असार ५, इलाम : जिल्ला प्रशासन कार्यालय इलाममा प्रभु बैंक इलामले आफ्नो दोश्रो काउण्टर शुरु गरेको छ प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले सो एक्सटेण्सन काउण्टरको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मालपोत कार्यालयका शाखा अधिकृत केशवकुमार ढकाल, कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत टिकेन्द्र बहादुर थापा लगायतका अधिकृतहरुको उपस्थिति रहेको थियो । बैंकको एक्सटेण्सन काउण्टर स्थापनाले कार्यालयलाई मात्र नभएर सेवाग्राहीलाई समेत सहज हुने प्रमुख जिल्ला अधिकारीले विश्वास व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय इलाममा एक्सटेण्सन काउण्टर शुरु हुनु पुर्व मालपोत कार्यालयमा प्रभु बैंक इलामले आफ्नो पहिलो एक्सटेण्सन काउण्टर सञ्चालनमा ल्याएको प्रभु बैंकका प्रतिनिधि मिलन विष्टले जानकारी दिए ।