Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’: खेल विज्ञ

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र खेलकुद
Reading Time: 2 mins read
0 0
A A
0
Share on FacebookShare on Twitter

काठमाडौं । यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन् ।

परिस्थिति पहिलाको जस्तो छैन । अहिले कोरोना भाइरसका कारण अरु नागरिकसरह प्रशिक्षक र खेलाडी पनि घरमै कैद छन् । यसको दीर्घकालीन असर पर्न सक्ने खतरातर्फ सचेत गर्दै हरेक खेलका प्रशिक्षकले आफ्ना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिन सचेत गराउँदै आएका छन् । “मनलाग्दी ढङ्गले खाएपछि ठूलो असर गर्छ”, राष्ट्रिय भलिबलका प्रशिक्षक जगदीशप्रसाद भट्ट भन्छन, “प्रत्येक खेलाडीले व्यायाम र खानपिनमा ध्यान दिनैपर्छ, यसो गर्न नसके धेरै हानी व्यहोर्नुपर्ने हुन्छ ।”

लकडाउन शुरु हुन केही दिनअघि मात्र महेन्द्रनगर घर फर्ककेका प्रशिक्षक भट्ट घरमै बसेर आफ्ना खेलाडीसित सम्पर्कमा रहेका छन । उनले अधिकांश समय खेलाडीलाई सचेत गराउन सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन । “म देशभरका भलिबल खेलाडीलाई सधैँ सचेत गराउँदै आएको छु”, एशियन सेन्ट्रल जोन महिला भलिबलमा पहिलोपटक स्वर्ण पदक दिएका उनले फोनमा कुरा गर्दै भने, “खेलाडीले घरभित्रै वा आँगनमा भए पनि व्यायाम गर्नैपर्छ ।” व्यायाम र खानपिनमा ध्यान नदिए खेलमा दीर्घकालीन असर पर्नेबारे उनले खेलाडीलाई सचेत गराउँदै आएका छन । दुई दशकदेखि उनी आफैँ पनि घरमा छोरीहरुका साथ नियमित व्यायाम र भलिबल खेल्दै आएका छन ।

कैलालीको टीकापुर घर भएका क्रिकेट प्रशिक्षक जगत टमाटा लकडाउनका कारण काठमाडौँमै थन्किए । छोरा र भान्जाका साथमा बस्दै आएका उनी पनि नियमितरूपमा खेलाडीको सम्पर्कमा रहेका छन । यसका लागि उनले पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन । “सरकारले जारी गरेको लकडाउनको पालना गर्न खेलाडीलाई सचेत गराउँदै आएको छु, यो हाम्रै लागि हो”, उनले भने, “खेलाडीले व्यायाम गर्न भने छाड्नुहुन्न, टन्न खाएर सुते बर्बाद हुन्छ भनेर सम्झाउने गरेको छु ।” विगतमा आफैँले खेलेका खेल तथा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीको खेल प्रदर्शन पाएसम्म युट्युबमा खोजीखोजी हेर्न प्रशिक्षक टमाटाले खेलाडीलाई सल्लाह दिँदै आएका छन ।

फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठ बाँकेको नेपालगञ्जमा घरमै व्यायाम गरिरहेका छन । चाहे कोठामा होस् वा आँगनमा उनी व्यायाम गर्न भने छाड्दैनन् । “जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ”, उनले सुझाव दिए, “मैले आफ्ना खेलाडीलाई फोन गरेरै पनि सल्लाह दिँदै आएको छु, यसो नगरे पछि हामीलाई खेलमा फर्कन गाह्रो हुन्छ ।” श्रेष्ठले पनि अहिले सामाजिक सञ्जालको अत्यधिकरूपमा प्रयोग गर्ने गरेको बताए ।

कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट यतिबेला कञ्चनपुरमा खेतीपातीमा व्यस्त छन । उनलाई खेलाडीको फोन तारन्तार आइरहन्छ । “गहुँ काट्दै थन्क्याउँदै पनि भ्याएसम्म खेलाडीलाई फोनमै सम्झाइबुझाइ गर्ने गरेको छु”, उनले भने । उनी नियमितरूपमा व्यायाम गर्छन् । खेलाडीलाई पनि पछि आउन सक्ने समस्याबारे सचेत गराउँदै आएका छन । “खेलाडी खाएर सुत्न हुन्न, घरकै काममा सघाएर पनि शरीर तन्दुरुस्त राख्नुपर्छ”, मुख्य प्रशिक्षक भाटको खेलाडीलाई सुझाव छ ।

हाल झापाको विर्तामोडस्थित घरमा रहेका कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती बिहान बेलुका नियमितरूपमा अभ्यास गर्न गराउन आफू मातहतका प्रशिक्षक र खेलाडीलाई सल्लाह दिँदै आएका छन। “खानमा जोड दिने होइन, व्यायाममा ध्यान दिनुपर्छ”, उनले भने, “दिनमा सकभर नसुुत्न भनेको छु, युट्युबमा कराँतेका ‘टेकनिक’ हेर्न सल्लाह दिने गरेको छु ।”

दार्चुलामा कार्यरत कराँते प्रशिक्षक ओमकार गिरी लकडाउन खुलेपछि जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले खेलाडीलाई तयार भएर बस्न सल्लाह दिइरहेको बताउछन् । “घरभित्रै अभ्यास गर्न फोनमा र सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेको छु”, उनले भने । कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिनुहुन्छ । “यति बेला फुर्सदिलो भएर ढुक्कसित बस्ने होइन,” उनले भने, “जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।” -रासस

ShareTweetPin
अघिल्लो समाचार

एमबाप्पे र हालान्ड रियलको आक्रमणको जोडी बन्ला ?

अर्को समाचार

इलामको क्वारेण्टाइनमा राखिएका २ जनालाई स्वाब टेष्टको लागि बिराटनगर पठाइयो

अर्को समाचार

इलामको क्वारेण्टाइनमा राखिएका २ जनालाई स्वाब टेष्टको लागि बिराटनगर पठाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.