Friday, May 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

टिपतला पुग्यो गाडी: चीनसँग ताप्लेजुङका व्यवसायीको नाता जोडियो, भारत अब दोब्बर टाढा

ग्रीन इलाम ग्रीन इलाम
February 17, 2025
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
टिपतला पुग्यो गाडी: चीनसँग ताप्लेजुङका व्यवसायीको नाता जोडियो, भारत अब दोब्बर टाढा
Share on FacebookShare on Twitter

ताप्लेजुङ । ओलाङचुङगोलाबाट २२ किलोमिटर उत्तर चीनसँग जोडिएको विकट टिपतला भञ्ज्याङ नाकासम्म सडक सञ्जाल पुगेको छ । तिप्तला नाकासम्म ट्रयाक खुलेर ढुवानीका साधन गुड्न पनि थालेका छन् । टिपतलामा ढुवानीका साधन गुड्न थालेसँगै हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका उद्यमी र व्यवसायीको व्यापारिक साइनो उत्तरी सीमावर्ती चीनको रिउ बजारसँग जोडिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने टिपतला भञ्ज्याङ नेपाल र चीनको सीमानाका हो । बाह्रै महिना हिउँले ढाक्ने यो नाकासम्म नेपालतर्फ भर्खरै सडकको ट्रयाक खुलेर ढुवानीका साधन गुड्न थालेका छन् । टिपतला भञ्ज्याङबाट चीनको रिउ बजारको दुरी ३० किलोमिटर छ । त्यहाँसम्म पुग्न चीनतर्फ पक्की सडक सञ्जालको व्यवस्था छ ।

रिउ चीनको सीमावर्ती डिङ्जे काउण्टी जिल्ला अन्तर्गतको बजार हो । यो बजार र सदरमुकाम फुङलिङको दुरी १२८ किलोमिटर छ । टिपतला भञ्ज्याङ नाकाबाट अहिले नेपालबाट जडिबुटी र चौंरीको घिउ निकासी हुँदै आएको छ । चीनबाट लत्ताकपडा लगायतका सामान आउने गरेको छ । फक्ताङलुङ गाउँपालिका ७ का वडा अध्यक्ष क्षेतेन लामा शेर्पाले क्लिकमान्डुसँग भने, ‘ नाकामा नेपालको तर्फ भन्सार कार्यालय नहुँदा आयात निर्यात बढ्न सकेको छैन ।’

474987907_3951728981768544_4598929207343079022_n.jpg

टिपतला भञ्ज्याङमा चीनतर्फ भन्सार कार्यालय छ । ‘नेपालतर्फ २२ किलोमिटर वरको ओलाङचुङगोलामा रहेको भन्सार कार्यालयमा कर्मचारी नै छैनन्,’ क्षेतेनले भने, ‘त्यसकै कारण यो नाकाबाट आयात निर्यात हुन सकेको छैन । भन्सार विभागलाई पटक पटक कर्मचारी पठाइदिन आग्रह गर्‍यौं ।’ तर अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ । कर्मचारी पठाएर आयात निर्यात चालु गराई देउ, राजस्व उठाउने जिम्मा हाम्रो’ भन्दापनि भन्सार विभागले सहयोग नगरेर यो नाकाबाट हुने व्यापारिक कारोबार ठप्प रहेको क्षेतेनको गुनासो छ ।

ओलाङचुङगोलामा मुल भन्सार कार्यालय छ । तर कोभिडपछि कर्मचारी नै बस्दैनन् । यसअघि उक्त भन्सार कार्यालय सहयोगीले धानेका थिए । टिपतला भञ्ज्याङसम्म गाडी नपुग्दा चौंरीलाई बोकाएर व्यवसायीले सामान ढुवानी गर्थे । वडाध्यक्ष क्षेतेनले भने, ‘त्यसबेला भन्सारमा कर्मचारी बस्थे । अहिले टिपताला भञ्ज्याङ नाकाबाट गाडीमा सामान ढुवानी हुन थालेको छ तर भन्सारमा कर्मचारी बस्दैनन् ।’ चीनको सीमा नाकासम्म सडक सञ्जालले छोएपछि टिपतला भञ्ज्याङ नाकाबाट व्यापारिक कारोबार सुरु गर्न भन्सार कार्यालयदेखि इमिगे्रसन लगायत आवश्यक पूर्वाधार व्यवस्थाका लागि माथिल्लो निकायमा दु्रतगतिमा पहल भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

यसअघि सदरमुकाम फुङलिङका उद्यमी र व्यापारीको सम्बन्ध ७६ किलोमिटर उत्तरको ओलाङचुङगोलासम्म मात्र थियो । ओलाङचुङगोला र टिपतला भञ्ज्याङ नाका जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ मा पर्छ । यो वडाभरी ६२ घर परिवार छन् । वडाध्यक्ष क्षेतेनका अनुसार ३१ सय मिटर उचाईमा रहेको ओलाङचुङगोलामा ५२ घर र ४२ सय मिटर उचाईमा रहेको वडाको याङ वस्तीमा जम्मा १० घर छन् । टिपतला भञ्ज्याङ नाका ५१ सय मिटर उचाईमा छ । यि दुवै बस्ती दैनिक उपभोग्य वस्तुका लागि चीनसँग निर्भर रहँदै आएका छन् । यसबेला फुङलिङ बजारका उद्यमी र व्यापारीले २५३ किलोमिटर टाढाको विराटनगर जोगवनी र २४६ किलोमिटर टाढाको झापा काँकरभिट्टा नाकाबाट दैनिक उपभोग्य वस्तु ल्याउने र आफ्नो उत्पादन त्यही नाकाबाट निर्यात गर्दै आएका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले भने, ‘सरकारले टिपतला भञ्ज्याङ नाकालाई व्यवस्थित गर्ने हो भने फुङलिङका व्यवसायीले आधा सस्तो लागतमा व्यापारिक वस्तु ढुवानी गर्दा उपभोक्तालाई सस्तोमा उपभोग्य वस्तु उपलब्ध गराउन सक्ने स्थिति छ ।’

२५३ किलोमिटर टाढाको जोगवनी र २४६ किलोमिटर टाढाको काँकरभिट्टा नाकाबाट उपभोग्य वस्तु ढुवानी गर्दा ढुवानी लागतका कारण फुङलिङमा उपभोग्य वस्तुको मूल्य बढी पर्दै आएको छ । टिपतला भञ्ज्याङ नाकाबाट सामान आयात गर्दा ढुवानी लागत कम हुने र उपभोग्य वस्तुको मूल्य कम पर्ने होमस्टे सञ्चालक तथा कपडा व्यवसायी समेत रहेका शेर्पाको दावी छ । यो नाकालाई व्यवस्थित गर्दा फुङलिङदेखि टिपतला भञ्ज्याङ नाकाको दुरी ९८ किलोमिटर र त्यहाँबाट चीनको रिउ बजारको दुरी ३० किलोमिटर पर्ने उनको भनाई छ ।

ओलाङचुङगोला देखि २२ किलोमिटर उत्तरको ५१ सय मिटर उचाईको टिपतला भञ्ज्याङ सम्म सडकको ट्रयाक खुलेपछि ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाको नेतृत्वमा यो सडक हुँदै तिब्बतसँगको व्यापारिक कारोबारको सम्भाव्यता अध्ययनका लागि टोली टिपतला भञ्ज्याङ सम्म पुगेको थियो । वरिष्ठ उपाध्यक्ष शेर्पाले भने, ‘नयाँ कच्ची सडकबाट व्यापारिक सामान ढुवानी गर्न सम्भव भएपनि नेपाल तर्फ भन्सार कार्यालयको व्यवस्था नहुँदा नाकाबाट व्यापारिक कारोबार गर्न समस्या छ ।’ टिपतला उच्च पहाडी क्षेत्र भएकाले हिउँ पर्दा समस्या हुन भने सक्नेछ । नयाँ कच्ची सडक भएकाले ठाउँ ठाउँमा मर्मत गरिँदा यो मार्गबाट बाह्रै महिना व्यापारिक सामान ढुवानी गर्न सकिने शेर्पाले स्थलगत अबलोकन पछि अनुभव सुनाए । फुङलिङबाट टिपतला भञ्ज्याङ पुग्न मितलुङ, सिवा, छिरुवा, ताफेथोक, लेलेप, सुकेपानी, जुङगी, ओलाङचुङगोला र मौवाटारको रुट छिचोल्नु पर्छ ।

‘ओलाङचुङगोलाबाट चिराइतो बोकेका ट्याक्टर टिपतलातर्फ गइरहेका थिए । तमोर नदीको सुकेपानीमा चीनको सहयोगमा ह्युम पाइप बिच्छयाएपछि अन्य साना ढुवानीका साधन पनि गुडिरहेका थिए,’ शेर्पाले क्लिकमान्डुसँग भने, ‘सरकारले यो नाकालाई व्यवस्थित गरे नेपाल–भारत र चीन जोडने सबैभन्दा छोटो मार्गका रुपमा स्थापित हुन्छ ।’ टिपतलाबाट तमोर करिडोर हुँदै विराटनगरको जोगवनीसम्मको दुरी २ सय ५३ किलोमिटर मात्र छ ।

यसरी खुल्यो टिपतला भञ्ज्याङ नाका सम्म ट्रयाक
एक दशक अघि सदरमुकाम फुङलिङदेखि ७६ किलोमिटर टाढाको ओलाङचुङगोलासम्म मात्र सडक सञ्जालको ट्रयाक खुलेको थियो । त्यसमाथि टिपतला भञ्ज्याङ नाकासम्म पुग्न सडकको व्यवस्था नहुँदा दैनिक उपभोग्य वस्तु र व्यापारिक सामान ढुवानी गर्न चौंरीको विकल्प थिएन । कुरा २०७२ साल तिरको हो । ओलाङचुङगोलामा जन्मिएर बालुङ समाज काठमाडौं र अमेरिका लगायतका मुलुकमा बस्नेहरुले ओलाङचुङगोला देखि २२ किलोमिटर माथिको टिपतला भञ्ज्याङ नाकासम्म पुग्ने सडकको ट्रयाक आफैं खोल्ने र सरकारलाई चुनौती दिने सामूहिक निर्णय गरे । वडाध्यक्ष क्षेतेन शेर्पाले भने, ‘त्यसको सुरुवात काठमाडौं बस्ने तेन्जिङ उक्याब, मिङमा उक्याब र वादुङ विदुक अमेरिका बस्नेहरुको सक्रियतामा रकम संकलनबाट भयो ।’

सोक्रममा ३ करोड रुपैयाँ संकलन भयो । त्यो रकम खर्चेर स्थानीयले १० महिना लगाएर टिपतला भञ्ज्याङ नाकासम्मको २४ किलोमिटर सडकको ट्रयाक खोले । ट्रयाक खुलेपछि त्यो रुटमा स्थानीय र चिनियाँ ढुवानीका साधन गुड्न थाले । वडाध्यक्ष क्षेतेनले भने, ‘सोकारण कच्ची सडक बिग्रियो र २०७४ सालमा स्थानीय सरकारले मर्मत गर्‍यो ।’ कोरोना महामारी पछि भने कच्ची सडकमा आउजाउ नै बन्द भयो, फलस्वरुपः ट्रयाक पनि बिग्रियो । सरकारले आव २०७४/७५ को बजेटमा रानीपुलदेखि टिपतला भङज्याङ नाका सम्मको ४१ किलोमिटर सडक स्तरोन्नतीका लागि ६० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्‍यो । सो बजेटले सडक निर्माण भएपछि ओलाङचुङगोला देखि टिपतला भङज्याङ नाकासम्म सडक सञ्जालको ब्रेक थ्रु भएको वडाध्यक्ष क्षेतेनको भनाइ छ ।

सडक कालोपत्रे गरिदिने चीनको प्रस्ताव
ताप्लेजुङसँग सिमाना जोडिएको चीनको डिङजे काउन्टीले टिपतला भञ्ज्याङ नाकादेखि सदरमुकाम फुङलिङसम्म कालोपत्रे गरिदिने प्रस्ताव गरेको छ । सिमावर्ती द्विपक्षीय वैठकका लागि ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोली र चीनको डिङजे काउन्टी पार्टी कमिटिका सचिव ताओ मिङजुनबीच गत डिसेम्बर १४ मा भएको संयुक्त वैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘डिङजे काउण्टीको भ्रमणमा दुवै पक्षले यो विषयमा जीटुजीमार्फत अगाडि बढ्ने सहमती गर्‍यौं ।’ यसअघि तत्कालिन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौला नेतृत्वको टोलीसँग डिङजे काउन्टीका तत्कालिन प्रमुख कुङगाले ओलाङचुङगोलासम्मको सडक स्तरोन्नती गरिदिने प्रस्ताव गरेका थिए । सिमावर्ती देशका लागि आफूले निर्णय गरेर नेपाली एक अर्ब रुपैयाँसम्म दिन सक्ने र गोलासम्मको सडक आफूहरुले बनाइदिने प्रस्ताव चिनियाँ पक्षको थियो ।

क्लिमाण्डुबाट

ShareTweetPin
अघिल्लो समाचार

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माण सम्पन्न

अर्को समाचार

क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न इलामले कति पायो बजेट ?

अर्को समाचार
क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न इलामले कति पायो बजेट ?

क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न इलामले कति पायो बजेट ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.