इलाम, ५ वैशाख ः चीनमा विश्वकै सर्वाधिक ठुलो फुटबल रंगशालाको निर्माण कार्य सुरु भएको छ । चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले विश्वकै सर्वाधिक ठुलो रंगशालाको निर्माण कार्य सुरु गरेको हो । कोरोना भाईरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण थालेको हो । कुल १ लाख सिट क्षमताको एभरगार्ड रंगशाला सन् २०२२ मा खुल्ला लक्ष्य राखिएको छ । १ सय ६८ भीआईपी बक्स रहने रंगशाला गुलाफ फुलको आकारमा निर्माण भईरहेको हो ।
सांघाईमा बस्ने अमेरिकी डिजाइनर हसन साएदले यस रंगशालाको डिजाइन गरेका हुन् । रंगशाला निर्माणको अनुमानित बजेट १.३६ विलियन पाउण्ड रहेको छ । आठ पटक चिनियाँ सुपर लिग विजेता गोन्जाओ एभरगार्ड एएफसी च्याम्पियन्स लिग २ पटक जित्ने एक्लो चिनियाँ क्लब हो । कोरोनाको कारण यस सिजनको चिनियाँ सुपर लिग भने अनिश्चितकालका लागि स्थगित गरिएको छ । एजेन्सी