Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना जितेका इलामेको अनुभव बेलिबिस्तार

ग्रीन इलाम ग्रीन इलाम
April 20, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

लन्डन । ब्यक्तिगत दुःख सुख भन्दा पनि सात समुन्द्रपारी संसार कै सम्बृद्ध भनिएको देश बेलायत जहाँ कोरोनासँगको जम्काभेट पश्चात जिजीविषालाई जीवित राख्न कति कठिन भयो भन्ने यो अनुभव । कोरोनासंग लडिरहेका र लडनूपर्ने अवस्थामा रहेकाहरुलाई कसरी लडियो भन्ने बारेमा थप जानकारी भयो । कोरोनासँग लडन सहयोग पुग्यो भने आफुलाई अलिकति भएपनि सन्तुष्टि मिल्नेछ भन्ने बिस्वास लिएको छू ।
सन्दर्भलाई सुरुदेखि नै जोड़न पाए अहिलेसम्मको जम्काभेट र बिजयबीचको त्रासदी प्रस्ट्याउन सजिलो हुनेछ । सर्वप्रथम कोरोनाको प्रकोपको शुरुआत देखिने गरी बेलायतमा सुरुभयो । सरकारी नीति अनुसार अत्यन्तै गाह्रो अवस्थामा मात्र एनएचएसको १११ मा सम्पर्क गर्न सकिने र जीवन नै जोखिममा पर्न जाने संभावनामा मात्र इमरजेन्सी सर्भिस ९९९ लाइ खबर गर्न सकिने स्वास्थ्य गाईड लाइन छ । डाक्टर कहाँ जान नसकिने भन्नासाथ डार्टफोर्ड नेपाली समाजको अध्यक्षको हैसियतमा तत्काल कार्यसमितिको बैठक बोलाएर पर्न सकने संभावित असर र जरूरतको बारेमा साथीहरुलाई अवगत गराए । संभवत टिओआर सहितको कोरोनासंग जूझने पहिलो औपचारिक प्रयास स्वरुप हामीले स्वयं सेवक टिम र स्वस्थ्य टिमको रुपमा २ वटा औपचारिक टिम सहितको प्रारूप तय गरेका थियौं । एकातिर स्वयंसेवक टिमले समन्वयात्मक रुपमा लॉजिस्टिक सपोर्ट गर्दै रह्यो भने अर्को तिर घरमै आइसोलेसन बसेदेखि अस्पताल जानू पर्ने अवस्था बिचको अत्यन्तै सम्बेदंशील अवस्थामा स्वास्थ्य टिमले कन्सलट्यान्ट डाक्टरहरुको सुझावसहितको सहयोग गरिरह्यो । हाम्रो यो अप्रोच धरै समुदायलाई मन परेर यस्तै गरिरहनु भएको जस्तो लाग्छ । बेलायतस्थित नेपाली राजदूतावास, काउन्सिल तथा गैरआवासीय नेपाली संघ यूकेका साथीहरुबाट पनि उत्साहपूर्ण प्रतिकृया आइरह्यो । हामीले क्षमताले भ्याए सम्म सहयोग जारी राख्यौ ।

यसैबिच, मलाई निक्कै कडा खोकीले समायो । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा मैले केही नढाटिकन हाम्रो सहयोगी टिममा अपडेट गर्न थाले । धेरै साथीहरुले मलाई स्वास्थ्य लाभको कामना र प्रत्येक ६ घण्टामा सिटामोल लिन सुझाब दिनु भयो । परिवारको सल्लाह, आफ्नो ज्ञान, साथीहरुको सल्लाह र एनएचएसको सल्लाह अनुसार काम गर्दै गए । तर ६ अप्रिल दिउँसो अत्यन्तै गाह्रो महशुस भयो । श्वासप्रश्वास लिन मुस्किल पर्याे, यो कुरा छोरा जेनिसले एकदम नै नोटिसमा लिएको रहेछ र रोशू (श्रीमती)ले ९९९ कल गर्न भनेपछि मलाई त कुरा गर्न गाह्रो भैरहेकोमा जेनिसले नै कुरा गरे । छोराले फोन राखेको १५ मिनेटमै एम्बुलेन्स घरमा आइपुग्यो । त्यो बेला सायद अलि ढिला भएको भए मेरो स्वास्थ्य अवस्थाका बारेमा भन्न सक्दिन थिए । मलाई तत्काल ड्यारेन भ्याली अस्पताल डार्टफोड इमरजेन्सीमा पुर्याइयो । चेकजाँच गर्दा कोरोना पोजेटिभ देखियो ।

यही समय थियो मेरो कोरोनासँगको जुझाइ र मृत्युसँगको करीब साक्षात्कार ! शरीरमा अक्सिजनको कमि हुन थालेको र लंग्समा इन्फेक्शन देखिएको हुँदा एन्टिबायोटिक लिने र घरमै आराम गर्ने सलाह बमोजिम अस्पतालबाट भोलि पल्ट बेलुकी घर आए । घर त आए तर पनि ज्वरो र खोकी निको भएको होइन, नेपालबाट आफन्तहरु बुवाआमालाई धेरै ढाट्न सकिएन । हाम्रो संयोजक आशा फेराली बैनीलाई यथार्थ बताइदिनु अनुरोध गरे । आसा बैनीले बुवाआमालाई मेरो स्वास्थ्य अवस्थाका बारेमा विस्तृतमा बुझाएपछि वहाँहरु पनि आत्तिन छाड्नु भयो । त्यसपछि मैले धेरै आनन्द महशुस गरे । तैपनि निरन्तरता परिवारसँग सम्पर्कमा रहे ।
स्वास्थ्य टिमको साथीहरुसँग नियमित सम्पर्कमा नै थिए । यता साथीहरुबाट सोधखोज हुनथाल्यो यत्तिकैमा श्रीमती रोशुको स्वास्थ्यमा नकारात्मक असरहरु देखापर्न थाल्यो बाबु जेनिसलाई पनि ज्वरो देखियो । घरका सबै बिमारी भए । परिवारमा श्रीमति र छोरा जेनिसलाई पनि कोरोना देखियो । हामी छुट्टाछुट्टै कोठामा आइसोलेसनमा बस्न थाल्यांै । परिवारको सदस्यवीच भेटघाट गर्न नसक्ने अवस्थामा हामी पुग्यौं । यस्तो बेला हाम्रो स्वयंसेवक टिम र स्वस्थ्य टिमको अमूल्य योगदानको जति प्रसंशा गरेपनी कमै हुन्छ अहिले पनि रोशू सिटामॉल लिईरहेकि छिन । अव श्रीमति रोशुको स्वास्थ्यमा सुधार भईरहेको छ । छोरा जेनिसले चाँहीले कोरोना माथि जित हासिल गरिसकेको छ । म लड्दै छु । त्यो कोरोनालाई म पछारेर छाड्छु भन्ने हिम्मत मैले लिएको छु । यो कोरोना विरुद्धको लडाईमा मेरो अनुभवलाई राख्दा हाम्रो समुदायलाई ठुलो सहयोग हुने आशा मैले लिएको छु ।
कोरोना सँगको युद्धमा जित्नका लागि सहयोगी भएका केहि महत्वपूर्ण बुँदा सेयर गर्न चाहान्छु ।
१. आत्मा बिश्वासः
यो गाह्रो कुरा हो । तर मैले विमारीको अवस्था भोगिसकेका साथीहरुको लड़ाइलाई नजिकबाट हेरिरहेको थिए । विशेषतः बिनोद न्यौपाने , माधव पराजुली, शेखर वाग्ले, अर्जुन कटुवाल र भर्खरै गोरख कार्की लगायतको कोरोना विरुद्धको लड़ाइले मलाई सधै आत्मबल प्रदान गर्यो । अर्को कुरा, समुदायको नेतृत्वमा रहेर आउन सक्ने संभावित खतरासँग जुध्न आफै तैयार भएकाले मलाई हार्ने सुविधा थिएन । त्यही हिम्मत र विश्वासले कोरोनासँग म लडिरहे जसले लडन पनि सजिलो भयो । यसरी नै आदरणीय बेलायतस्थित महामहिम राजदूत दुर्गावहादुर सुवेदी दाई जसले प्रत्येक दिन सन्देश वा फोन मार्फत जानकारी लिने र आत्मबल बढाउन प्रेरित गरिरहनु भयो । म वहाँप्रति हार्दिक नमन भन्न चाहन्छु ।
२. स्वास्थ्य टिमको सुझाव अक्षरश पालन ः
कुन बेला ९९९ डायल गर्ने भन्ने अति संवेदनशील समय थाहाँ हुन नसक्दा ज्यान जान सक्ने अनुभव मैले गरे । विशेषतः आइसोलेशनको स्पेशल वार्डमा कार्यरत हाम्रा स्वस्थ्य टिमका साथीहरु तथा कन्सलट्यान्ट डाक्टरहरु, स्वास्थ्य संयोजक सुनीता थापा गौतम र डा. लोहनीज्यूको अमूल्य सुझावलाई मैले अक्षरशः पालना गरे । वहाँहरुका ती सल्लाह मेरो लागि अति नै महत्वपूर्ण रहे । वहाँहरुले पनि काममा हुँदा वा घरमा रहँदा कुनै पनि समय झर्काे नमानि सुझाव दिनु भयो अनि मैले पुनःजन्म प्राप्त गर्न सफल भएको छु ।
३. अनन्य मित्रहरुको निर्विकल्प सहयोग :
हिजो सम्म पनि हामीले मित्रहरुको चुल्हाको खानेकुरा खाइरह्यौ । कहाँ पाक्यो, कसरी पाक्यो ? हामीलाई थाहा भएन । त्यो आत्मियता र मित्रता मैले डार्टफोर्डमा पाए । हाम्रो परिवारलाई दुखका बेला खाना खुवाएर सहयोग गर्ने डिएनसी स्वयमसेवी टिमका आशा , भरत, ध्रुर्ब, दीपा, अमृता भाउजु, रेनू भाउजु, शर्मिला बैनी प्रति आभारी छु । त्यस्तै, लॉजिस्टिक टिममा रहेर सहयोग गर्नुहुने दीपक सर , डा. तेजेन, भरत, धनजी, शीतल बैनी, पवनज्योति र राजन खकुरेलजीको जति प्रसंशा पनि कमै हुन्छ ।
४. अपनत्व :
हामीलाई चाडै ठीक गराउने अर्को औषधि चै आफन्त तथा साथीहरुको माया प्रार्थना स्नेह नै हो । धेरैजनाले हामीलाई सोधी खोजी गर्नुभयो की हामीलाई अलिकति पनि एक्लो महसूस गर्न परेन । यतिवेला हामीले विमारीको बारेमा चिन्ता गर्नुे भन्दा पनि फोनमा कुरा गर्दै, असल कुरा सोच्दा सोच्दै धेरै जाति भईसकेका छौ । नेपाल तथा विश्वभरका आफन्त र प्रियजनहरुको हौसला, माया, प्रेम जस्तो मिठो औसधि केहि हुन्न रहेनछ । त्यो हामीलाई विमारी परेका दिन देखि नै  पायौं ।

अन्तमा : एउटा अनुरोध गर्न चाहान्छु । कोरोनाको शंका लागेमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा नजिक साथी वा स्वयंमसेवी टोलीसँग खुलेर कुरा गर्नुहोस । मिडियामा जाने वा नजाने त्यो आ- आफ्नै अवस्था हुन्छ । मेरो विनम्र अनुरोध छ । स्वाथ्य अवस्था कृपया सेयर गर्नुहोस । यो नयाँ भाइरस हो सबैले अनुसन्धान गरिरहेका छन । यो भाइरसको उपचार गर्न औषधी पत्ता लागेको छैन । सकारात्म सोच नै यसको उत्तम औषधी हो । जीवन अनमोल छ अलिकति पनि चान्स नलिनुस । डार्टफोर्डको कुरा गर्दा हाम्रा स्वास्थ्य टिममा स्वास्थ्य क्षेत्रमै काम गरेका योग्य साथीहरु हुनुहुन्छ । वहाँहरुलाई गम्भीरतापूर्वक सुन्नुहोस, अफ्ट्यारो पर्दा त हो नि हामीलाई सबै चाहिने । अरू बेला त सबैले आफ्नै तरीकाले जीवन चलाएकै छन् । समुदाय वा समाजमा हामी बाधिएकै अप्ठ्यारो बेलामा एक आपसमा सहयोग लिन र दिन हो । सबैलाई पुनः एकपल्ट भित्री हृदयदेखि नै हार्दिक आभार तथा नमन ब्यक्त गर्न चाहन्छौ ।

Tags: CoronaGejen karuwalIlam
ShareTweetPin
अघिल्लो समाचार

‘भावनात्मक रूपले सदैव मातृभूमिसँगै छौं’

अर्को समाचार

एक महिनादेखि दुवाईमा इलामेको शव अलपत्र

अर्को समाचार

एक महिनादेखि दुवाईमा इलामेको शव अलपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.