Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

दोस्रोपटक डेंगी लाग्नु निकै खतरनाक– संक्रमणबाट बच्न के गर्ने ?

डा. रामकृष्ण आचार्य (लेखक आचार्य मेडिकल डाक्टर हुन् ।)

ग्रीन इलाम ग्रीन इलाम
September 20, 2022
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

डेंगी रोगले हाल धेरैलाई गाँजेको छ । केही वर्ष अघि पनि झण्डै महामारीको रूप लिएको यो रोगको इतिहास भने निकै पुरानो छ । चिनियाँहरूले ईसाको दोस्रो तेस्रो शताब्दीतिर यस रोगलाई केही हदसम्म चिनेका थिए ।  उनीहरूले त्यसबेला यसलाई पानीको विष (वाटर पोइजन) नाम दिएका थिए ।  पछि अठारौं शताब्दीतिर आएर यो रोग बारबेडोस र क्युबामा फैलियो । लामखुट्टेले टोकेर सार्ने यस भाइरल संक्रमणको ज्वरोलाई ‘ड्यान्डी फिवर’ भनियो र बिस्तारै यसको नाम ‘डेंगी फिवर’ भयो । सन् १९९८ मा फिलिपिन्स लगायत केही देशहरूमा यो रोग महामारीका रूपमा फैलिएको थियो । कुनै बेला हाम्रा जस्ता धेरै देशहरूमा नगण्य जस्तै संख्यामा देखिने यो संक्रमण पछिल्लो २०/२५ वर्षदेखि तीव्र गतिमा फैलिइरहेको छ । फिलिपिन्सको राजधानी मनिलामा बस्ने एमी र रिको रेयेसकी सानी छोरी क्याटलिन उपचार गर्दा गर्दै बितिन् । सेप्टेम्बरको शुरूमा दुई वर्षकी क्याटलिन र सात वर्षकी केडीलाई १०२ डिग्री फारेनहाइट भन्दा नघट्ने ज्वरो आयो । अघिल्लो वर्ष पनि क्याटलिनलाई त्यस्तै ज्वरो आएको थियो र डेंगी भएको पत्ता लागेको थियो ।

त्यसैले यसपटक रेयेस दम्पती कुनै ढिलाइ नगरी छोरीहरूलाई लिएर अस्पताल पुगे । क्याटलिनको रगत जाँच्दा डेंगी दोहोरिएको देखियो । केडीको पनि प्लेटेलेट त कम देखियो तर डेंगी देखिएन । दुई दिन अस्पताल राखेपछि केडीलाई ज्वरो आउन छोड्यो । क्याटलिन पनि ठीक जस्तै भइसकेकी थिइन् । रेयेस दम्पती छोरीहरूलाई घर लग्ने तयारीमा थिए । अचानक क्याटलिनको ज्वरो बल्झियो । एकैछिनमा उनी सिकिस्त भइन् । रगत बान्ता गरिन् । उनको नाकबाट रगतको धारा चुहिन थाल्यो । उनी बेहोश भएर काम्न थालिन् । डाक्टरले उनलाई सामान्य अवस्थामा फर्काउन खुब प्रयास गरे तर सकेनन् । सेप्टेम्बर ८ मा क्याटलिनलाई मृत घोषणा गरियो । क्याटलिनलाई दोस्रोपटक डेंगी हुनु नै उनको मृत्युको मुख्य कारण बन्यो । यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्तै रक्तस्राव सहितको जटिल डेंगी पहिलो पटक १९५३/५४ मा फिलिपिन्सको मनिलामा पत्ता लागेको थियो । त्यसबेला पनि एकजना बालकको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो ।

फिलिपिन्समा प्रत्येक वर्ष यस्ता घटनाहरू बढेर जाँदैछन् । वर्षैपिच्छे डेंगी रोगले ज्यान जानेको संख्या बढ्दैछ । यसको प्रमुख कारण हो दोस्रोपटक लागेको डेंगीले गर्दा हुने रक्तस्राव सहितको जटिलता । फिलिपिन्समा २०१२ पछि लगातार लाखौं संख्यामा डेंगीका बिरामी देखिएका छन् भने हजारौंको संख्यामा डेंगीका बिरामीको मृत्यु पनि भइरहेको छ । गएको जुलाई महिनासम्ममा ८२ हजार ५९७ जनालाई डेंगी भइसकेको छ । यो गत वर्षको सोही अवधिभन्दा १०६ प्रतिशत ज्यादा हो । डेंगीकै कारण ३१९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा आधाजसो बालबालिका छन् । मृत्यु हुनेमध्ये ५०५ हाराहारी दोस्रोपटक डेंगी हुनेहरू छन् र तीमध्ये ६० प्रतिशतभन्दा बढीमा रक्तस्राव सहितको डेंगी देखापरेको छ ।

नेपालमा यस वर्षको अगस्ट ३१ सम्ममा ३ हजार २२७ जनालाई संक्रमण भएको छ । यो २०२१ को वर्षभरको संक्रमित संख्या ५४० भन्दा करीब ५०० प्रतिशतले ज्यादा हो ।  डेंगी रोगले प्रथमपटक संक्रमित हुँदा त्यसको असर धेरै नदेखिएतापनि दोस्रोपटकको संक्रमणले जटिल स्वास्थ्य समस्यादेखि मृत्युसम्म हुने जोखिम अत्यधिक बढाउँछ । विभिन्न अध्ययन र अनुसन्धानका अनुसार पहिलोपटक डेंगी लाग्ने व्यक्तिलाई घरैमा बसेर आफैं उपचार गर्दा रक्तस्राव सहितको जोखिम आउने सम्भावना २० प्रतिशतसम्म हुनसक्छ र अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गर्दा यो जोखिम घटेर १ प्रतिशत हुन जान्छ । तर दोस्रोपटक डेंगी रोग लागेको बिरामीलाई भने रक्तस्राव सहितको डेंगी ज्वरो अर्थात् डेंगी हेमोराजिक फिभरको जोखिम पहिलोपटकको भन्दा ५० देखि १०० गुणा सम्म बढेर जान्छ र मृत्युको जोखिम पनि उत्तिकै बढ्छ । अर्थात्, यसपटक डेंगी लागेका व्यक्तिलाई अर्को वर्ष यो रोग लाग्यो भने आईसीयूमै बसेर उपचार गरे पनि मृत्यु हुने जोखिम ५० गुणा बढेर जान्छ ।

दोस्रोपटकको जोखिम

डेंगी भाइरस चार प्रकार  (सेरो टाइप) का हुन्छन् ः डीईएन–१ डीईएन–२, डीईएन–३ डीईएन–४ । यीमध्ये दक्षिणपूर्वाी एसियामा डीईएन–२ र डीईएन–३ को संक्रमण धेरै पाइन्छ । फिलिपिन्समा अहिलेसम्मको अध्ययन हेर्दा पहिलोपटकका  ६२५  संक्रमणहरू डीईएन–३ ले भएका छन् । अधिकांश सामान्य नागरिकहरूलाई डेंगीको दोस्रोपटकको संक्रमण र त्यसको जोखिमबारे थाहा छैन । तर अध्ययनहरूले देखाएअनुसार, दोस्रोपटक डेंगी संक्रमण हुनेलाई घर बसेर जीवनजल, सिटामोल खाएर गरिने उपचारले छुने छैन ।  दोस्रोपटकको संक्रमणमा निमोनिया लगायत अन्य खतरनाक संक्रमणहरू पनि देखिने भएकाले एकदमै घातक हुनसक्छ ।

यसको कारण पर्गेल्नका लागि धेरै अध्ययनहरू भइरहेका छन् । तीमध्ये सबैभन्दा मानिएको एउटा कारण यस्तो छ : एकपटक डेंगी लागिसकेको व्यक्तिको शरीरमा फेरि त्यही प्रकारको भाइरस कहिल्यै लाग्दैन । तर जब दोस्रोपटक अर्को प्रकारको डेंगी भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ तब हाम्रो शरीरको रोगप्रतिरोधात्मक संयन्त्रले उक्त दोस्रो भाइरसलाई पहिलेकै जस्तो हो, त्यसैले शरीरलाई यसबाट कुनै खतरा छैन भन्ने ठान्छ । अनि त्यसले भाइरसलाई विना अवरोध कोषहरूमा छिर्न दिन्छ ।

त्यस भाइरसको बाहिरी बनावट र गुण उस्तै तर भित्री आनुवंशिक गुणमा भने उल्लेखनीय फरक हुन्छ । त्यसैले कोषभित्र प्रवेश गरिसकेपछि हाम्रो शरीरले विलम्ब गरेर मात्र भाइरसविरुद्ध प्रतिरोध जनाउँछ । तर त्यतिखेर सम्ममा उक्त भाइरसले हाम्रो कोष कोषमा हानि गरिसकेको हुन्छ । फलस्वरूप, बिरामीको शरीरका विभिन्न ठाउँबाट रक्तस्राव हुन्छ, धेरैजसो शारीरिक प्रणाली फेल हुन्छन् र बिरामीको मृत्यु हुन्छ ।

डेंगीविरुद्धको खोप 

फिलिपिन्समा डेंगी नभएका हज्जारौं बालबालिकाहरूलाई डेंगीविरुद्धको खोप लगाएपछिको अवस्थामा रोग लागिहालेमा अझै जटिलता थपिएको घटनाले यस खोपको विश्वसनीयतामा प्रश्नचिह्न खडा भएको थियो । तर गएको २०१९ को मे महिनामा अमेरिका अनि युरोपका केही देशमा यस खोपलाई मान्यता दिएर प्रचलनमा ल्याइएको छ ।

खोप लगाउनका लागि व्यक्तिलाई विगतमा एकपटक डेंगी भएकै हुनुपर्छ । यो खोपको उद्देश्य नै पहिलोपटक डेंगी भएको व्यक्तिलाई अर्कोपटक दोहोरिएर डेंगी नहोस् भन्ने हो । त्यसैले डेंगीको परीक्षणमा आईजीजी पोजिटिभ आए यो खोप लगाउन सकिन्छ । यो खोप लगाउँदा केही दिनसम्म पहिलोपटक डेंगी हुँदा देखिएका लक्षणहरू पनि देखिने गर्छ ।

बच्ने उपाय 

डेंगी रोगबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेलाई टोक्न नदिनु नै हो । लामखुट्टे धपाउन भनेर धूवाँ लगाउने उपाय सजिलो भए पनि डेंगीको लामखुट्टे एक दुई दिन कम गर्न बाहेक त्यसको प्रभावकारिता छैन । त्यसैले संक्रमण फैलिएको अवस्थामा त्यसको शृंखला तोड्न मात्र धूवाँ प्रयोग गर्नुपर्छ । धूवाँले दीर्घरोगीहरूको श्वासप्रश्वासमा समस्या ल्याउन बाहेक खासै केही गर्दैन ।

लामखुट्टेका फुल र लार्भाहरू खोजेर त्यसलाई नष्ट नगरेसम्म ठूलो फाइदा गर्दैन । केटाकेटीहरूलाई लामखुट्टेबाट बचाउन दिउँसो सुताउँदा पनि झुलको प्रयोग गर्ने, पुरा बाहुला भएका कपडा लगाइदिने, औषधि सम्बन्धी आधिकारिक निकायबाट सुरक्षित भनेर सिफारिस गरिएका लामखुट्टे धपाउने मलमहरू लगाइदिने, घरका झ्याल ढोकाहरूमा जालीहरू प्रयोग गर्ने गर्नुपर्छ ।

ज्वरो अनगिन्ती कारणहरूले देखिने एउटा लक्षण हो । घरैमा बसेर उपचार गरेर मात्र पुग्दैन । अस्पताल बसेर त्यसको निर्क्योल चिकित्सकलाई गर्न दिनुपर्छ । कुनै पनि लक्षणहरू आउनासाथ जतिसक्दो चाँडो नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको परामर्श लिँदा डेंगी मात्र नभएर अन्य धेरै रोगको जटिलताबाट पनि बच्न सकिन्छ ।

ShareTweetPin
अघिल्लो समाचार

शशिकला स्मृति पुरस्कार राराहाङलाई

अर्को समाचार

इलामको गुण्डा नाइकेको एलबीको हत्या

अर्को समाचार

इलामको गुण्डा नाइकेको एलबीको हत्या

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.