Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

उच्च पहाडका गुणस्तरीय छुसा छुर्पी नेपाली बजारले चिन्न सकेन

ग्रीन इलाम ग्रीन इलाम
November 15, 2024
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
chusa-churpee2024-11-14-02-11-39.jpg
Share on FacebookShare on Twitter

पाँचथर, २९ कात्तिक । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ ।
पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिकासहित ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीले सिक्किम राज्यमा लैजाने गर्दथे । अहिले भने पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुग्ने गरेको याङवरक गाउँपालिका––१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले जानकारी दिए ।
उनका अनुसार यहाँ उत्पादित यो छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पु¥याउने गर्दछन् । त्यहाँबाट भारततर्फका व्यापारीले बम्जु (गोरु)लाई बोकाएर बजारसम्म पु¥याउने गरेका छन् ।
शेर्पा भाषाको ‘छुसा’को अर्थ टुक्रा भन्ने हुन्छ । विशेषतः सिक्किमका व्यापारीले नेपालमै आई छुर्पी उत्पादकलाई यसको सीप सिकाएर गएपछि यहाँ यस्तो छुर्पी उत्पादन थालिएको हो । “व्यापारीहरु आफैंँ आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएर गएपछि यो छुर्पी बनाउन थालेका हौंँ”, खालिङले भने, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ ।”
उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरुले यो छुर्पी बनाउने गर्दछन् । छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाउने गरिएको छ । उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैंँ भरिया खोजेरसमेत यो छुर्पी गोठ–गोठबाट सङ्कलन गर्ने गरेको खालिङको भनाइ छ । नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने (डगइट) छुर्पी उत्पादन गर्ने गर्दछन् ।
डगइट छुर्पीको तुलनामा यसको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउने गरेका छन् । “अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ”, पाँचथरको याङवरक–१ वडाध्यक्षसमेत रहेका खालिङले भने, “तर छुसामा बिग्रिने समस्या हुँदैन ।” अर्कोतर्फ यो छुर्पी जति समय भण्डारण गरेर राखे पनि बिग्रिदैन ।
यो छुर्पी प्रतिमाला रु एक सय ८० मा बिक्री हुने गरेको छ । खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुने गर्दछ । डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाउने गरिन्छ । तर छुसा छुर्पी भने फाटेको दूध नधोइ थप दूध लगाइ बनाइने खालिङले जानकारी दिनुभयो । यो छुर्पी खाँदा रसिलो हुने गरेको उत्पादक बताउँछन् ।
उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन हुने भए पनि नेपाली बजारले चिन्न नसकेको खालिङको भनाइ छ । “नेपालको बजारमा यो छुर्पी पु¥याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो”, खालिङले भने, “सबैले रसिलो छुर्पी खान पनि पाउँथे ।”
खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष हुन लाग्यो । विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा धेरै सास्ती पनि भोग्नुप¥यो । “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउछौँ”, खालिङले भने, “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नु परेको छैन् ।”

  •  रवीन्द्र काफ्ले
ShareTweetPin
अघिल्लो समाचार

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रीपरिषदमा पेस गरिने

अर्को समाचार

नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी

अर्को समाचार
नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी

नेपाली चियामा भारतको राजनीतिः आफूलाई चाहिँदा खोसाखोस, नचाहिँदा ‘गुणस्तरहीन’ भनेर बदनामी

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.