इलाम, ३० वैशाखः । आज विश्व नर्स दिवस । विश्वकै पहिलो नर्स फ्लोरेन्स नाइटिंगेलको जन्म जयन्ती । सन् १८२० अर्थात आजभन्दा २ सय वर्षअघि इटालीको फ्लोरेन्स सहरमा जन्मिएर ‘अ लेडी विथ द ल्याम्प’ अर्थात् ‘बत्ती सहितकी महिला’ उपनामले चिनिने नाइटिंगेको सम्झनामा अर्थात अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै आएको छ ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आह्वानमा यसवर्ष पनि मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाइँदैछ । आईसीएनले सन् १९६३ देखि यो दिवश मनाउन थालेको हो । उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज समेत संचालन गरेकी थिइन् । यसै अवसरलाई आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड मानिएको छ । फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनको एक सम्पन्न परिवारमा भएको थियो । यसै सन्दर्भमा कोभिड १९ को संक्रमण रोक्न अग्रस्थानमा खटिनु भएका सबै नर्सहरु प्रति आभार व्यक्त गर्दछौ ।