इलाम नगरपालिकाले नगर बाहिर बस्ने श्रमिक र असहायहरुलाई हाल रहेकै ठाउँमा राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाले लकडाउनको अवधिभर हाल आफू बसिरहेको स्थानमा सुरक्षित रुपमा रहन बस्न अनुरोध समेत गरेको छ । कोरोना भाइरसको महामारीको प्रकोप नियन्त्रण, रोकथाम तथा राहत वितरण व्यवस्थापनका लागि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
आफू बसिरहेकै स्थानमा सुरक्षित रुपले रहे बसेका इलाम नगरपालिकाका नागरिकहरुमध्ये असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ को दफा ३ बमोजिमका असंगठित क्षेत्रका मजदुर, असहाय, अशक्त, अपाङ्ग र बालबालिकाहरुलाई राहत आवश्यक भएमा इलाम नगरपालिकाको हेल्प नम्बर ०२७ ५२१५९२ मा सम्पर्क गर्न अनुरोध गर्ने र यस्ता राहत उपलब्ध गराउनु पर्ने व्यक्तिहरुको आवेदन तथा आवश्यक विवरण माग गरी निजहरु हाल बसेकै ठाउँमा राहत उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।
बैठकले इलाम नगरपालिका वार्ड नं. ६ स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा विदेशबाट फर्किएका कोभिड १९ बाट शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनका लागि क्वारेन्टाइन वार्ड सञ्चालन गरिएकोमा सो क्वारेन्टाइन वार्डलाई पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसबाट शंकास्पद व्यक्तिलाई राख्नु पर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टाइन वार्डलाई मिति २०७७।१।१४ दखि स्थगित गर्ने र डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन वार्डमा खटिएका मौजुदा स्वास्थ्यकर्मीहरुलाई जि.स.स. को नयाँ भवनमा इलाम अस्पतालमार्पmत तयारी अवस्थामा राखिएको आइसोलेसन÷क्वारेन्टाइन वार्डमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको छ ।
यसैगरी कोभिड १९ बाट संक्रमित उदयपुर लगायतका जिल्ला बाहेक अन्य जिल्लाबाट हालसालै घर फर्की आएका व्यक्तिहरुलाई नेपाल सरकार, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रबाट जारी गरिएको सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नु पर्ने नियमहरु परिपालना गर्ने र आप्mनो विवरण वडा कार्यालय तथा नजिकको स्वास्थ्यकेन्द्रमा अनिवार्य रुपमा उपलब्ध गराउने गरी सम्बन्धित वडाका वडाध्यक्षको अनुगमन, निगरानी तथा व्यवस्थापनमा आ–आप्mनो घरमा सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने र यसरी सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले रहेका व्यक्तिहरुलाई इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले वडा कार्यालय तथा नजिकको स्वास्थ्य केन्द्रमार्पmत निगरानी तथा स्वास्थ्य परीक्षणको आवश्यक व्यवस्था मिलाई सम्बन्धित वडाका वडाध्यक्षज्यूलाई सहयोग गर्नेे भएको छ ।
दिदी