४ कात्तिक, इलाम: इलामको देउमाई नगरपालिका शान्तिडाँडा ६ का राजकुमार लिङदेनले मलामीको सहजताको लागि धर्मशाला निर्माण गरिदिएका छन् । धर्मशालासँगै उनले पक्की धारा समेत निर्माण गरेका हुन् । साविक शान्तिडाँडा गुञ्जेबारीमा सो धर्मशाला निर्माण गरिएको हो । स्वर्गीय बुवा शुक्रबहादुर लिङ्देनको स्मृतिमा सो धर्मशाला निर्माण गरेको राजकुमारले बताए । धर्मशाला निर्माणका लागि स्थानीय मनकुमार श्रेष्ठ र ताराबीर श्रेष्ठले आफ्नो बुबा हिरालाल श्रेष्ठको स्मृतिमा जग्गा र नगद १० हजार उपलब्ध गराएका थिए । स्थानीय ओझेले घाट र पखेटे घाटलाई लक्षित गरि धर्मशाला निर्माण गरिएको राजकुमारले जानकारी दिए ।


