बैसाख २०, इलाम : आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामले आफ्नो मृतक सदस्यको परिवारलाई ५० हजार नगद नै राहत उपलब्ध गराएको छ । संस्थाकी सदस्य विष्णुमाया राईको बुधबार निधन भएको थियो । शनिबार संस्थाका पदाधिकारी र सदस्यहरु उपस्थित भई सो राहत रकम उपलब्ध गराईएको थियो । संस्थाका अध्यक्ष महेश श्रेष्ठले सो राहत रकम परिवारजनलाई हस्तान्तरण गरे ।
इनपा ७ सुन्तलाबारीकी बिष्णुमाया राईको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो । द्वन्द्वकालमा प्रहरीमा कार्यरत उनका पति माओवादीबाट मारिएका थिए । सहकारीले आफ्नो नियमित बचतकर्ता शेयर सदस्यहरुलाई मृत्यु राहत, उपचार राहत, एम्बुलेन्स सेवा लगायतका सेवा उपलब्ध गराउदै आएको छ ।