अग्नि दहाल
आकाश सुन्सान छ
न त बर्षा
न
झरी बादल
एकनाश नियालिरहेछ
अदृश्य युद्ध जित्न
सेता मानवहरु
पराजित भइरहेको बेला
र
उजाड पृथ्वीको अनेक तमासा !
बुख्याचाहरु अश्लील बनेर
तर्साउन तल्लीन छन्
अन्तिम घुड्की ननिलिरहेको क्षण
अमिट रोदन सगै
विलय भयो तिम्रो अन्तिम
चित्कार
एक अलग क्वारेन्टाइनमा!!!
(२०७७/१/९)
देउमाई नगरपालिका १ (चमैता), इलाम