इलाम, २० असोजः इलामका युवा व्यवसायी प्रविन मोक्तानले इलाम सदरमुकाममा क्यालिबर जुत्ताको शोरुम संचालनमा ल्याएका छन् । नेपालमा नै बनेको उक्त जुत्ता चप्पलको शोरुम मंगलबारबाट संचालनमा आएको हो । मंगलबार एक अनौपचारिक कार्यक्रमको बिच इलामकी जेष्ठ नागरिक ईश्वरी श्रेष्ठले उक्त शोरुम उदघाटन गरेकी हुन । सबै प्रकारका लेदर, सर्पोटस, फर्मल, इनफर्मल, क्याजुल जुत्ता उत्पादन गर्ने क्यालिबरले महिला, पुरुष तथा बच्चाहरुलाई मिल्ने जुत्ता चप्पल एकहजार दुईसय रुपैंयाँ देखि चार हजार रुपैंयाँमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले सबै प्रकारका जुत्ता तथा चप्पलमा ६ महिनाको वारेन्टी समेत दिएको छ । इलामको निकुञ्ज पथस्थित ग्लोबल आईएमई बैंक रहेको भवनमा यो शोरुम रहेको छ । यससँगसँगै व्यवसायी मोक्तानको न्युलुक्स नामक ब्राण्डेड कपडाको पसल समेत संचालनमा रहेको छ ।