इलाम नगरपालिका वडा नं. ४ भित्तेकी मनकला राईलाई काठमाडौंको एक पसल अगाडी कुटपिट भएको भिडियो भाईरल भएपछि इलाम ग्रीन, इलामका सहयोगी व्यक्तिहरुको पहलमा कोशिश अल्पकालिन गृह काठमाडौंमा उद्दार गरेर राखियो । त्यहाँ इलाम नगरपालिकाको न्यूनतम आर्थिक सहयोगमा करिब १ महिना उपचार गरेर पछि गृहले इलाम फिर्ता पठायो । तर उनलाई इलाम नगरपालिका वडा नं. ८ तिल्केनीका घरपरिवारले स्विकारे न उनको माईती इलाम न.पा. ४ भित्तेको परिवारले ।
त्यसपछि उनी इलाम बजारलाई आफ्नो क्षेत्र बनाएर बस्न त बसिन् तर उनले सडक, बजारमा अभद्र व्यवहार गर्ने क्रम शुरु गरिन । यसले गर्दा इलाम बजारका सबै जना उबाट प्रताडित भए । पुनः इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेश श्रेष्ठको पहलमा इटहरीस्थित मायाघरमा इलाम नगरपालिकाले यातायातको व्यवस्था गरेर पठाईयो । त्यहाँ केहि दिन राखियो । तर त्यस समयसम्मा उनी लागुपदार्थको अम्मली भईसकेकोले उनलाई सुधार गृहमा राख्नु पर्ने आवश्यकता भयो । मायाघरको प्रयासले १२ महिना सुधार गृहमा राखियो तर त्यहाँ तिर्नु पर्ने शुल्क तिर्ने व्यवस्था नभएपछि उनी पुनः इलामको सडकमा आईन । मनकलाको आगमनसँगै इलाम बजारमा उनको पहिलेको हर्कत फेरी शुरु भयो । इलामका केही भट्टी पसलले उनलाई रक्सी दिने गरेको कारण उनको उद्दण्डता २४सै घण्टा हुन थाल्यो । धेरै गुनासो पछि इलाम नगर प्रहरीहरुले उनलाई समातेर उनको माईती घर माईपोखरी भित्तेमा उनको अभिभावकहरुलाई जिम्मा त लगाएका छन् । तर उनी कति दिन सम्म घर बस्ने हुन टुंगो छैन् ।
(मनकलालाई उनको घर पुर्याउदै इलाम नगर प्रहरी)