इलाम, १६ फागुनः करिब ४५ दिन अघि इलामको माईजोगमाई गाउँपालिका वडा नं. ३ गिद्धेभिरमा भेटिएको नवजात शिशु पालन पोषणको लागि इलामकै माई नगरपालिका १० चिसापानीका ठहरसिंह बस्नेत र विष्णु चौलागाईंलाई शिशु ग्रहण गर्नको लागि गाउँपालिकाले सूचना जारी गरेको छ ।
सो पालिकाको बेवारिसे शिशु व्यवस्थापन कार्यविधि अनुसार निवेदक ठहरसिंह बस्नेत र विष्णु चौलागाईंको निवेदन सबैभन्दा योग्य भएकोले उनीहरुलाई छनौट गरिएको हो । तोकिएको समयमा शिशु ग्रहण गर्न नआएमा अन्य उपाय अपनाउने सूचनामा उल्लेख छ ।