Sunday, February 28, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

सरकार र जनता मिलरेमात्र देशको सिमाको सुरक्षा

ग्रीन इलाम by ग्रीन इलाम
May 13, 2020
in मुख्य समाचार, लेख-विश्लेषण
0 0
0
46
SHARES
86
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रा. डा. नृसिह खत्री
सुगौलिको सन्धी अध्ययन गर्दा त्यसको पाँचौ धारामा उल्लेख छ कि नेपालका महाराजाधिराज, आपूmतिरबाट आपना सम्वन्धीत बाट उत्तराधिकारीका तर्फबाट काली नदीको पश्चिमी भागको सम्पूर्ण अधिकार परित्याग गर्ने छन साथै त्यो इलाका र त्यस इलाकाका निवासिहरु सित कुनै प्रकारको सम्वन्ध नराख्न बचनबद्ध हुन्छन । (२ डिसेम्वर १८१६) पृष्ठ ८४, ढुण्डिराज भण्डारी ), वाल चन्द्र शर्मा, पेज २७४) त्यसै सन्धीबाट महाकाली पश्चिमबाट गोरखाले आपनो सैनिकलाई यो सन्धीमा हस्ताक्षर भएको १५ दिन भित्रमा फिर्ता लिएर काली नदी पश्चिम देखि सतलज नदीसम्मको प्रदेश खालि गरी छोडिदिनु पर्नेछ भन्ने सुँगौलिको सन्धीको पाँचौ वूँदामा उल्लेखित भएको शर्त नेपालले मन्जुर गरी सोही बमोजिम सतलज नदीसम्म पुगेको आपनो गोरखी सेना महाकाली वारी फिर्ता ल्याइएको हो । सन्धीको व्याख्या गर्दा समुच्य सन्धीको दस्तावेज पढेर त्यसको अर्थ लगाउने प्रचलन देखिन्छ । त्यसैवेला महाकाली नदि पारीबाट फिर्ता ल्याएकोले महाकाली नदीपनि नेपालको हो भन्ने वारेमा २०५२ सालमा एमालेमा महाकाली सन्धीका वारेमा निकै गम्भिर बहश भई सि पी मैनाली जीहरुले यसको भाव, मर्म सन्दर्भ जानेरनै महाकाली सन्धीको विरोध गरेकाहुन । “महाकाली नदी साझा हो पानी आधा आधा हो” भन्ने भनाई र व्यवहार गलत छ, जम्मै यो नेपालको हो भन्ने सही विचार थियो । त्यसमा अर्थ तथा दमपनि थियो ।
हाल नेपाललाई भारतले विस्तारै विस्तारै सिमानामा पेल्दै, खेल्दै निल्दै ल्याएको सत्य तथ्य जग जाहेर छ । अगाडिको मेरो लेखमापनि यसको बारेमा निकै विश्लेषण गरेको छु । आदरणीय अनिल योगीजी, पत्रकार भैरव रिसाल तथा प्रेम कैदी जीहरुसंगपनि वार्ता भएको छ । यसलाई सरकारी, नागरिक तथा संस्थागतरुपमा ३ तहबाट पुरा समन्वय गरेर यो मुद्धा उठाएको हुन वेश हुनेछ । कानुन, अनपढ, अक्षर नचिन्ने, सन्धीको भाव नजान्ने, अन्तराष्ट्र्रिय कानूनमा सिमा अतिक्रमण तथा प्रदेशको विवादका वारेमा कानुनी अर्थ तथा त्यसको दुरगामी असर कहाँ, के हुन्छ ? भन्ने नजान्ने मानिसले गरेका कामबाट विरोध गर्दापनि लिखत कागज तथा शर्त नजानी नवुझेका कार्य तथा कारणले कार्य उल्टै विपक्षीलाई सहयोग पुगिरहेको हुन्छ । यसमा पूर्व मन्त्री तथा नेता भिम रावल जी तथा प्रा. डा युबराज संग्रौलाजीहरु सही तथ्यपरक हुनुहुन्छ । उहाँहरु ठीक बाटोमा जानु भएको देखिन्छ । अतः ज्ञान नभएको भन्दा बढी जान्ने, पढेको जानेको वुझेको मानिसहरुको सामूहिक शक्ति बनाएर त्यसलाई यसको जिम्मेवारीमा दिएर सरकारले समन्वय गरीकाम गर्दा त्यसले निकै सकारात्मक परिणाम ल्याउने देखिन्छ । कालापानी तथा लिपुलेकमा सरकारले नेपालको सैनिक शक्ति तथा प्रभाव बढाएको कार्य सकारात्मक छ । अव सकिन्छ भने नागरिकहरुलाईपनि त्यहाँको छाँग्रु तथा गुन्जी क्षेत्रका १६० घर परिवारका मानिसहरुलाई दार्चुलाको तल वेशीबाट लेकमा जान बसोवासको सारा शक्ति प्रयोग गरेर लैजान पहल होस भन्ने माग देखिन्छ । उनीहरुले हिजैमात्र दार्चुला जिल्ला प्रशासन कार्यालयमा आपना बस्तु वाख्रा सहित २ घण्टा कार्यालयमा धर्ना दिनुले त्यस्तै अर्थ राखेको देखिन्छ । यो एक प्रकारको सत्याग्रहपनि हो जो हिन्दूस्थानको आजादीमा महात्मा गान्धीले गर्नु हुन्थ्यो । नागरिक तथा सेनाले मिलेर सहकार्य गर्दा एक अर्काको पारस्परिक सहजीविताले सवैको मनोवल बढाउँदछ । त्यहाँ अरु स्थानबाटपनि संस्थागत जनप्रतिनिधीहरु गएर कार्यक्रम गर्नु गराउन आवश्यक छ । यसको अन्तिम निकास त कुटनीतिकरुपबाट वसेर पहल गरी छोडने, छोडाउने मिलाउने त छँदैछ, तर नेपालको माइक्रो म्यानेजमेण्टमा आपनौ हैसियत चाहने हिन्दूस्थानलाई त्यसरी जे लाग्यो त्यो गर्न भने कहिल्यै दिनु हँुदैन । नेपालको हैसियत, सार्वभौम जनताको अभिमतले पनि दिनै मिल्दैन, दिदैन । नेपाल पनि भारत सरहनै सं रा संघको सदश्य भएको अझ विश्व शान्तिमा पटक पटक सुरक्षा परिषदको सदश्य भएर काम गरेको ऐतिहासिक स्वतन्त्र देश भएकोले भारतको यो दादागिरी सं. रा. सं. घ को बडापत्र तथा पन्चशीलको सद्धान्त विपरित भएको हँुदा त्यसको सर्वत्र विरोध आवश्यक छ ।
कुनैपनि देशको भूगोल लिन कव्जागर्न पहिले इतिहास, भाषा तथा संस्कृति मेटन पर्दछ । भारतले त्यहा काँली नदी कृतिम बनाउन खोजेको, कुटी यागदी जो कालीको मुहान तथा उदगम हा,े त्यसलाई आपनो क्षेत्रपटी पारेको, छाँगु तथा लिपुलेकमा बस्ने शौका तथा व्याशी जातका मानिसहरुलाई पास लिएर मात्र जानु पर्ने गरेको, केही जान्ने खालका मानिसहरुलाई रोजगारीको अवसर दिएर मुख बन्द गरेको, हालको महाकालीनदीमा उसले काठको पुल हालेको र नेपालको क्षेत्रमा पसेको र बाटो वनाएको यसले गर्दापनि नेपालको सरकार तथा यसको जिम्मेवार पदाधिकारीले वेवास्ता गरेको सवै काम भारतको केन्द्रलाई यावत जानकारी नभएको होइन । जव जव नेपालमा आन्तरिक किचलोको विवाद उठाएइका कारणले सत्तारुढ तथ विपक्षीहरु अनि जनताहरु उत्तेजनाका सडक तताउन लागिरहन्छन तव भारतले सिमा मिच्ने, नाकावन्दी लगाउने थिचोमिचो गर्ने, कहिले चाटे जस्तो कहिले दिएजस्तो गरेर खेलाउदै खेलदै नेपाल खाने लिएको स्पष्ट देखिन्छ । छिमेकी देशले नेपालमाथि गरेको हस्तक्षेप कुनैपनि देशभक्त, राष्ट्रबादी नेपाली, गोरखालीले विरोध गर्नु जायज र उचित सत्य हो । विरोध गर्दा आम जनताहरु उपरमा सरकारले निरंकुश तवरको दमनको नीति प्रयोग कदापी गर्नु हँुदैन । यदी सरकारले त्यसो गरेमा झन हिन्दूस्थानको नेपाल खाने नीतिलाई बरु वल मिल्दछ । “जनताहरुले मानिरहेको छैन” भनेर बरु कुटनीतिकरुपमा भन्न देखाउन, भजाउन पो सकिन्छ । जनताले कालापानी तथा लिपूलेकको मामिलामा सरकारलाई के सरसहयोग गर्न पर्दछ ? सरकारले भनोस । त्यो जनताले दिनेवाला जनमत देखिन्छ । तर जनताको दमन भने वन्द गर्न आवश्यक छ । कोरोनाको चपेटामा परेको छिमेकीलाई यसपालिपनि लगाएको गुन हामी कदापी भूल्ने छैनौ हाम्रो सन्ततिहरुले पनि यहि इतिहासमा सधै पढीरहनेछन ।
Tags: सरकार र जनता मिलरेमात्र देशको सिमाको सुरक्षा
Share46TweetSend
Previous Post

बिहीबारबाट एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास सबै खारेज

Next Post

इलामका २ जनाको PCR नेगेटिभ

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग
मुख्य समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु
मुख्य समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न
मुख्य समाचार

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
Next Post
इलामका २ जनाको PCR नेगेटिभ

इलामका २ जनाको PCR नेगेटिभ

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist