Saturday, May 2, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

फल पाक्न नपाउँदै किबी किसानलाई बजारको चिन्ता

ग्रीन इलाम ग्रीन इलाम
August 5, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउछन् । तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । “विसं २०६७ मै एक सय ५० झ्याङ रोपेर किबीखेती सुरु गरेको हुँ”, उनी मनको बह पोख्दै भन्छन्, “यसपाली साह्रै राम्रो फलेको छ । कात्तिकदेखि पाक्न सुरु हुन्छ । तर बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।”
पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ । भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन् ।
इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवद्र्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ । पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ ।
‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ । इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन् ।
कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गरे । कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा रु पाँच लाख अनुदान दिएको थियो । थाङ्ग्रो हाल्न मात्रै रु सात लाख निजी लगानी गरेको उनले बताए । बर्सेनि किबी खेती विस्तार गर्दै उहाँले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहेकाछन् ।
किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ । यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौँ नै हो । किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पु¥याउने गरेको उनले बताए । किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो । चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ । “एक सिजनमा ४० देखि ५० क्विन्टल किबी फल्छ”, पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भने, “सुरुका वर्षमा बोटमै टिपेर क्विन्टलको रु ५० हजारका दरले भाउ हालेर खरिदेले लैजान्थे । गत वर्ष मुस्किलले १५ हजारका दरले दिए । यसपाली पनि भाउ बढेन भने डुबिने भइयो ।”
भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेका कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाइ छ । उनका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन ।
धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ । कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्नसके किबी किसान लाभान्वित हुने बताए ।
आर्थिक वर्ष २०७९÷८० मा काँकडभिट्टा नाकाबाटै रु दुई करोड ८५ लाख २० हजार मूल्य बराबरको ७१ मेट्रिकटन भारतीय किबी भित्रिएको पाइएको छ । भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ ।
कोशी प्रदेशका झापा र सुनसरीबाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ ।
उनका अनुसार कोशी प्रदेशमा एक हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार पाँच सय ४७ मेट्रिकटन रहेको छ । जबकी, इलामको किबीखेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन एक हजार पाँच सय मेट्रिकटन रहेको छ ।
नेपालभर दुई हजार पाँच सय ९९ हेक्टर क्षेत्रफलमा किबीखेती गरिएको र त्यसबाट सात हजार छ सय ९८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ । कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरको किबी खेतीमध्ये आधा इलाममै रहेको छ ।
इलामपछि पाँचथरमा दुई सय ५० हेक्टर र सोलुखुम्बुमा एक सय १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ । खोटाङमा ४०, सङ्खुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ ।
रासस

ShareTweetPin
अघिल्लो समाचार

#इलामे उत्पादन दक्षिण कोरिया पठाउने सुर्वण अवसर !!#

अर्को समाचार

जिल्ला प्रशासन कार्यालय, इलामको जग्गा प्राप्ति गर्ने बारेको सूचना !!!

अर्को समाचार

जिल्ला प्रशासन कार्यालय, इलामको जग्गा प्राप्ति गर्ने बारेको सूचना !!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.