Friday, August 7, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

ग्रीन इलाम ग्रीन इलाम
August 3, 2026
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा
Share on FacebookShare on Twitter

फिदिम, साउन १८ गते । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५ वडामा रेविज सङ्क्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ। फाल्गुनन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नं. २ फाक्तेपमा यसअघि दुई गोरु, दुई भैंसी र दुई गाईमा रेविज सङ्क्रमण पुष्टि भएको छ । कुकुरको टोकाइपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नं. ६ र ७ सबैभन्दा बढी जोखिममा छन् । उहाँका अनुसार वडा नं. ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैंसी र सात जना मानिसलाई तथा वडा नं. ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बाख्रा र केही कुकुरलाई अज्ञात स्थानबाट आएको कुकुरले टोकेको थियो। तीमध्ये पशु चौपायामा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । वडा नं. ५ मा समेत सङ्क्रमण देखिएको छ। यहाँ सातवटा बाख्रालाई कुकुरले टोकेकोमा अधिकांशमा रेविजको लक्षण देखिएको छ। हालसम्म फाल्गुनन्दका विभिन्न वडामा १५ वटा पशु रेविजका कारण मरिसकेको र ४५ वटामा रेविजको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नं. १ नवमीडाँडा क्षेत्रमा एउटै कुकुरले दुई जना मानिस, एउटा कुकुरसहित केही पशुलाई टोकेको थियो। उक्त कुकुरको पीसीआर परीक्षण गर्दा रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले जनाएको छ । “भित्री बस्तीसम्म सङ्क्रमित कुकुरले पशु चौपायालाई टोकेको खबर प्राप्त भइरहेको छ। यो तथ्याङ्क अझै बढ्न सक्छ,” घिमिरेले भन्नुभयो । संक्रमित पशुको सङ्ख्या बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ। पशु सेवा प्राविधिकका अनुसार अधिकांश पशुमा गरिएको प्रारम्भिक तथा पीसीआर परीक्षणबाट रेविज सङ्क्रमण पुष्टि भएको छ। केही नमुनाको परीक्षण प्रक्रिया भने जारी छ । नवमीडाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र घोषणा गरी निगरानी बढाइएको गाउँपालिकाले जनाएको छ । यसैबिच फिदिम बजारमा शनिबार साँझ एउटा शङ्कास्पद भुस्याहा कुकुरले करिब ३० वटा कुकुर र एक बालिकालाई टोकेपछि नगरपालिकाले उक्त कुकुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार सोही कुकुरले फिदिम नगरपालिका–४ का केशव खनालको भैंसीलाई समेत टोकेको थियो ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

घटनापछि फिदिम नगरपालिकाले मुस्कान चोक नजिकै कुकुरका लागि क्वारेन्टिन निर्माण गरेको छ। एउटै कुकुरले शनिबार साँझ करिब ४० वटा कुकुर, अन्य पशु चौपाया र केही मानिसलाई टोकेपछि क्वारेन्टिन स्थापना गरिएको नगरपालिकाले जनाएको छ । यसअघि हिलिहाङ गाउँपालिकामा रेविजको लक्षण देखिएपछि निगरानीमा राखिएको खसीमा समेत रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । यससँगै जिल्लाका फाल्गुनन्द, फिदिम र हिलिहाङ गरी तीन स्थानीय तहमा रेविज सङ्क्रमणको जोखिम बढेको विज्ञ केन्द्रले जनाएको छ । सङ्क्रमणको जोखिम बढ्दै गएपछि नगरपालिका र प्रभावित गाउँपालिकाले पशुमा अस्वाभाविक व्यवहार, अत्यधिक र्‍याल बग्ने वा आक्रामक लक्षण देखिए तत्काल पशु सेवा शाखा र भेटेरिनरी अस्पतालमा जानकारी गराउन तथा जोखिममा रहेका पशुबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशु सेवा प्राविधिकहरूले सङ्क्रमण फैलिन नदिन कुकुरको निगरानी, खोप अभियान र जोखिम क्षेत्रमा सचेतना कार्यक्रमलाई तीव्र पारिएको बताएका छन् ।

Gorkhapatra

ShareTweetPin
अघिल्लो समाचार

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा
  • छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा
  • छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.