भगवतीदास श्रेष्ठ
मित्रहरू,
यो मेरो आत्म–प्रचार होइन । झण्डै साठी बर्षअघि को सत्य कथा हो । म गीताको नियमितजस्तै पाठ गर्दछु । तेस बेला, म इलामको एउटा सकृय समाजसेवी थिएँ । पञ्चायतको कुनै तहको पदमा थिइँन ।
२०१९ सालमा तत्कालीन पञ्चायतको मेची अञ्चल सभाको अधिवेशनले मेची अञ्चल उत्तर–दक्षिण राजमार्ग ९झापादेखि इलाम र तेसपछि पाँचथर र ताप्लेजुङ्सम्मको बाटो० बनाउने परिकल्पना गर्यो । सर्वसम्मतिबाट गठन गरिएको मेची अञ्चल मूलबाटो निर्माण समितिको सभापतिमा मेची अञ्चलाधीश ९पदेन० र सदस्य सचिवमा मलाई निर्वाचित गरिएको बाटो निर्माण सहयोग समितिमा झापादेखि ओलाङ्चुङ् गोलासम्मका जनप्रतिनिधिहरूलाई समावेश गरियो ।
पूर्व–पश्चिम राजमार्ग निर्माण भैरहेको थियो । तत्कालीन यातायात तथा भूमिसुधारमन्त्री स्व।केदारमान ‘व्यथित’ बाटो निरीक्षण तथा भूमिसुधार लागु गराउने सिलसिलामा मेचीअञ्चलको भ्रमणमा आएका थिए । उनीसँग बाटोको सर्वेक्षण र रेखाङ्कण निमित्त प्राविधिक खटाइ दिन अनुरोध गरेपछि सडक विभागले इ। देबीप्रसाद बाँस्तोला र अोभरसियर जगदीशप्रसाद सिंहलाई खटायो । सबै संभावित बाटाहरूका निरीक्षण पश्चात् शनिश्चरे, वुधबारे, फिक्कल इलामको बाटोको सिफारिस इन्जिनियरले गरे । त्यसलाई अर्को अञ्चल सभाले सर्बसम्मतिबाट अनुमोदन गरेपछि रेखाङ्कण गराइयोे र उक्त सभाकै निर्णयअनुसार जिपट्रयाक बनाउने कार्यक्रम बनाइयो । समितिको आह्वानमा पशुपतिनगरदेखि गोदक,चिसापानीसम्मका उत्साही श्रमदानीहरूले आफ्नै कुटोकोदालो र सत्तुसामलसहितआई सर्वप्रथम झापाको सीमा किटेनीबाट ट्रयाक बनाउने अभियान सुरु गरे । ठूला हतियारहरू जिल्लापञ्चायत, नगरपञ्चायत लगायत संघ संस्था र निर्माणसमितिबाट ब्यबस्था गरियो । बिस्फोटक पदार्थहरू सेनाको स्टोरबाट मागियो । माईपश्चिम रविसम्मका जनताले गोदक, चिसापानी र पञ्चकन्यासम्मका क्षेत्रमा श्रमदान गरे । पछिल्लो चरणमा सरकारी चामल समितिले ऋणमा ल्याएर श्रमदानीहरूलाई वितरण गर्यो । चारआली देखि इलाम सीमा किटेनी सम्मको बाटो झापा बुधबारे क्षेत्रका श्रमदानीहरूले निर्माण गरे । यस प्रकार अनेकौं कठिनाइ र अभावको बीच निर्मित इलामसम्मको श्रमदानी बाटोलाई झण्डै एक दशक पछि सरकारले लियो । राजदुवालीमा पुल बन्यो । यस पुनित कार्यमा मलाई विशेष सहयोग गर्ने प्रशासकहरू अञ्चलाधीश स्व।बद्री बिक्रम थापा, सहायक अञ्चलाधीश महिन्द्रध्वज सिंंह,अञ्चलाधीश स्व।मनमोहन मिश्रलाई म सश्रध्दा सम्झन्छु ।
२०३४–३५ सालमा म जिल्ला पञ्चायतको सभापति हुँदा इलामको जिरो कि मिबाट पाचथरतर्फ सर्वेक्षणसाथै श्रमदानको कार्यक्रम सञ्चालन गरियो । इलाम नगरसम्मको बाटो सञ्चालनमा आइसकेको र सडक विभागको कार्यालय स्थापना भैसकेकोले तुलनात्मक हिसाबले इलाम–पाँचथर खण्डको काममा श्रमदान सगै डोजर,एस्काभेटरहरू सञ्चालनमा आउँदा निर्माणकार्य ज्यादै द्रूत गतिमा भएको थियो । राजा वीरेन्द्रलेसमेत हेलिकप्टरबाट बाटो निरिक्षण गरेर निर्माणको गतिको प्रशंसा गरेका थिए । इलामको सीमा राँके भञ्ज्याङ्को बाटो तयार हुनुको साथै पाँचथरतिर पनि बाटो निर्माणले गति लियो । पुवाखोलामा पुल बन्यो ।
पछि आउने अञ्चलाधीश स्व। छिरिङ तेञ्जिङ्ले भने मेरो कामको इर्श्या गर्नेहरूका झोस–पोलमा लागी मेरो विरुध्द अभियान नै चलाए । ‘के बी भट्टराईलाई पञ्चायतमा प्रवेश गराउने र सभापति बनाउने भगवतीदास कट्टर काँगे्रस’ हो भनी दरवारमा जाहेरी पठाए । मेरा सहयोगीहरू पूर्णलाल श्रेष्ठ र धनेन्द्र चुहानलाई नगर पञ्चायतको चुनाउमा उठ्न नदिन चन्द्रगडी जेल चलान गरे । अन्य दुई तुलसीभक्त राजलाइ ताप्लेजुङ् र महाबीर अग्रवाललाई पाँचथर निर्वासनमा पठाए । मलाई पक्राउ पुर्जी तयार पारेका थाहा पाएका मेरा सहयोगीहरूले मलाई काठमाडौं बसी छिरिङ् बिरुध्द लड्ने सल्लाहसाथ पठाए ।
मलाई केही गर्न नसकेपछि ‘कामको लागि खाद्यान्न’ कार्यक्रम निमित्त अनुदानमा आएको चामलको अन्य छेत्रमा दुरुपयोग भएको भनी कार्यवाही गर्न राजधानीबाट आएको विशेष प्रहरीको टोलीलाई ‘मैले भरपाइ गरी बुझेको र श्रमदानीलाई वितरण गरेको चामलको रकम रु २२ हजार नवुझाएको ले मलाई पनि कार्यबाही गर्न लगाई मेरो र मेरो परिवारका नाममा रहेकासमेत घरजग्गा रोक्का राख्न भनी छिरिङले मे अ कार्यालयबाट पूर्जी जारी गरे । अनुसंधानको क्रममा मैले बाटो निर्माणसमितिको माइन्युटको निर्णय, श्रमदानीलाई वितरण गरेको हिसाबसहित निर्माणसमितिको मागमा निर्माण यातायात मन्त्रालयले रु २५,०००।–दिन निर्णय गरेको वोधार्थ पत्र देखाइ दिए पछि वि प्रका टोली प्रमुखले नै छिरिङलाई मेरो र परिवारको घरजग्गा रोक्का राख्न नमिल्ने बताएपछि अनि तेहीबेला उसको सरुवाको पत्र पनि आएकोले इलाम छाड्नु अघि छिरिङ्ले समयाभावले हतार हतार राती पेट्रोमेक्स बालेर हाम्रो घरजग्गा फुकुवा गरेका थिए ।
यसप्रकार, मैले आफ्नो जीवनको सर्वाधिक उर्जाशील आयु यो बाटोमा निशुल्क लगाएर आफूलाई गौरवान्वित अनुभव गरेको छु । तेस्तै।श्रमदान परिचलनमा समितिलाई सर्वाधिक सहयोग गर्ने जि पं सभापति स्व।केबी भट्टराई, सदस्यहरू स्व। रामप्रसाद श्रेष्ठ र स्व रामप्रसाद दुलाल, प्रधान पञ्चहरू स्व।पदमबहादुर श्रेष्ठ, स्व तिलविक्रम श्रेष्ठ, स्व जगतबहादुर लाप्चा, स्व बम बहादुर श्रेष्ठ, न पा प्रधान पञ्च पूर्णलाल श्रेष्ठ,सदस्यहरू स्व धनेन्द्र चुहान, स्व टेकबहादुर बिष्ट, र अन्यमा रामप्रसादघिसिङ पूर्णबहादुर श्रेष्ठ, ज्ञानीराम श्रेष्ठ, स्व प्रजापति भण्डारी, शंकर पोद्दार, प्र प,ं बुधवारे मेघनाथ ढकाल, कमल ढकाल , दिनानाथढकाल, पिसकोर,अमेरिकाका प्राबिधिक जिम मोर, पिटर ब्राइटनब्याक, डि। इ।देबीप्रसाद बाँस्तोला, इ।मित्रलालभट्टराई आदि लगायत जिल्लाभरि का श्रमदानीहरूलाई म सादर सम्झन्छु ।
आज मेची राजमार्ग फिदिममात्र होइन काबेरी नदीमा पुलसहित ताप्लेजुङ्ग पुगिसकेको छ । मेचीबासीको विगतका दिनको दिवास्वप्न जस्तोलाग्ने चीनको सीमा तिप्ताला भन्ज्याङ् पुर्याउने अठोट नेपाल सरकारको प्राथमिकतामा परेको भए केही वर्षअघि नै पुरा भइसक्ने थियो । नहुँदा पनि स्थनीय जनताको प्रयास र तिव्वती स्थानीय सरकारको केही सहयोगबाट सुकेटार विमानस्थलबाट तिप्ताला पुग्न १७ कि मिमात्र जीप चल्ने सडक जोड्न बाँकी रहेको कुरा मैले छापामा पढेको छु । ओलाङ्चचुङ्बाट तिप्तालासम्म त जीप चलिरहेकै छ । अझैपनि नेपाल सरकारले प्राथमिकतामा राखे कोशी अञ्चलको किमाथाङ्का भन्दा धेरै अघि चीनलाई भारत जोड्नेबाटो मेची राजमार्ग बन्नेछ ।
यो बाटोमा मेचीबासी, खास गरी इलामका जनताले सर्वाधिक श्रममात्र दिएनन् आफ्ना राम्रा घरघडेरी हुने जमिन बिना मुआबजा दानगरेका छन् । इलामको जिरो कि मि सुरुकै मेरोपरिवारको बाटोले काटेको १५ रोपनी जग्गा दान गरिएको हो । त्यसमाथि वारपार कुनै मुआवजा बिनै १५मिटर दुई तर्फ सडक सीमा काटिएको छ । यसरी सडक सीमा काटिएकोमा अञ्चलका जग्गाधनीहरूले कुनै प्रकारको क्षतिपूर्ती मागेनन् ।
विडम्वना के भै रहेको छ भने मेची राजमार्गको ठूलो र सर्वाधिक महत्वपूर्ण खण्ड इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको जमिन्दारी बनेको छ । राजमार्गले छोएको नाममा दुुईवर्ष यता पहिलेनै बढी कर असुली रहेको इ न पा भित्र पर्ने जग्गाको कर छ गुणा ९६००५सम्म० वृध्दि गरेकाछन् । तेसरी नै गोरेटो बाटोमात्र भएका जग्गामा पनि ३००५ र अझ बढी पनि असुलि रहेका छन् । न पाका अन्य विविध करहरूमा समेत वृध्दि गरेका छन् । समयमा कर तिर्न नसक्नेलाई पहिलोवर्ष १५५ र त्यो अबधि काटे थप २०५ जरिमाना असुलगर्दै आएका छन्, जुन करको सिध्दान्त विपरित र अन्यायपूर्ण पनि छ । करदाताका अनुरोध र प्रमुख प्रतिपक्षी दलबाट बुझाइएका ज्ञापन पत्रहरूलाई बेवास्ता गरेर अहम् प्रदर्शन गरिरहेका छन् । यस्ता करमा गरिएको ज्यादति को असरबाट बढेको महँगीको भारको सिकार माथि उल्लिखित मेची राजमार्ग बनाउन श्रम र सम्पति दान गर्नेदेखि सर्वसाधारण जनता समेत बनेका छन् । यो मनमानीपूर्ण र अधिनायकवादी कार्यको भर्त्सना गर्दै म अर्थमन्त्रीजी र वर्तमान सरकारको पनि ध्यान आकर्षण गर्न चाहन्छु ।