Thursday, July 9, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

ग्रीन इलाम ग्रीन इलाम
July 9, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
Share on FacebookShare on Twitter

इलाम — इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा छ वटा सामुदायिक विद्यालयका नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाख रुपैयाँको लागतमा तीन कोठे एकतले पक्की विद्यालय भवन निर्माण सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार प्रत्येक विद्यालयमा २० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । यसअन्तर्गत माङसेबुङ–१ का वरभञ्ज्याङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ–२ को इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ को जनकल्याण आधारभूत विद्यालय, माङसेबुङ–४ को सरस्वती आधारभूत विद्यालय तथा माङसेबुङ–६ को चन्द्रेश्वरी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण सम्पन्न भएको हो ।

नयाँ भवन निर्माणसँगै विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण पाएको विद्यालयहरूले बताएका छन् । वरभञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर लिम्बूका अनुसार यसअघि जीर्ण भवनमा अध्ययन–अध्यापन सञ्चालन गर्नुपरेको अवस्थामा अहिले विद्यार्थी र शिक्षक दुवैलाई सहज भएको छ । विद्यालयमा प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्म अध्ययन हुने उनले जानकारी दिए ।

इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फादेवी पुलामीले भवन अभावका कारण बाँसको टाटीले बारिएको अस्थायी कक्षामा पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था अन्त्य भएको बताइन् । नयाँ भवन बनेपछि शिक्षण–सिकाइ गतिविधि थप प्रभावकारी र व्यवस्थित बनेको उनको भनाइ छ ।

यसैबीच, कोशी प्रदेश सरकारको सात लाख रुपैयाँको लागतमा माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालयमा चार कोठे आधुनिक शौचालय पनि निर्माण गरिएको छ । प्रधानाध्यापक दाताराम खनालका अनुसार यसअघि विद्यालयका भवनहरू फरक–फरक स्थानमा रहेका कारण शौचालय प्रयोग गर्न विशेषगरी साना कक्षाका विद्यार्थीलाई कठिनाइ हुने गरेको थियो ।

नयाँ शौचालय निर्माणपछि विद्यार्थीलाई सहज पहुँच भएको, सरसफाइ व्यवस्थापनमा सुधार आएको तथा विद्यालयलाई थप विद्यार्थीमैत्री बनाउन सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ ।
रासस

ShareTweetPin
अघिल्लो समाचार

च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा
  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.