Tuesday, April 28, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं

ग्रीन इलाम ग्रीन इलाम
April 28, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

१५ वैशाख, काठमाडौं । मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् । मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख १५ गतेको तुलनामा १६ गते बढी वर्षा हुने सम्भावना छ । काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ । मौसमविद उज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौं उपत्यका र आसपासका भूभागका साथै पूर्वी क्षेत्रको प्राय: सबै (मेचीसम्मको) भू–भागमा वर्षा गराउने छ । भोलि बुधबार र पर्सि विहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकीसम्म बेला–बेलामा वर्षा भैरहने देखिन्छ । वर्षाका साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र बाटो अवरुद्ध हुनसक्ने सम्भावना छ । त्यसैले मौसमविद उपाध्यायको सुझाव छ, ‘त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङल्हामु, बीपी राजमार्गहरुमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा सकेसम्म यात्रा नगरौं ।’

प्रणाली कति शक्तिशाली ?

मौसमविदहरुका अनुसार नेपालको पूर्वी भूभाग (भारतको उत्तराञ्चलतिर) र नेपालको पश्चिम भूभाग (हिमाञ्चल प्रदेशतिर) प्रिमनसुन प्रणाली थिए । केही दिन नेपालमा गर्मी बढेपछि ती दुवै सिस्टम नेपालतिर प्रवेश गरेर एकापसमा मिसिएका छन् । ‘ती दुईवटा सिस्टम अलग–अलग हेर्दा खासै ठूला होइनन् तर आपसमा मिसिए अनि नेपालमै लोकल लेभलको सिस्टम पनि थपिँदा कुनै-कुनै ठाउँमा ठूलो वर्षाको सम्भावना र जोखिम बढेको हो,’ मौसमविद उपाध्यायले भने । उनका अनुसार मेचीदेखि कर्णालीको बीचमा एक–दुई ठाउँमा एक–दुई घण्टासम्म एकदमै ठूलो पानी पर्ने सम्भावना समेत छ । सो वर्षाको कारण पानीको राम्रो निकास नभएका ठाउँमा डुबान पनि हुनसक्ने उनले बताए ।

कहाँकहाँ छ जोखिम ?

जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गतेका लागि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्ला तथा वैशाख १६ गतेका लागि सबै सातवटै प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आफ्नो काम गर्न सतर्क गराएको छ । विभागका मौसमविद सरोज पुडासैनीले वैशाख १५ र १६ गते दुई दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । हिमाली भेगमा पनि मध्यम खालको हिउँ वा पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले भने, ‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ । वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ । १६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

onlinekhabar

ShareTweetPin
अघिल्लो समाचार

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

अर्को समाचार

आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

अर्को समाचार

आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.