इलाम, १७ मंसिरः इलाम नगरपालिकाको एकिकृत शहरी विकास योजना निर्माणका लागि नगरपालिकाले अष्ट्रेलियन भोलेन्टियर कार्यक्रममा विज्ञ माग गरेको प्रस्ताव बमोजिम शहरी विकास विज्ञ ‘वियंका वेन्जामिन’ले एक वर्षका लागि प्राविधिक सहयोग गर्दै हुनुन्छ र ६ महिना भन्दा बढी समय इलाम नगरपालिकामा रहेर काम गर्नका लागि उहाँ नेपाल आउनुभएको छ । सोही सन्दर्भमा इलाम नगरपालिकाका मेयर केदार थापा, अष्ट्रेलियन भोलेन्टियर कार्यक्रमका कार्यक्रम व्यवस्थापक राजेन्द्र खड्गा, अष्ट्रेलियन भोलेन्टियर वियंका वेन्जामिन र इलाम नगरपालिकाका कानुनी सल्लाहकार समीप घिमिरेबीच एकिकृत शहरी विकास योजनाका बारे छलफल भएको छ । यो योजना निर्माणका चरणहरुमा स्थानीय स्तरमा उपलब्ध विभिन्न सरोकारवाला संघ संस्थासँग समेत समन्वय गरिनेछ ।