुङमा भरपर्दो सुविधासम्पन्न अस्पताल नभएकाले जटिल खालका बिरामीहरूलाई झापा वा विराटनगर रिफर गर्नुपर्ने बाध्यता छ । ‘दिउँसोको समयमा त पहिरोग्रस्त राजदुवाली खण्डमा जेनतेन मान्छे बोकेर वा गाडी सारेर बिरामी पार गराउन सकिएला, तर रातिको समयमा आकस्मिक रूपमा कोही गम्भीर बिरामी परेमा अस्पताल पुर्‍याउने कुनै उपाय छैन । यस्तो अवस्थामा हेलिकप्टर चार्टर गर्नुको विकल्प देखिँदैन, जुन सामान्य नागरिकको पहुँचभन्दा धेरै बाहिरको कुरा हो,’ यातायात व्यवसायी सुब्बाले भने ।

राजदुवाली खण्डको पहिरो अहिलेको मात्र समस्या होइन । यो विगत ५–६ वर्षदेखि नै बर्खायाममा बल्झिने पुरानो घाउ हो । गत वर्षको असोज १८ र १९ गते आएको भीषण बाढी र पहिरोले यो खण्डलाई थप कमजोर बनाएको थियो । त्यसयता सामान्य वर्षा हुँदा पनि यो खण्ड भासिने र बग्ने क्रम चलिरहेको छ ।

पाँचथरका प्रदेश सांसद इन्द्रबहादुर आङ्बोका अनुसार राजदुवालीको भौगोलिक बनावट कमजोर भएकाले यसको स्थायी समाधान मेची राजमार्गको यो खण्डलाई नै अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण (सिफ्ट) गर्नु वा भरपर्दो वैकल्पिक मार्गको विकास गर्नु हो । ‘अहिलेका वैकल्पिक मार्गहरू जस्तै दमक–चिसापानी, लेटाङ–बुधबारे वा दमक–रवि मार्गहरू सबै कच्ची छन् । तमोर करिडोर पनि पानी पर्ने बित्तिकै अवरुद्ध हुन्छ । त्यसैले तमोर करिडोरको सडकलाई तत्काल बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्न आवश्यक छ,’ आङ्बोले भने ।

राजदुवाली खण्डमा सडक टिकाउन विगत लामो समयदेखि अनेकौँ प्रयासहरू भए पनि त्यो सफल नभएको आङ्बोको भनाइ छ । यद्यपि अबको एक वर्षमा वैकल्पिक मार्ग तयार हुने उनले बताए । ‘अबको एक वर्षभित्र पूर्वी पहाडको यातायात क्षेत्रमा सकारात्मक परिवर्तन आउने देखिन्छ । राँके–भेडेटार सडक खण्डको स्तरोन्नति र कालोपत्रे गर्ने काम द्रुत गतिमा भइरहेको छ । साथै, तमोर करिडोरका मुख्य पुलहरू पनि आगामी एक वर्षभित्र निर्माण भइसक्ने चरणमा छन् । यी सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि राजदुवाली खण्डमा मात्रै निर्भर रहनुपर्ने बाध्यता हट्नेछ र पूर्वी पहाडले बलियो वैकल्पिक मार्ग पाउनेछ,’ आङ्बोले भने ।

पूर्वमन्त्री तथा इलामका प्रदेश सांसद रामबहादुर मगरले भने संघीय सरकारले पूर्वी पहाडी जिल्लालाई हेपेको कारण अहिले कठिन हुँदै गएको बताए । ‘संघीय सरकारको चासो नै भएन । चासो भएको भए अहिले बाटो बनिसक्थ्यो,’ उनले भने ।

नगरप्रमुख केदार थापा पनि राजदुवालीको स्थायी समाधान खोज्न ढिला भइसकेको स्वीकार गर्छन् । ‘हामीले संघीय सरकार र भौतिक पूर्वाधार मन्त्रालयलाई राजदुवाली खण्डको स्थायी विकल्प खोज्न पटक–पटक आग्रह गर्दै आएका छौँ । यो संघीय राजमार्ग भएकाले स्थानीय तहको स्रोत र साधनले मात्र यसको स्थायी समाधान सम्भव छैन । राष्ट्रिय प्राथमिकतामा राखेर यसको डाइभर्सन वा नयाँ अलाइनमेन्ट तय गरिनुपर्छ,’ थापाले भने ।

राजदुवाली खण्डमा बर्सेनि जाने पहिरो र सडक भासिने समस्या केवल प्राकृतिक वर्षाका कारण मात्र नभई स्थानीय जलविद्युत् आयोजना (हाइड्रोपावर) को पानी चुहिएका कारणले हो कि भन्ने आशङ्का गरिएको नगरप्रमुख थापा बताउँछन् । उनका अनुसार, विगत केही वर्षदेखि सो क्षेत्रमा जमिन मुनिबाट पानी निरन्तर बगिरहेको पाइएको छ । ‘सो क्षेत्रमा जलविद्युत् आयोजनाको पेनस्टक पाइप वा बाँधबाट पानी चुहिएको छ कि भन्ने आशङ्का व्यापक छ । जमिनभित्र पानी पसेकै कारण राजदुवालीको माटो थिलथिलो भएर बग्ने गरेको प्राविधिक विश्लेषणहरूले पनि चासो देखाएका छन्,’ नगरप्रमुख थापाले भने । यसअघि नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्रालयका परामर्शदाता भूगर्भविद् (जियोलोजिस्ट) हरूले पनि सो क्षेत्रको स्थलगत अध्ययन गरेका थिए । प्राविधिकहरूको टोलीले पनि पानीको उचित निकास नहुनु र जमिन मुनिबाट पानी चुहिनु नै सडक भासिनुको मुख्य कारण हुनसक्ने बताएका थिए ।

ShareTweetPin
अघिल्लो समाचार

माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

अर्को समाचार

बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ

अर्को समाचार
बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ

बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा
  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा
  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.