Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी

ग्रीन इलाम ग्रीन इलाम
November 17, 2024
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियालाई ‘गुणस्तरहिन’ को संज्ञा दिएर वर्षौंदेखि ‘हेपिएको’ मूल्य दिँदै आएको भारतले यो वर्ष भने महँगो मूल्यामा नेपाली चिया किनेको छ । चालु आर्थिक वर्षको तीन महिनामा भारतले नेपालबाट महँगो मूल्यमा ठूलो परिमाणमा चिया खरिद गरेको छ । नेपालमा उत्पादन हुने चियाको कूल परिमाणमध्ये करिब ९० प्रतिशत भारतले खरिद गर्दै आएको छ । नेपालले भारतमा वार्षिक करिब १ करोड १५ लाख किलो तयारी चिया निर्यात गर्दै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । यतिमात्रै होइन, नेपाली चियालाई हेपेर निकै कम मूल्यमा किनेर आफ्नो ब्राण्डिङ्गमा अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री गर्दै आएको भारतले यो पटक भने नेपाली चियालाई मूल्य पनि राम्रो उपलब्ध गराएको छ ।

भारतले यो वर्ष महँगोमा किन किन्यो नेपालको चिया ?

नेपाली चियालाई गुणस्तरहिन भएको आरोप लगाउँदै आएको भारतले यो वर्ष किन महँगो मूल्य तिरेर अत्यधिक परिमाणमा खरिद गर्यो त ? यसको पछाडी एउटा खास कारण भेटिएको छ । भारतको आन्तरिक चिया उत्पादनमा यो वर्ष सुख्खा खडेरी लागेर उत्पादन निक्कै घटेको छ । समग्र भारतको चिया उत्पादनमा करिब २५ प्रतिशतले कमी आएको छ । भारतको दक्षिणी क्षेत्रमा पर्ने चियाको ठूलो उर्बर क्षेत्र कर्णाटकको कुर्ग, कालपेट्टा, मुनार, कुनुर, भाल्पाराइ, मेघामलाई, पीरमेडु, कोटागिरी र निलगिरीसहित आसाम र दार्जिलिङ्गको चिया खेतीमा सुख्खा खडेरी लाग्दा त्यहाँको चिया उत्पादनमा निकै कमी आएको छ । भारतको चिया खेतीको माटो र बोट पनि निक्कै पुरानो भएको कारण विस्तारै त्यहाँको चियाको उत्पादनमा कमी आउनुका साथै गुणस्तरहिन बन्दै गएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतमा चियाको उत्पादनमा कमी आउँदा मागअनुसार आपूर्ति गर्न यो वर्ष भारतले नेपालबाट सीटीसी चिया पर्याप्त परिमाणमा खरिद गरेको हो । ‘यो वर्ष भारतमा उत्पादन घट्दा राम्रो मूल्य दिएर नेपालबाट चिया खरिद गरेर लगेका छन्,’ पराजुलीले क्लिकमान्डुसँग भने- ‘आफूलाई चाहिँदा भारतीयहरु नेपाली चिया खोसाखोस गरी किन्छन् । नचाहिँदा नेपाली चियालाई गुणस्तरहिन भनेर बदनाम गर्छन् ।’

भारततर्फ परिमाणामतर्फ ३० प्रतिशत र मूल्यतर्फ ५० प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउनदेखि असोज) मा भारतले १ अर्ब ६३ करोड ८ लाख ३४ हजार रुपैयाँ बराबरको ६२ लाख ६१ हजार ३ सय ७६ किलो सीटीसी चिया नेपालबाट किनेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा नेपालबाट विश्व बजारमा १ अर्ब ८६ करोड ७७ लाख २१ हजार रुपैयाँको ६४ लाख ९५ हजार ९१ किलो सबै प्रकारको चिया निर्यात हुँदा भारततर्फ मात्रै १ अर्ब ६३ करोडको सीटीसी चिया र ६४ लाख ४८ हजार रुपैयाँबराबरको १८ हजार ७ सय ५३ किलो ग्रीन चिया निर्यात भएको हो ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको अवधीमा भने अवधीमा १ अर्ब २९ करोड ४४ लाख ७० हजार रुपैयाँबराबरको ४९ लाख १४ हजार ३ सय ८१ किलो नेपालबाट विभिन्न मुलुकमा चिया निर्यात भएको थियो । जसमध्ये भारततर्फ सीटीसी चिया १ अर्ब १० करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको ४७ लाख ४२ हजार ३ सय ९४ किलो र ३१ लाख ७९ हजार रुपैयाँबराबरको ७ हजार ४ सय ९७ किलो ग्रीन टी निर्यात भएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६२ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख १६ हजार ९३ किलो चिया निर्यात हुँदा भारततर्फ सिटीसी चियामात्रै भने ३ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ५५ हजार ७ सय २९ किलो र ग्रीन टी १ करोड १९ लाख २० हजार रुपैयाँबराबरको २९ हजार ९ सय ७७ किलो निर्यात भएको थियो।

‘परिमाणको हिसाबले हेर्दा अघिल्लो वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा सीटीसी चियाको निर्यात ३० प्रतिशतले बढेको छ भने मूल्यको आधारमा ५० प्रतिशतले वृद्धि भएको छ,’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल भन्छन्-‘अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा करिब ५५ करोड रुपैयाँ बढीले निर्यात बढेको छ ।’

राम्रो मूल्य पाउँदा यो वर्ष किसान र व्यवसायी दुबै दङ्ग

नेपाली चियाका लागि पछिल्लो तीन महिना निक्कै सुखद भएको जानकारी गराउँदै निर्देशक खनालले यो वर्ष किसान र नेपाली चिया व्यवसायी दुबै दङ्ग परेको बताए । खनालका अनुसार पछिल्लो तीन महिनाको अवधिमा किसान र नेपाली व्यवसायीले नेपाली चियाको इतिहासमै दोस्रो पटक सबैभन्दा बढी मूल्य पाएको जानकारी दिए । संघका अध्यक्ष पराजुलीका अनुसार नेपालको इतिहासमा कोभिड कालमा किसान र व्यवसायीले सबैभन्दा बढी मूल्य प्राप्त गरेका थिए । त्यसपछि यो वर्षको पछिल्लो तीन महिनामा सबैभन्दा बढी मूल्य उपलब्ध भएको हो । कोभिडकालमा विश्वभरको बगान बन्द भएको अवस्थामा भारतले अत्यधिक मूल्य दिएर नेपालबाट चिया खरिद गरेको थियो ।

अन्य वर्षमा प्रतिकिलो सीटीसी चियालाई ६० रुपैयाँदेखि १ सय भारतीय रुपैयाँमात्रै उपलब्ध गराउने भारतले यो वर्षको पछिल्लो तीन महिनाको अवधीमा प्रतिकिलो १९० भारतीय रुपैयाँसम्म उपलब्ध गराएको छ । नेपाली चिया व्यवसायीले राम्रो मूल्य पाएपछि किसानलाई पनि यो वर्षको तीन महिनाको अधीमा राम्रै भुक्तानी दिएका छन् । १० देखि १६ रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाउने किसानले यो वर्षको तीन महिनामा भने प्रतिकिलो ४५ रुपैयाँसम्म पाएका थिए । तर विस्तारै मूल्य घट्दै व्यवसायीकाअनुसार पछिल्लो तीन महिनाको अवधीमा अत्यधिक मूल्य प्राप्त गरेका किसान र व्यवसायीलाई विस्तारै कम मूल्य उपलब्ध गराउन थालिएको छ । साउनदेखि असोजसम्म प्रतिकिलोलाई १९० भारतीय रुपैयाँ उपलब्ध गराउने भारतले अहिले मूल्य घटाउँदै १५० भारतीय रुपैयाँसम्म उपलब्ध गराउन थालेको छ । ‘भारतले मागअनुसारको चिया भित्र्याइसकेपछि विस्तारै मूल्य घटाएर उपलब्ध गराउन थालेको छ’, पराजुलीले भने- ‘मूल्य घटाएर दिए पनि यो वर्ष राम्रै मूल्य प्राप्त हुने हाम्रो प्रक्षेपण छ ।’

२० करोड निर्यात अनुदान बापतको भुक्तानी पाउन बाँकी

शतप्रतिशत स्वदेशी कच्चा पदार्थ, उत्पादन र जनशक्तिको प्रयोग गरी तयार पारिएको चिया निर्यात गर्दा सरकारबाट प्राप्त गर्नुपर्ने निर्यात बापतको नगद अनुदान नेपाली व्यवसायीले प्राप्त नगरेको गुनासो गरेका छन् । पछिल्लो दुई वर्षदेखि २० करोड रुपैयाँको हाराहारीमा यस्तो अनुदान रकम नपाइएको पराजुलीले गुनासो गरेका छन् । ‘नेपालको कृषि नीति नै खत्तम छ, दर्जनौं नीति ल्याए पनि इमान्दारितार्पूक कार्यान्यनमा नल्याउँदा विस्तारै चिया बगान फाँडिदै छन्,’ पराजुलीले भने- ‘न कृषि ऋण हामीलाई उपलब्ध गराइएको छ, न रसायनिक मल, नत निर्यात गरेवापतको रकम नै सरकारले उपलब्ध गराएको छ । यस्तोमा नेपालको चिया खेतीको उँभो लाग्न सक्दैन ।’

नेपालबाट विश्वका १५० भन्दा बढी देशहरूमा वस्तु तथा सेवा निर्यात हुने गर्छ । तर यसमध्ये ४० देशमा सबैभन्दा बढी नेपाली वस्तु निर्यात हुने गरेको छ । नेपालबाट सबैभन्दा बढी परिमाणमा वस्तु निर्यात हुने मुलुक भारत, अमेरिका, जर्मनी लगायत पर्छन्। यसमा पनि भारतमा नेपालबाट प्रशोधित पाम आयल, भटमासको तेल, चिया, कफी, अलैंची, दालचिनी, क्याटलफिड, तामाको तार, अदुवा, जुटको सामान, पस्मिना, नुडल्स, तयारी पोशाकलगायतका वस्तु अत्याधिक निर्यात हुँदै आएको छ । निर्यातमा अनुदान प्रदानसम्बन्धी कार्यविधि २०७५ ले अनुसूची १ मार्फत् शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनको कूल निर्यात मूल्यको ५ प्रतिशतले हुन आउने रकम निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि अनुसार चिया निर्यात गर्दा नगद अनुदान शीर्षकमा ५ प्रतिशतका दरले हुन आउने रकम निर्यातकर्तालाई उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

राजेश बर्मा

ShareTweetPin
अघिल्लो समाचार

उच्च पहाडका गुणस्तरीय छुसा छुर्पी नेपाली बजारले चिन्न सकेन

अर्को समाचार

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

अर्को समाचार

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.