दिलिप श्रेष्ठ
म आज आफ्नै देशमा हराई रहेछु
अरु हराउनुको कारण
धेरै भए पनि
म चैं एउटै कारणले हराई रहेछु
बिवशता
म हराउनुको मुख्य कारण
प्रायस सबै कार्यलयहरु
मलाई चेप्ट्याउन कागजरुपी नाङ्लो
टेबल टेबलमा फिंजाएर
साहुकाँ धाउन बाध्य पार्दैछ,यही हो
बिवशता
म हराउनुको मुख्य कारण
अन्यायमा परें मलाई न्याय देउ भन्दा पनि
पैसाकै कुरो हुँदो रहेछ
न्यायको मन्दिरमा
साम्प्रदाय,नातागोता,जातभाई पनि
चल्दो रहेछ त्यो मन्दिरमा त्यसैले
बिवशता
म हराउनुको मुख्य कारण
न्यायलयलाई दोष्या हैन मैले
ति कानुनको पन्ना खोतल्ने पिसाचहरु
अनगिन्ति बुध्दीजिविहरुलाई त
मुर्ख बनाउँदो रहेछ
लाटा सोझाको त के कुरा गरुँ र त
बिवशता
म हराउनुको मुख्य कारण
मान्छेमा बितृष्णाले जरा गाडे पछी
देशमा कति मान्छे हराई रहेछ
कस्लाई के थाहा,मान्छेले मान्छेलाई
चपाएर निलि दिन्छन् यहाँ त्यै भएर
बिवशता
म हराउनुको मुख्य कारण
हराउनु कस्लाई मन हुन्छ,हराएर
भेटिनु कसैलाई मन हुन्छ कसैलाई हुन्न
तर मलाई लखेट्यो,म हराई दिएं
ए१ थिच्नु र मिच्नुको पनि एउटा सिमा हुन्छ
तर मेरो देशमा त्यो सिमा रेखै छैन त्यसैले
बिवशता
म हराउनुको मुख्य कारण
जहाँ जाउ पैसा चाहिन्छ,द्रव्य पिसाचहरुलाई
पैसा भए पछी चोर साधु,साधु चोर
बनाईदो रहेछ यो देशमा
यस्ता कर्तुत सभ्य मानिसले कसरी टुलुटुलु हेरी बस्ने
कानुन किन्नु पाउने देशमा
म बेखर्ची बसुँ कसरीरु त्यस कारण
बिवशता
म हराउनुको मुख्य कारण
मेरो खल्ती रित्तो छ,तर म देशमै छु
तर देख्दैन ति गिद्धे आँखा हेरेर बस्नेहरु
कानुनले मेरो पक्षमा गरेको ब्याख्या
कटकटिया नोटका बिट्टाले झट्टारो हाने पछी
श्रीमान्को पनि त्रिनेत्र जगजग बल्दो रहेछ
म यो कसरी हेरेर बसुँ,अन्तमा
बिवशता
म हराउनुको मुख्य कारण ।
अस्तु
इलाम-७ (अस्पताल लाईन)