बैसाख ११, इलाम : दक्षिण कोरियामा कार्यरत इलामेहरु चन्दा लिम्बु, सन्तोस पौडेल पिके र सुदिप राईले नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी इलामलाई सर्जिकल माक्स सहयोग गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामलाई १२०० थान, सशस्त्र प्रहरी बल, इलामलाई ८०० थान र जिल्ला ट्राफिक कार्यालय इलामलाई २०० थान सर्जिकल माक्स उनीहरुले सहयोग गरेका हुन् ।
ग्रीन इलाम न्युज पोर्टलको सहजिकरणमा ति माक्सहरु जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी हिरा बहादुर पाण्डे, सशस्त्र प्रहरी बल इलामका प्रहरी प्रमुख एसपी रोसन श्रेष्ठ र जिल्ला ट्राफिक कार्यालय इलामका दर्शन गुरुङलाई ती माक्सहरु हस्तान्तरण गरिएको हो ।
चन्दा लिम्बु सन्दकपुर गाउँपालिका जमुनाकी स्थायी बासिन्दा हुन् भने सन्तोस र सुदिप इलाम नगरपालिका मालापथका हुन् ।
माक्स बुझेपछि प्रहरी प्रमुखहरुले दाताप्रति धन्यबाद व्यक्त गरे । कोरोनाको अत्यन्तै जोखिम वर्गमा नेपाल प्रहरी पर्ने भएकोले जोखिम न्युनिकरणका लागि बढि भन्दा बढि सामाग्रीहरु प्रहरीलाई आवश्यक पर्ने उनीहरुले बताए । हालसम्म सरकारले प्रहरीहरुलाई कपडाको माक्स मात्र प्रयोगको लागि उपलब्ध गराउदै आएको छ ।