इलाम, २ जेठः आज अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदैछ । व्यक्तिको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापी रुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।