इलाम, ५ वैशाखः नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भएको भर्खरै पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।