Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना संक्रमण दोस्रो चरणमै

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2020
भित्र पत्रपत्रिकाबाट
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
कोरोना संक्रमण दोस्रो चरणमै रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
कान्तिपुरमा छापिएको समाचार यसप्रकार छ ।
मस्जिदमा रहेका १४ भारतीयबाट अरूमा संक्रमण सरेको छ कि छैन, मुख्य चिन्ताको विषय हो । उनीहरूमा संक्रमण यहीँ भएको हो वा आयातित भन्ने जान्नु नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण छ । – डा. शरद वन्त, वरिष्ठ जनस्वास्थ्यविद्
हामीकहाँ संक्रमण देखिएका ३१ जनामध्ये ३ जनामा मात्र ज्वरो देखियो । अब एयरपोर्टमा शरीरको तापक्रम नापेका भरमा मात्र यात्रु भित्र्याउनु हुँदैन । अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्छ । – डा. वासुदेव पाण्डे, भाइरोलजिस्ट

 

काठमाडौँ — कोभिड–१९ बाट ३१ जना संक्रमित भए पनि संक्रमण हालसम्म दोस्रो चरणमै रहेकाले रोकथामका लागि राम्रो अवसर सरकारसँग अझै रहेको विज्ञहरूले बताएका छन् । लकडाउन चौथो सातामा चलिरहँदा संक्रमण स्थानीयस्तरमा एक जनालाई मात्र सरेको र त्यो पनि दुई साता नाघिसकेको हुनाले नियन्त्रणका लागि जटिल अवस्था आइनहालेको उनीहरूको भनाइ छ ।

दुबईबाट फर्किएका कैलालीका एक युवक र यहाँ रहेकी उनकी आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको थियो । ती आफन्तमा १६ दिनअघि पुष्टि भएपछि संक्रमण दोस्रो चरणमा गएको थियो ।

शुक्रबार उदयपुरको मस्जिदमा रहेका ११ भारतीय र १ नेपाली तथा चितवनमा बेलायतबाट फर्किएका २ जना नेपालीमा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ३१ पुगेको छ । दुई संक्रमित निको भएर घर फर्किसकेका छन् । उदयपुरमा संक्रमित भएका १२ जनाको ‘कन्ट्याक्ट ट्ेरसिङ’ गरिँदै छ । ‘शुक्रबार संक्रमण पुष्टि भएका सबै १४ जना विदेशबाट आएका हुन्,’ स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने ।

यसअघि पर्सा वीरगन्ज–२ छपकैयास्थित जामे मस्जिदमा रहेका ३ जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमण देखिएको थियो । ‘मस्जिदमा बस्दै आएका संक्रमित भारतीय नागरिकबाट अरूमा संक्रमण सरेको छ कि छैन, हाम्रा लागि पहिलो चिन्ताको विषय हो । यसको व्यापक खोजबिन हुनुपर्छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘दोस्रो सबैभन्दा गाह्रो विषय उहाँहरूलाई यो संक्रमण यहीँ (नेपालमा) भएको हो कि आयातित भन्नेबारे जान्नु नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ उनका अनुसार यति भइसकेपछि संक्रमित बसेको क्षेत्रमा संक्रमणको अवस्था जानकारी लिन सहज हुनेछ । ‘ती १४ वटा केस आयातित हुन् र उनीहरू मुलुकमा ३–४ महिनाअघि आएका हुन् भने हाल भएको व्यापक पीसीआर परीक्षण प्रतिवेदन नेगेटिभ नहुनुपर्ने हो,’ डा. वन्तको भनाइ छ । यसबाट उदयपुरमा देखिएको संक्रमण आयातित हो, अनुमान गर्न सकिन्छ ।

द्रुत परीक्षणले लामो समयसम्म पोजिटिभ देखाए पनि पीसीआरले एउटा निश्चित समयसम्म मात्र पोजिटिभ देखाउने औंल्याउँदै डा. वन्तले भने, ‘कि त उहाँहरू (भारतीय) आउजाउ गरिराख्नुभएको थियो, या त उहाँहरू नेपाल कहिले आउनुभएको हो, हामीले स्पष्ट रूपमा भन्नुपर्ने हो ।’

ती भारतीय नागरिक ३–४ महिनाअघि नै नेपाल आएका हुन् भने उनीहरूलाई यहीँ संक्रमण भएको हुन सक्ने र यसले नेपाल संक्रमणको तेस्रो चरणमा त गएन भन्ने संकेत गर्ने डा. वन्तले बताए । तर सरकारका निकायहरूले भने हालसम्म मुलुकमा कोभिड–१९ को स्थिति अत्यन्त खतरनाक नरहेको संकेत गरेका छन् ।

‘हामीलाई अहिलेसम्म प्राप्त विभिन्न जानकारी, कोभिड–१९ परीक्षण प्रतिवेदन, प्रारम्भिक चेतावनी प्रणालीका सूचना आदिलाई विश्लेषण गर्दा यो संक्रमण स्थानीय रूपमा व्यापक नभएको देखिएको छ,’ डा. पाण्डेले भने, ‘कोभिड–१९ संक्रमण अझै स्थानीय रूपमा बृहत् रूपमा फैलिएको छैन ।’

स्वास्थ्य मन्त्रालयले मुलुकका कुनै गाउँमा रुघाखोकी प्रकोपका रूपमा भए, नभएको हरेक दिन अनुगमन गरिरहेको छ । हालसम्म कुनै गाउँमा कोभिड–१९ सँग मिल्ने ठूलो प्रकोप देखिएको छैन । यसले संक्रमण फैलन नपाएको देखाउँछ । योसँगै पीसीआर परीक्षण जति बढायो, उति स्थिति थाहा हुने विज्ञहरूको भनाइ छ ।

कोभिड–१९ दोस्रो चरणमा प्रवेश गरेको तेस्रो साता भए पनि यसको विस्तार व्यापक रूपमा नभएको दाबी गर्दै डा. पाण्डेले भने, ‘हामीसँग यसको विस्तारलाई रोक्न अझै मौका र समय छ ।’

कोभिड–१९ को विस्तार रोक्न भारतसँगको सीमा नाका कडा रूपमा सिल गर्नुपर्ने डा. पाण्डेले बताए । ‘दुवै मुलुकको सीमाका स्थानीय सरकारले मिलेर कोभिड–१९ संक्रमणको विस्तार रोक्न क्रस बोर्डर बैठक गर्नुपर्छ,’ उनले भने, ‘सीमाबाट दुवैतर्फ निर्बाध आवागमन हुनुभएन ।’

भविष्यमा लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने संकेत विज्ञहरूले गरेका छन् । डा. पाण्डेले लकडाउन कडाइसाथ पालना हुनुपर्ने आवश्यकता औंल्याए । ‘नेपालमा भएका सबै व्यक्ति पूर्ण जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

भविष्यमा विशेष परिस्थितिमा एयरपोर्ट खोल्नै परे पनि त्यहाँ भएको हेल्थ डेस्कबाट शरीरको तापक्रम मात्र परीक्षण गरेर मानिस भित्र्याउनु नहुने डा. पाण्डेले बताए । ‘एयरपोर्टमा अनिवार्य प्रयोगशाला परीक्षण गरेर संक्रमण नभएको सुनिश्चित गर्नुपर्छ,’ डा. पाण्डेले भने, ‘हामीकहाँ हालसम्म संक्रमण देखिएका ३१ जनामध्ये ३ जनामा मात्र ज्वरो देखिएको थियो ।’

सबै जिल्लामा द्रुत परीक्षण

स्वास्थ्य मन्त्रालयले शनिबार २४ घण्टामा पीसीआर परीक्षणबाट ६ सय २ जनाको घाँटीको र्‍यालको नमुना परीक्षण गरेको जनाएको छ । योसँगै हालसम्म पीसीआरबाट ८ हजार १७ वटा नमुना परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार द्रुत परीक्षण (आरडीटी) किटबाट शनिबार २४ घण्टामा २ हजार ८ सय ८९ रगतको नमुना परीक्षण भएको छ । आरडीटी किटबाट हालसम्म १९ हजार ४ सय ५४ जनाको रगतको नमुना परीक्षण भएको हो । हाल मुलुकको ७७ वटै जिल्लामा आरडीटी परीक्षण भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले आरडीटी किटमा पोजिटिभ देखिएकाको र्‍यालको नमुनाको पीसीआर परीक्षण गरिँदै छ । मुलुकमा हाल ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन् भने ५ जना उपत्यका र १ सय १२ जना उपत्यका बाहिर आइसोलेसनमा छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट कोभिड–१९ संक्रमित एक जना शनिबार निको भएर घर फर्केकी छन् । हाल टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, सेती अञ्चल अस्पतालमा ५, बागलुङमा २, भरतपुरमा २, वीरगन्जमा ४, विराटनगरमा १२ गरी २८ जना उपचाररत छन् ।

Tags: Corona
ShareTweetPin
अघिल्लो समाचार

कोरोना छ भनि अफवाह फैलाएर इलामे पत्रकार आतंकित गर्ने एक पक्राउ

अर्को समाचार

कोरोनाविरुद्धको लडाइँमा ‘हिरो’ महिलाहरु

अर्को समाचार

कोरोनाविरुद्धको लडाइँमा ‘हिरो’ महिलाहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.