Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम नगर कला, साहित्य प्रतिष्ठानका संयोजक एवम् साहित्यकार प्रकाश थाम्सुहाङले ल्याए ‘शब्दथुम’

ग्रीन इलाम ग्रीन इलाम
October 18, 2023
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरे ।
पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफूलाई जिज्ञासा लागेको भन्दै ठट्टा गरे । ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन्,’ उनले भने, ‘थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’
लेखकले बुबाका बारेमा मोहक निबन्ध लेखेको काइँलाले बताए । ‘गद्य लेखनमा थाम्सुहाङको सामथ्र्यको अनुमान गर्न सक्छौँ,’ उनले भने, ‘गद्य शैली मिठो र लोभलाग्दो छ । लेखकले दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेका छन् ।’
निबन्धको भाषा सहज गहकिलो भएकाले पाठकलाई पढ्न सजिलो हुने उनले बताए । सानो प्रयासलाई कसैले नगन्ने समयमा लेखकले सानो ठाउँबाट उठेका सांस्कृतिक आन्दोलनलाई लेखेकोमा उनले प्रशंसा गरे ।
समीक्षक बानियाँले एक सय कवि जन्मिँदा एउटा निबन्धकार जन्मन पनि गाह्रो हुने समयमा शब्दथुम आउनु स्वागतयोग्य रहेको बताए । ‘निबन्ध आरक्षित विधाजस्तो देखिन्छ,’ उनले भने, ‘तर, धेरैजसो निबन्धका नाममा यात्रा टिपोट बढी हुन्छ । ज्ञान कम, मिडियालेझैँ सूचना बेचिराखेका छन् ।’
साहित्य र राजनीतिलाई एउटै घानमा हाल्ने चलन राम्रो नभएको उनको भनाइ थियो । कविले लेखेकाले शब्दथुममा काव्यको सुवास पाइने बानियाँले बताए । निबन्धकार शेरचनले थाम्सुहाङका निबन्धमा साहित्यिक वैचारिक चिन्तन पाइने बताए ।
‘निबन्धमा विचारमा प्रस्टता, सहिष्णु र सहअस्तित्वमा जोड दिइएको छ,’ उनले भने, ‘पहिचान मुद्दा र जराको खोजीमा अग्रसर लेखक पहिलो निबन्धबाटै स्थापित भएका छन् ।’ सरल भाषामा लेखिएको निबन्ध पाठकका लागि बोधगम्य रहेको उनको भनाइ थियो ।
निबन्धकार लामाले थाम्सुहाङलाई पूर्णकालीन साहित्यिक कार्यकर्ता भन्दा फरक नपर्ने बताइन् । रैथाने ज्ञान, पहिचान र सांस्कृतिक आन्दोलनको पक्षधरता बोकेका लेखकका निबन्धमा छिप्पिएको वैचारिकता पाइने उनको भनाइ थियो । व्यक्तिविम्ब खण्डभित्र समेटिएका निबन्धमा अग्रज लेखकको व्यक्तित्वसँगै समाज–इतिहासको उत्खनन पनि पाइने उनले बताइन् ।
‘इतिहास केन्द्रीकरणको भञ्जनका रूपमा पात्रहरु आएका छन्,’ उनले भनिन्, ‘अग्रजहरुको प्रभाव ग्रहण गरेर लेखकले आफूलाई निखारेका छन् ।’ इतिहास पुनर्यात्राको काम व्यक्तिविम्ब लेखनले गर्ने लामाले बताइन् । निबन्धमा महिला पात्रले स्थान नपाएको भन्दै उनले तिनलाई समेटिएको भए समाज इतिहासको फरक कोण आउन सक्ने बताइन् । निबन्धमा रैथानेपनसँगै ठेट भाषा समेटिएको उनको भनाइ थियो ।
लेखक थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिका रुपमा शब्दथुम आएको बताए । ‘सपना लिम्बू भाषामा देख्छु, बोल्छु नेपाली, कलेजमा अंग्रेजी पढेँ,’ उनले भने, ‘यसले नेपाली भाषामा पकड कमजोर त छैन डर लागिरहन्थ्यो ।’ कुनै पनि पुस्तकले मानव समाजलाई थोरै भएपनि अंशदान गर्नुपर्छ भन्ने लागेरै यो निबन्ध आएको उनको भनाइ थियो । शब्दथुमा इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
शिलापत्रबाट
ShareTweetPin
अघिल्लो समाचार

सिक्किम बाढी : एक सातादेखि इलामका चार जना सम्पर्कविहीन

अर्को समाचार

झलनाथ प्रवृत्ति : सधैँ विरोधी, सधैँ सत्ताकांक्षी

अर्को समाचार

झलनाथ प्रवृत्ति : सधैँ विरोधी, सधैँ सत्ताकांक्षी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.