Thursday, July 9, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

ग्रीन इलाम ग्रीन इलाम
July 9, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा

२५असार, तेह्रथुम । नेपालको पूर्वी पहाडी क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका याक्थुङ (लिम्बु) समुदायको आफ्नो भाषा, लिपि, धर्म, मुन्धुम, कला, संस्कृति, रीतिरिवाज र जीवनपद्धतिका कारण बहुजातीय नेपाली समाजमा छुट्टै पहिचान बोकेको समुदाय हो ।कृतिलाई जीवनको आधार मानेर विकसित भएको लिम्बु सभ्यताले पुस्तौंदेखि मौलिक संस्कृतिलाई निरन्तरता दिँदै आएको छ । यही सभ्यताको अमूल्य सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सांस्कृतिक चिनारी हो– केलाङ (च्याब्रुङ) । केलाङ केवल एउटा बाजा वा नृत्य मात्र होइन, लिम्बु समुदायको इतिहास, विश्वास, सभ्यता, सामुदायिक एकता र सांस्कृतिक चेतनाको जीवन्त अभिव्यक्ति हो । यसको प्रत्येक तालमा पुर्खाको कथा छ, प्रत्येक पाइतालामा प्रकृतिप्रतिको सम्मान छ र प्रत्येक धुनमा याक्थुङ सभ्यताको आत्मा धड्किरहेको अनुभूति हुन्छ ।

पूर्वी नेपालका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा बसोबास गर्ने लिम्बु समुदायका हरेक शुभकार्यमा केलाङको धुन गुञ्जिन्छ । उधौली–उभौली, चासोक तङनाम, विवाह, घरप्रवेश, नयाँ घर निर्माण, पाहुना स्वागत, सामुदायिक उत्सव तथा विभिन्न सांस्कृतिक समारोहमा च्याब्रुङ बजाउने परम्परा आज पनि उत्तिकै जीवन्त छ । गाउँमा विवाह,चाडपर्व, मेला–महोत्सवमा काँधमा च्याब्रुङ झुन्ड्याएर बजाइने लयसँगै युवायुवतीहरू गोलाकार भएर नाच्न थालेपछि वातावरण नै सांस्कृतिक उत्साहले भरिन्छ । त्यहाँ केवल नाचगान हुँदैन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सभ्यता पुन: जीवन्त बन्छ । च्याब्रुङ काठको गोलाकार ढुंग्रोमा दुवैतर्फ पातलो छाला मोडेर बनाइन्छ । एउटा हातले सिधै छाला बजाइन्छ भने अर्को हातमा सानो काठको लट्ठी प्रयोग गरिन्छ । लिम्बु समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको प्रारम्भदेखि नै मानव सभ्यताको विकाससँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याब्रुङ बजाउन सुरु भएको विश्वास गरिन्छ । त्यसैले केलाङ केवल मनोरञ्जनको साधन होइन, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जीवन्त सम्पदा हो ।

च्याब्रुङको आधारभूत ताललाई कसरक्पा हो भनिन्छ । यही ताललाई आधार बनाएर अवसर अनुसार फरक–फरक लय सिर्जना गरिन्छ । कहिले वृत्ताकार, कहिले अर्धवृत्ताकार त कहिले सीधा पङ्क्तिमा प्रस्तुत गरिने केलाङ नृत्यमा सहभागी सबै कलाकार एउटै लयमा अघि–पछि पाइला चल्छन् । यस नृत्यको सबैभन्दा आकर्षक पक्ष भनेको प्रकृतिको जीवन्त प्रस्तुति हो । कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, पुतली, सर्प, दुम्सी, मृग, बाँदरलगायतका चराचुरुङ्गी र वन्यजन्तुको चालढाल, स्वभाव र गतिलाई नृत्यमार्फत प्रस्तुत गरिन्छ । यसले लिम्बु समुदाय प्रकृतिसँग कति नजिक छ भन्ने स्पष्ट देखाउँछ । केलाङमा गाइने मुन्धुमले सृष्टिको उत्पत्ति, मानव जीवन, प्रकृति, कृषि, समाज, पूर्वज र आध्यात्मिक चेतनाको व्याख्या गर्छ । त्यसैले यो नृत्य केवल शरीरको गति होइन, ज्ञान, दर्शन र मौखिक इतिहासको पनि अभिव्यक्ति हो ।

म्याङलुङ नगरपालिका–५  टीआर सेनेहाङका अनुसार च्याब्रुङ नाच्ने र मुन्धुम गाउने अग्रजहरू विस्तारै वृद्ध हुँदै गएका छन् ।  नयाँ पुस्ताले समयमै यसको संरक्षणमा ध्यान नदिए यो अमूल्य सांस्कृतिक सम्पदा संकटमा पर्न सक्ने उनले बताए । उनले भने, ‘पुर्खाले जोगाएर ल्याएको संस्कृतिलाई अब युवापुस्ताले निरन्तरता दिनुपर्छ । भाषा, मुन्धुम र केलाङ जोगियो भने हाम्रो पहिचान पनि जोगिन्छ ।’

तेह्रथुमको छथर गाउँपालिकाका काजीमान आङ्खेवाका अनुसार च्याब्रुङले समुदायलाई एकताबद्ध बनाउने, दु:ख–सुख साट्ने र सामाजिक सम्बन्धलाई मजबुत बनाउने माध्यमको रूपमा काम गर्दै आएको छ । ‘उधौली–उभौलीमा राम्रो उत्पादनको कामना गर्न, विवाहमा नयाँ दाम्पत्य जीवन सफल होस् भन्ने विश्वास व्यक्त गर्न तथा घरप्रवेशमा शुभकामना दिन फरक–फरक ताल र शैलीमा च्याब्रुङ बजाइन्छ’, उनले भने ।

लिम्बु संस्कृतिक अभियन्ता दिल पाक्साङवाका अनुसार च्याब्रुङ लिम्बु सभ्यताको जीवित इतिहास हो । ‘च्याब्रुङ हाम्रो पुर्खाले हजारौं वर्षदेखि जोगाएर ल्याएको अमूल्य  सम्पदा हो । यसले हाम्रो इतिहास, संस्कृति र पहिचानलाई आजसम्म जीवित राखेको छ’, उनको भनाइ छ ।

डा.कमल तिगेलाका अनुसार पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा च्याब्रुङले लिम्बु समुदायको प्रतिनिधित्व गरिरहेको छ । विभिन्न देशमा बसोबास गर्ने लिम्बु समुदायले समेत चासोक तङनाम, उभौली–उधौली तथा सांस्कृतिक कार्यक्रममा च्याब्रुङलाई अनिवार्य रूपमा प्रस्तुत गर्दै आएका छन् ।

लिम्बु कलाकार तथा सांस्कृति अभियन्ता यासेली योङहाङका अनुसार यसको उत्पत्ति प्रकृतिको लयसँग जोडिएको छ । चराचुरुङ्गीको आवाज, वन्यजन्तुको चाल र प्राकृतिक गतिबाट प्रेरित भएर पुर्खाहरूले यसको विकास गरेको जनविश्वास रहेको उनले बताए । उनका अनुसार लिम्बुहरूको मुन्धुम, लोकविश्वास, कृषि संस्कृति र सामुदायिक जीवनसँग च्याब्रुङको गहिरो सम्बन्ध छ । यही कारण यसलाई केवल बाजा नभई सम्पूर्ण सभ्यताको प्रतीक मानिन्छ ।

आधुनिक संगीत, डिजिटल प्रविधि र बदलिँदो जीवनशैलीका कारण धेरै मौलिक संस्कृति ओझेलमा पर्दै गएका छन् । तर, च्याब्रुङप्रतिको आकर्षण भने अझै जीवित छ । तेह्रथुमका हेमप्रकाश लिम्बुका अनुसार अहिलेका युवायुवती पनि तालिम लिएर च्याब्रुङ बजाउन र केलाङ नाच्न उत्साहित छन् । स्थानीय तह, सांस्कृतिक संस्था तथा विद्यालयहरूले सञ्चालन गरिरहेका तालिम, प्रतियोगिता, महोत्सव र सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गरिरहेको छ ।

पछिल्लो समय केलाङलाई मौलिक सांस्कृतिक पर्यटनसँग जोड्ने प्रयास पनि बढिरहेको छ । तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामका विभिन्न सांस्कृतिक महोत्सवमा विदेशी तथा आन्तरिक पर्यटक च्याब्रुङको धुनमा रमाउने गरेका छन् । यदि यसको व्यवस्थित संरक्षण, अनुसन्धान, अभिलेखीकरण र पर्यटनसँग समन्वय गर्न सकियो भने यसले स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

संस्कृति कुनै समुदायको पहिचान मात्र होइन, इतिहास, ज्ञान र अस्तित्वको आधार पनि हो । त्यसैले केलाङ जोगाउनु भनेको एउटा बाजा जोगाउनु मात्र होइन, याक्थुङ सभ्यताको हजारौं वर्ष पुरानो इतिहास, मुन्धुम, भाषा, कला र संस्कृतिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नु हो ।

ShareTweetPin
अघिल्लो समाचार

झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले

अर्को समाचार

माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

अर्को समाचार
माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा
  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.