Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज विश्व धुम्रपान रहित दिवसः सूर्तीजन्य पदार्थ आजैबाट छाडौं, स्वस्थ बनौं

ग्रीन इलाम ग्रीन इलाम
May 31, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १८ जेठः आज मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस । सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनिया जस्ता ४ हजारभन्दा बढी रासायनिक तत्व हुन्छन् । यस्तै, ४० जति क्यान्सर बेञ्जोपाइरिन लगायतका क्यान्सर उत्पन्न गर्ने रसायनले गर्दा क्यान्सर लागेर मृत्यु समेत गराउँछ । यस्ता सूर्तीजन्य पदार्थमा मिसाइने निकोटिन नामक तत्व एकपटक सेवन गरेपछि पुनः तलतल लाग्ने भएर लत नै बसाउँछ । सूर्तीजन्य पदार्थको सेवनबाट विभिन्न स्वास्थ्य समस्या देखिने तथ्य सन् १९५० मा पत्ता लागेको भन्ने गरिन्छ । सन् १९८८ तिर गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिका जस्ता विकसित मुलुकमा सूर्तीजन्य पदार्थको सेवनबाट जटिल स्वस्थ्य समस्या उत्पन्न गरेको प्रमाणित गरेको थियो । सूर्तीजन्य पदार्थ सेवनका कारणले उत्पन्न हुने स्वास्थ्य समस्याबाट बचाउन विश्व स्वास्थ्य संगठनको सन् २०३० सम्ममा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने रणनीतिको नेपाल सदस्य राष्ट्र समेत भएको छ । यसै रणनीतिको कार्यान्वयन स्वरुप सरकारले २०६८ वैसाखमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागू गरेको हो ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरका ५० लाखभन्दा बढी व्यक्तिले सूर्तीजन्य पदार्थको सेवन गर्छन् भने सन् २०३० सम्ममा १ करोडभन्दा बढी सूर्ती सेवनकर्ताको सूर्ती सेवनकै कारण उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने अनुमान गरिएको छ। यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत मानिस अल्पविकसित मुलुकका छन् । सूर्तीजन्य पदार्थ सेवनकै कारण अमेरिकाली मुलुकमा वर्षेनी ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ भने नेपालका २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालका १५ वर्ष उमेर र त्यसमाथिका ३७ प्रतिशत युवाले सूर्तीजन्य पदार्थको सेवन गर्ने र विश्वभरिमा नेपालका महिलाले बढी सूर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ ।

सूर्तीजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणका लागि बलियो कानुन निर्माण गरेकोमा अन्तराष्ट्रिय स्तरमा नेपाल पुरस्कृत समेत भएको छ । कडा कानुन अन्तर्गत सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अंकित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका तथा गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाउने र १ खिल्ली मात्र बिक्री गर्न नपाउने, जनचेतना अभिबृद्धि गर्न र नियमन गर्न सूर्तीजन्य पदार्थको सेवनका कारणले फोक्सो, मुख र मस्तिष्कको क्यान्सरबाट मृत्यु भएका थाइल्यान्ड, सिंगापुर र फिपिन्सबाट मृत व्यक्तिको तस्बिर ल्याई सूर्तीबाट निर्मित प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने हुन्छ ।
सूर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने समस्याहरु –
मुख, घाँटी, श्वास–प्रश्वास सम्बन्धी रोग
दम, क्षयरोग, मुटु रोग
कलेजो, मिर्गौला र क्यान्सर रोग
ब्रोङ्काइटिस, नसा सम्बन्धी रोग
महिलाको पाठेघरका साथै अरु अंगमा प्रत्यक्षरुपमा प्रतिकूल असर गर्ने
गर्भमा रहेको भ्रुणको शारीरिक तथा मानसिक विकासमा अवरोध पैदा गर्नुका साथै कम तौलको बच्चा जन्मिने
जसको उपचार गर्दा धेरै महँगो र प्राणघातक हुन्छ

सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न निम्न उपाय अपनाउनु आवश्यक छः
१. सूर्तीजन्य पदार्थ सेवन नियन्त्रण तथा नियमन गर्न सरकारले २०६८ मा जारी गरेका ऐन तथा नियमावली कडाइका साथ पालना गर्ने ।
२. सूर्तीजन्य पदार्थका प्रतिकूल असरबारे व्यापकरुपमा जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
३. सूर्तीजन्य पदार्थ सेवन छाड्न सघाउने पाटोको खोजी र प्रयोग
४. सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कच्चा पदार्थको उत्पादन र उद्योगहरुमा नियन्त्रण ।

Tags: आज विश्व धुम्रपान रहित दिवसः सूर्तीजन्य पदार्थ आजैबाट छाडौंस्वस्थ बनौं
Share109TweetPin
अघिल्लो समाचार

आज वन उपभोक्ता दिवस

अर्को समाचार

राष्ट्रिय टीमकी गोलकिपर इलामकी एञ्जिला भन्छिन्, खेलमा यदि र तरको अर्थ हुन्न

अर्को समाचार

राष्ट्रिय टीमकी गोलकिपर इलामकी एञ्जिला भन्छिन्, खेलमा यदि र तरको अर्थ हुन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.