इलाम, १४ वैशाखः कोरोना भाईरसको कारण नेपालमा भईरहेका लकडाउन थप १० दिन थपिएको छ । नेपाल सरकार मन्त्री परिषदको आईततबार साँझ बसेको बैठकले नेपालमा चलिरहेको लकडाउनलाई थप १० दिन बढाउने निणर्य गरेको छ । यस अनुसार आगामी वैशाख २५ गतेसम्म लकडाउनको समायवधी बढाईएको छ ।
सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
तर कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।