Friday, June 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर

ग्रीन इलाम ग्रीन इलाम
June 19, 2026
भित्र अर्थ, मुख्य समाचार, राजनीति
Reading Time: 1 min read
0 0
A A
0
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
Share on FacebookShare on Twitter

विष्णु प्रसाद काफ्ले विष्णु प्रसाद काफ्ले

नेपालको चिया उद्योग अहिले गम्भीर मोडमा उभिएको छ । विशेषगरी भारततर्फ हुने नेपाली चियाको निर्यातमा देखिएको नयाँ अवरोधात्मक नियमनका कारण नेपाली चिया उद्योग सङ्कटग्रस्त बन्दै गएको छ । भारतीय बजारमा निर्भर नेपाली चिया उद्योगका लागि भारतीय टि बोर्डले लागु गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसेड्यूर अन्तर्गत नमुना परीक्षण, प्रयोगशाला विश्लेषण तथा प्रतिवेदन प्रक्रियालाई अत्यधिक जटिल, ढिलो र महँगो बनाइएपछि निर्यात लगभग ठप्पप्रायः भएको अवस्था छ । यसको प्रत्यक्ष असर उद्योगीमा मात्र सीमित छैन, हजारौँ चिया किसान, मजदुर, ढुवानी व्यवसाय, वित्तीय संस्था र समग्र ग्रामीण अर्थतन्त्रमा परेको छ ।

नेपालबाट निर्यात हुने सीटीसी चियाको झन्डै आधा हिस्सा तथा अर्थोडक्स चियाको ८५ प्रतिशतभन्दा बढी भारतमै जाने भएकाले यस्तो अवरोधले सम्पूर्ण मूल्य शृङ्खलालाई प्रभावित बनाएको छ । उत्पादन भएका ठुलो परिमाणका चिया अहिले उद्योगका गोदाममा थन्किएका छन् भने केही भारतीय सीमाक्षेत्र र कलकत्ताका गोदाममा परीक्षणको नाममा रोकिएका छन् । उद्योगीले किसानबाट हरियो पत्ती खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको छ । फलस्वरूप दर्जनौँ उद्योग उत्पादन बन्द गर्न बाध्य भएका छन् भने अरू पनि त्यही दिशातर्फ उन्मुख छन् ।

  • समस्या नयाँ होइन

विगतका वर्षहरूमा पनि भारतीय पक्षबाट कहिले गुणस्तर, कहिले परीक्षण त कहिले प्रशासनिक प्रक्रियाका नाममा यस्ता अवरोध दोहोरिँदै आएका छन् । कतिपय समस्या तत्कालीन कूटनीतिक पहलबाट समाधान भए पनि दीर्घकालीन र संस्थागत समाधान हुन सकेको छैन । यसले एउटा यथार्थ स्पष्ट गर्छ – यो समस्या केवल व्यापारिक प्राविधिक विषय होइन, यो नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार कूटनीति र विश्वासको विषय पनि हो ।

नेपाल र भारतबिच खुला सीमा, ऐतिहासिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरता रहेको अवस्थामा यस्ता गैर–भन्सार अवरोधको बारम्बार प्रयोगले स्वतन्त्र व्यापारको भावना नै कमजोर बनाएको देखिन्छ । त्यसैले अब यो विषय सरकार, सम्बन्धित मन्त्रालय वा निजी क्षेत्रको सीमित सरोकारमा मात्र नराखी उच्च राजनीतिक, प्रशासनिक र कूटनीतिक तहबाट उठाइनुपर्छ ।

  • समस्या उद्योगको मात्र होइन

चिया उद्योगको सङ्कटलाई उद्योगीको व्यावसायिक समस्यामात्र ठान्नु ठुलो भूल हुनेछ । चिया नेपालको पूर्वी पहाडी जिल्ला र तराईका हजारौँ साना किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको कृषि उद्योग हो । किसानले समयमै हरियो पत्ती बिक्री गर्न नसके त्यसको मूल्य हुँदैन । उद्योग बन्द हुँदा किसानको नगद आम्दानी रोकिन्छ, मजदुरको रोजगारी गुम्छ, बैंकको ऋण जोखिम बढ्छ र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्छ । साथै चिया निर्यातबाट आर्जन भइरहेको ६–७ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गुमेर राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्ने देखिन्छ । त्यसैले सरकारको हस्तक्षेप केवल उद्योग बचाउनका लागि होइन, ग्रामीण अर्थतन्त्र र सामाजिक स्थायित्व जोगाउन पनि अपरिहार्य भएको छ ।

  • तत्काल चाल्नुपर्ने कदम

सबैभन्दा पहिलो आवश्यकता भारतसँग उच्चस्तरीय कूटनीतिक पहलमार्फत निर्यातलाई सहज बनाउनु हो । नेपाल र भारतका सम्बन्धित निकायबिच संयुक्त प्राविधिक समिति गठन गरी परीक्षण प्रक्रिया, समयसीमा र शुल्कलाई वैज्ञानिक, पारदर्शी र छिटो बनाउने सहमति आवश्यक छ । त्यसैगरी, उद्योगका गोदाममा थन्किएको चिया बिक्री नहुँदा कार्यशील पुँजीको अभाव उत्पन्न भएको छ । उद्योगी र किसानका तत्कालीन सङ्कटको सम्बोधन गर्न सरकारले तीनदेखि ६ महिनासम्मका लागि सहुलियतपूर्ण कार्यशील पुँजी, कर्जा, ब्याज सहुलियत वा विशेष राहत प्याकेज उपलब्ध गराएर उद्योग सञ्चालन निरन्तर राख्ने वातावरण बनाउनुपर्छ । यसले किसानबाट हरियो पत्ती खरिदको चक्रलाई पनि निरन्तरता दिन सकिने देखिन्छ । अहिलेकै अवस्थामा चिया निर्यातमा भारतीय निर्भरता उल्लेख्य न्यूनीकरण गर्न सम्भव नभएकाले उच्च राजनीतिकस्तरको कूटनीतिक पहलले निर्यात सङ्कट सुल्झाउन पर्दछ ।

  • मध्यमकालीन रणनीति : भारतीय बजार निर्भरता घटाउने

भारत नेपालको महत्त्वपूर्ण र स्वाभाविक व्यापार साझेदार हो, तर कुनै पनि उत्पादनको अत्यधिक निर्भरता एउटै बजारमा हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ । अहिलेको सङ्कटले त्यसैको स्पष्ट सङ्केत दिएको छ । नेपाल–भारत संयुक्त कार्यदलमार्फत गुणस्तर, परीक्षण र प्रयोगशालाको पारस्परिक मान्यताका विषयमा स्थायी संयन्त्र निर्माण गर्नुपर्छ । नेपालका प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तथा भारतीय निकायसँग समन्वय बढाउने कामलाई प्राथमिकतामा राख्नुपर्छ ।

यससँगै उद्योगी र किसानलाई गुणस्तर सुधारतर्फ आकर्षित गर्न अर्गानिक मलमा सहुलियत, प्रमाणीकरणमा अनुदान, कर छुट तथा प्रोत्साहन तथा प्राङ्गारिक उत्पादनका लागि किसानलाई प्रोत्साहन जस्ता कार्यक्रम सुरु गर्नु पर्दछ ।

अर्कोतर्फ, निर्यात बजार विविधीकरण अब विकल्पमात्रै होइन, आवश्यकता हो । जापान, अमेरिका, युरोप, चीन, अष्ट्रेलिया तथा मध्यपूर्वका सम्भावित बजारमा नेपाली चियाको ब्रान्डिङ, व्यापारिक प्रदर्शनी, व्यवसायिक भेटघाट तथा नेपाली दूतावासमार्फत बजार विस्तारको रणनीतिक अभियान सञ्चालन गर्नुपर्छ ।

  • दीर्घकालीन समाधान : गुणस्तर, ब्रान्ड र बजार

दीर्घकालीन रूपमा नेपाली चिया उद्योगले परिमाणभन्दा गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । पूर्ण अर्गानिक उत्पादन प्रणाली, अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण, नेपालमै दक्ष जनशक्ति र प्रमाणीकरण संस्था विकास तथा विश्वस्तरीय प्रयोगशालाको स्थापना अब अपरिहार्य भइसकेको छ । त्यसैगरी, तेस्रो मुलुकमा रहेका नेपाली दूतावासहरूमा ‘टि डेस्क’ स्थापना गरी विदेशी खरिदकर्ता र नेपाली निर्यातकर्ताबिच व्यावसायिक सम्पर्क सहज बनाउने व्यवस्था गर्न सकिन्छ । आर्थिक कूटनीतिलाई निर्यात प्रवर्द्धनसँग प्रत्यक्ष जोड्ने समय आएको छ ।

  • घरेलु बजार पनि सम्भावना

नेपालमा उल्लेख्य परिमाणमा विदेशी चियाको आयात भइरहेकै अवस्थामा स्वदेशी चियाको आन्तरिक खपत विस्तार गर्न सकिने ठुलो सम्भावना छ । सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय, विश्वविद्यालय, सेना, प्रहरी तथा अन्य सार्वजनिक निकायमा नेपाली चियाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकिन्छ । ‘हरेक नेपाली एक कप नेपाली चिया’ जस्ता अभियानमार्फत उपभोक्तामा स्वदेशी उत्पादनप्रतिको विश्वास र प्रयोग दुवै बढाउन सकिन्छ ।

  • निष्कर्ष

भारतीय बजारमा देखिएको वर्तमान अवरोध नेपाली चिया उद्योगका लागि चुनौती अवश्य हो, तर यही सङ्कटले नेपाललाई आफ्नो व्यापार रणनीति पुनर्विचार गर्ने अवसर पनि दिएको छ । कूटनीतिक सक्रियता, गुणस्तर सुधार, बजार विविधीकरण र घरेलु खपत विस्तारलाई एकीकृत रूपमा अघि बढाउन सकियो भने नेपाली चिया भारतमा मात्र सीमित रहने छैन । विश्व बजारमा पनि आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सक्षम हुनेछ । आज आवश्यक परेको कुरा केवल तत्कालको समस्या समाधान होइन, आगामी दशकका लागि प्रतिस्पर्धी, आत्मनिर्भर र विश्वसनीय नेपाली चिया उद्योग निर्माण गर्न सरकार तथा नीजि क्षेत्रले नतिजामुखी राष्ट्रिय प्रतिबद्धता जानाउनु अपरिहार्य छ ।

@Ratopati

ShareTweetPin
अघिल्लो समाचार

भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.