Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज अपरा एकादशी ः जानौं यसको महत्व बारे

ग्रीन इलाम ग्रीन इलाम
May 18, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ५ जेठः हामी आज अपरा एकादशी व्रतको बारेमा चर्चा गर्छौँ । हिन्दुधर्मका विभिन्न चाडपर्वहरुमध्ये एकादशीलाई पनि प्रमुख एक पर्व मानिन्छ । अधिकमास सहित एकादशी २६ वटा छन् । प्रत्येक वर्ष २४ वटा एकादशी दोहोरिन्छन् भने बाँकी २ वटा एकादशी ३÷३ वर्षमा आउने मलमासमा पर्ने गर्दछ । ज्योतिष शास्त्रका आधारमा एक महिनामा २ वटा पक्षहरु हुन्छन् । १ कृष्ण पक्ष र २० शुक्ल पक्ष । यही १५ वटा तिथि भएको दुइ पक्षमा एक एक वटा एकादशीहरु पर्दछन् । प्रत्येक पक्षको एघारौँ तिथिलाई एकादशी भनिन्छ । धर्म ग्रन्थहरुमा एकादशीको दिन भोजन नगर्नु र व्रत गर्नु भनिएको छ । व्रत गर्नाले शारिरिक तथा मानसिक सबै तनावबाट छुटकारा पाउन सकिन्छ ।

आजको एकादशी को विशेषता के छ त रु यसको बारेमा चर्चा गरौँ । एकादशीकोे कथामा पञ्चपाण्डवहरु बनबास गएको बेलामा भगवान् कृष्ण भेट्न जानु भएको र त्यहीँ नै एकादशीहरुको महिमाको वर्णन गरिएको छ । एकादशी व्रत को विधान सजिलो र वनवास जाँँदा पनि गर्न सकिने भएकाले भगवान् कृष्णले एकादशीको व्रत गर्नु भनेर पाण्डवहरुलाई भन्नुभएको छ । भगवान् कृष्णलाई युधिष्ठिर जीले सोध्नुभयो हे भगवान् ज्येष्ठ कृष्ण पक्षको एकादशीलाई कुन नामले पुकारिन्छ र यस एकादशीको महत्व कस्तो बताउनुहोस् न रु

युधिष्ठिर जीको यस्तो प्रश्नलाई सुनेर भगवान् कृष्णले भन्नु भयो ः – हे , राजन् ज्येष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई अपरा एकादशी भनिन्छ । यस एकादशीले विशेष महत्व बोकेको छ । अन्य एकादशीमा भन्दा यस एकादशीमा मानिसले जानी नजानी गरेका पापहरु नाश गर्ने क्षमता रहेको मानिन्छ । ब्रह्महत्या, भ्रुण हत्या, जस्ता अपराध गरेका मानिसहरुलाई पनि यस एकादशीको उपासनाले पवित्र बनाउँछ । यस एकादशीको व्रत गर्नाले दुष्ट आचरण गर्ने मानिसहरु पनि पनि पवित्र हुने र सबै पाप नाश हुने मान्यता रहेको छ । यस एकादशीको उपासना गर्नाले मोक्ष समेत पाइन्छ ।

हे युधिष्ठिर १ झुटो बोल्ने, झुट कुरामा यो सही हो भनेर साक्षी बस्ने तथा व्यापार व्यवसायमा तौलमा ठगी गर्ने मानिसलाई पनि यस एकादशीको उपासनाले पवित्र बनाउँछ । यती मात्र नभई अशुद्ध वेद पढ्ने अथवा वेदको सार स्वर नमिलाई वा अक्षर चपाई पढ्ने वालाको पनि पाप यस एकादशीले नाश गर्दछ भनेर बताईएको छ । जो ब्राह्मण वैदिक मतको खण्डन गरि नास्तिक शास्त्रहरुको प्रचार प्रसार गर्दछ , वेदको विरोध गर्दछ त्यस्तालाई पनि अपरा एकादशीले कल्याण गर्दछ । यसैगरि गुरुसँग शास्त्र अध्ययन गरि जसले पछि गएर गुरुको नै निन्दा गरि उग्र पाप गर्दछ त्यस्तो व्यक्ति पनि यस एकादशीको उपासना गरेर स्वर्गमा जान सक्दछ ।

यसै गरि यस एकादशीको महिमालाई बताउँदै भन्नुहुन्छ । कार्तिक महिनामा पुष्करमा गएर नुहाँउदा जुन पुण्य मिल्दछ । त्यही पुण्य यस एकादशीको महिमा सुन्नाले मिल्दछ । पितृहरुलाई तृप्त गर्नको लागि गंगामा गएर पिण्डदान गर्नाले जुन फल मिल्दछ , त्यही फल अपरा एकादशीको कथा सुन्नाले मात्र नै पाइन्छ । सिंह राशिमा बृहस्पति भएको समयमा गौतमी नदीमा गएर स्नान गर्नाले जस्तो फल पाइन्छ, ती सबै फल अपराको उपासनाले नै पाउन सकिन्छ । यसका त धेरै ठूलो महत्व रहेको छ । फागुन महिनामा केदारनाथको दर्शन र बद्रीनाथमा गएर तपस्या गर्नाले जुन फल पाइन्छ, त्यही फल नै अपराको उपासनाले मिल्दछ । सूर्यग्रहण लागेको समयमा कुरुक्षेत्रमा स्नान गरि सुन आदी वस्तु दान गर्दा मिल्ने पुण्य भन्दा धेरै पुण्य अपरा एकादशीको उपासनाले मिल्दछ । यस्ता अनैकौँ वर्णन नै गर्न नसकिने पुण्य यस एकादशीको हुने भएकाले यस एकादशीलाई निकै महत्वपूर्ण एकादशी मानिन्छ । भन्ने कुरा एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।

Tags: आज अपरा एकादशी ः जानौं यसको महत्व बारे
Share69TweetPin
अघिल्लो समाचार

इलाम र पाँचथरको सीमामा अतिक्रमित भूमि “आहाल”मा इलाम र पाँचथर नेपाल विद्यार्थी संघद्धारा प्रर्दशन

अर्को समाचार

एक घर एक ल्यापटप कार्यक्रम अन्तरगत पहिलो ल्यापटप विपिनलाई

अर्को समाचार

एक घर एक ल्यापटप कार्यक्रम अन्तरगत पहिलो ल्यापटप विपिनलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.